jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

एकै दिन ६३ कोरोना संक्रमित थपिए , ३५८ पुग्याे

नेपालमा सोमबार मात्र ६३ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । उनीहरु मध्ये एकको अवस्था गम्भीर छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार विहान ९ जनामा संक्रमण पुष्टि भएको बताएको थियो । उनीहरु मध्ये ८ जना रौतहटका थिए र उनीहरु भारतबाट आएका थिए । मन्त्रालयकाअनुसार अर्का संक्रमित बाराको करैयामाई ५ का ३८ वर्षीय पुरुष हुन् ।

बाँकेमा मात्र थपिए ४७ संक्रमित

यस्तै दिउँसो थप ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । थपिएका संक्रमित मध्ये ४७ जना बाँकेका छन् ।

भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४६ जना पुरुष र एक महिलामा संक्रमण पुष्टि भएको हो ।

यस्तै भैरहवा प्रयोगशालामा गरिएको परीणमा गुल्मीका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत उनको अवस्था गम्भीर रहेको छ ।

यस्तै धुलिखेलमा गरिएको परीक्षणमा धनुषा, रौतहट, दाङ र दाङका एकएक पुरुषमा संक्रमण देखिएको हो र, उनीहरु १८ देखि ४६ वर्ष उमेर समूहका छन् ।

यसैगरी झापा र मोरङमा एकएक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतबाट लुकिछिपी शनिबार नेपाल छिरेका झापाका एक मजदुरमा कोभिड-१९ को संक्रमण देखिएको हो । उनलाई बिराटनगरस्थित कोभिड अस्पतालमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चम्लागाईंले बताए ।

यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३५८ पुगेको छ । उनीहरु मध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...