pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

एप्पलले सार्वजनिक गर्‍यो आइफोन १३ सिरिजका ४ आइफोन

apple-1631694611.jpg

 बहुप्रतिक्षित समारोहका बीच एप्पलले आफ्नो नयाँ संस्करणका आइफोन लगायतका विभिन्न प्रडक्टहरु सार्वजनिक गरेको छ ।

क्यालिफोर्निया स्ट्रिमिङ नामक उक्त अनलाइन समारोहमा एप्पलले एकसाथ आइफोन १३ सिरिजसँगै आइप्याड २०२१, नयाँ आइप्याड मिनी र एप्पल वाच ७ सिरिज पनि ल्याएको हो ।

आइफोन १३ सिरिज

आइफोन प्रयोगकर्ताहरुको लामो पर्खाइलाई अन्त्य गर्दै एप्पलले आइफोन १३ सिरिज सार्वजनिक गर्यो ।

यस सिरिज अन्तरगत आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ म्याक्स र सानो आकारको आइफोन १३ मिनी गरी चार वटा मोडेल छन् ।

आइफोन १३ को हकमा एप्पलले आइफोन १२ को डिजाइनमा कुनै परिवर्तन गरेको छैन, त्यसैले यो आइफोन १२ जस्तै देखिनेछ । फोनमा १२ मेगापिक्सेलको क्यामरा तथा ब्ज्ञछ बायोनिक चिपसेट रहेको छ । जुन सिक्स कोर चिपसेट हो ।

आइफोन १२ को तुलनामा आइफोन मिनीमा साढे २ घण्टा बढी ब्याट्री ब्याकअप हुने एप्पलको दाबी छ ।

आइफोन १३ मिनीको सुरुवाती मूल्य ६९९ डलर तोकिएको छ भने आइफोन १३ को सुरुवाती मूल्य ७९९ डलर तोकिएको छ । आइफोन १३ मा ६.१ इन्चको डिस्प्ले हुनेछ भने मिनी मोडेलमा ५.४ इन्चको डिस्प्ले रहनेछ । आइफोन १३ तथा आइफोन १३ मिनीका अन्य फिचरमा

    उच्च पानी प्रतिरोधी
    फेस आइडी
    सुपर रेटिना एक्सडिआर ओएलइडी डिस्प्ले
    शक्तिशाली तथा उत्कृष्ट डुअल रियर क्यामरा । १३ मेगापिक्सेलको वाइड तथा १२ मेगापिक्सेलको अल्ट्रावाइड सेन्सर । क्यामरामा सिनेम्याटिक मोड पनि रहेको  ।
    सबैभन्दा तीव्र गतिको सिक्स कोर सिपियु, ४ कोर जिपियू
    पिंक, ब्लू, रेड, मिडनाइट, स्टारलाइट गरी ५ वटा रङमा उपलब्ध ।

आइफोन १३ सिरिजमा ६४ जिबीको स्टोरेज हुनेछैन । यसमा न्यूनतम १२८ जिबीदेखि अधिकतम ५१२ जिबीको विकल्प हुनेछ ।

एप्पलको आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्समा ट्रिपल रियर क्यामरा हुनेछन् । क्यामरासँगै थ्री एक्स अप्टिकल जूम फिचर हुनेछ । आइफोन १३ प्रोको डिस्प्ले रिफ्रेस रेट १२० हर्ज छ । यसमा सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । ६।१ इन्चको स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रोको सुरुवाती मूल्य ९९९ डलर तोकिएको छ ।

६.७ इन्च स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रो म्याक्समा १ टेराबाइट स्टोरेज अप्सन पनि उपलब्ध छ । आइफोन १३ प्रो म्याक्स लगायत सबै नयाँ आइफोनका क्यामरामा नाइट मोड हुनेछ जसले रातको समयमा उत्कृष्ट तस्वीर तथा भिडियो खिच्न सहयोग पुग्नेछ । आइफोन १३ को मूल्य १०९९ डलर तोकिएको छ । नयाँ आइफोनको प्रिअर्डर सेप्टेम्बर १७ दृेखि सुरु हुने बताइएको छ ।

आइफोन १३ सिरिजका सबै मोडेलमा फाइभ जी सपोर्ट रहेको छ ।

आइप्याड

एप्पलको आइप्याडको नयाँ संस्करण आइप्याड २०२१ मा ब्ज्ञघ बायोनिक चिप राखिएको छ । त्यसैले यो आइप्याडलाई दैनिक प्रयोजनका साथै गेमिङका लागि समेत प्रयोग गर्न सकिने दाबी एप्पलको छ । यसमा रहेको १३ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामराले उत्कृष्ट तस्वीर तथा भिडियो खिच्न सकिनेछ ।

त्यस्तै एप्पलले सजिलैसँग गोजीमा राखेर हिँड्न सकिने आइप्याड मिनी पनि सार्वजनिक गरेको छ । त्यसको मूल्य ४९९ डलर छ । यसमा १२ मेगापिक्सेलको मूख्य क्यामरा छ जसले फोर के भिडियो रेकर्ड गर्न सक्दछ । त्यस्तै सेल्फी क्यामरा पनि १२ मेगापिक्सेलको छ । आइप्याड मिनी चार नयाँ रङमा उपलब्ध छ जसमा ८।३ इन्चको स्क्रिन छ । आइप्याण्डमा फाइभ जी सपोर्ट प्राप्त हुनेछ ।

एप्पल वाच ७ सिरिज

एप्पल वाच सिरिज ७ को मूल्य ३९९ डलर तोकिएको छ, जुन सर्वोत्कृष्ट डिस्प्लेयुक्त भएको दाबी एप्पलको छ । यसमा १८ घण्टाको ब्याट्री लाइफ रहनेछ भने ८० प्रतिशत चार्ज हुन ४० मिनेट मात्र लाग्नेछ ।

–एजेन्सीको।सहयोगमा

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...