jkmv-english-1784299234.jpg
Friday, 14 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

एमनेष्टी समूह ६७ हेटौडाको संयोजकमा घिमिरे

FB_IMG_1751121294754-1751121564.jpg

मकवानपुर । एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ हेटौंडाको २६ औं बार्षिक साधारण सभा एवम् १३ औं अधिवेशनले समूहको अध्यक्षमा प्रलाद घिमिरे सर्वसम्मत चयन भएका छन् । समूहको उपसंयोजकमा आशा ढकाल, सचिवमा पूर्णप्रसाद अर्याल, सहसचिवमा देबकुमारी ढकाल, कोषाध्यक्षमा प्रभाकुमारी घिमिरे पौडेल चयन भएका छन् । यसैगरी समूहको सदस्यहरुमा त्रिलोकमोहन थिके, सुशिलप्रसाद पराजुली, राजकुमार के.सी., हिरा बर्तौला चयन भएका छन् । साधारण सभाकै अवसरमा समूह ६७ का संस्थापक अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको स्मृतिमा ईन्द्रबहादुर श्रेष्ठको स्मृति मानव अधिकार संरक्षण सम्मानद्वारा बरिष्ठ अधिवक्ता, संबिधानसभा सदस्य एवम् पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीलाई सम्मानित गरिएको थियो । साथै साधारणसभाकै अवसरमा मानव अधिकार शिक्षा प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिएको थियो । प्रशिक्षण कार्यक्रमको समूहको पूर्व अध्यक्ष बिजयकुमार बैद्य र सदस्य राजकुमार के.सी.ले सहजीकरण गरेका थिए । साधारणसभा हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको थियो । सभामा एमनेष्टी इन्टरनेसनल नेपालका केन्द्रीय अध्यक्ष बिपिन बुढाथोकी, समूहका पूर्व अध्यक्षहरु बिजेन्द्र कुमार अग्रवाल, ह्यग्रिव आचार्य, बिजय कुमार बैद्य, उत्तम शर्मा ढकाल, नेपाल मानव अधिकार संगठन मकवानपुर अध्यक्ष शर्मिला श्रेष्ठ, फरेष्टी युथ नेटवर्कका अध्यक्ष कुशल अधिकारी लगायतको आतिथ्यता रहेको थियो । एमनेष्टी समूह ६७ का संयोजक प्रकाश ढकालको अध्यक्षतामा भएको साधारणसभामा संयोजक प्रकाश ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष पूर्णप्रसाद अर्यालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुमोदन गरिएको थियो । एमनेष्टी इन्टरनेसनलले बिश्वब्यापी रुपमा ब्यक्तिको नैसर्गिक अधिकार उपयोगका सन्दर्भमा वकालत गर्दै मानव अधिकारको सम्मान एवम् सुनिश्चितताको लागि विविध कार्यक्रमहरु सञ्चालन गर्ने गैरसरकारी संस्था हो ।

 

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...