jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन ,महिला बिभागको तीज कार्यक्रम

1725202370432-1725202399.jpg

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समिती मकवानपुर,महिला बिभागले नेपाली महिला हरुको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सांकृतिक कार्यक्रम गरेको छ । 
बागमती प्रदेशसभा सदस्य एवम् नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोक्तानले समाज परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । महिला प्रधानाध्यापकले नेतृत्व गरेका विद्यालय शैक्षिक गुणस्तर कायम राख्दै उत्कृष्ट बन्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमा हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाका विभिन्न विद्यालयका १० जना महिला प्रधानाध्यापकहरुलाई सम्मान गरिएको थियो । सृजना पौडेलको संयोजकत्वमा १५ सदस्यीय एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन मकवानपुर जिल्ला महिला विभाग गठन गरिएको छ । कार्यक्रममा अन्य विभिन्न संघ– संगठनका त्यागेर शिक्षकहरु एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनमा प्रवेश गरेका थिए । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समिती मकवानपुरका सचीव तथा महिला विभाग÷कार्यक्रम संयोजक कमला आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज बिजय गौतम, केन्द्रिय सदस्य प्रमिला लामा(पुलामी), बागमती प्रदेश समिती उपाध्यक्ष  प्रेमबहादुर पुलामी मगर(छिन्तु), प्रदेश सचिवालय सदस्यहरु सर्केश घलान,भीम पाख्रीन, ललित बहादुर घलान, लक्ष्मी पाख्रीन,प्रदेश सदस्य लक्ष्मी माझी,एकीकृत नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका समिती अध्यक्ष तिर्थ बहादुर थापा,उपाध्यक्ष प्रदिप अर्याल, अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समिती अध्यक्ष वसन्त राई, ए.अ.ने.शि.सङ्गठन केन्द्रिय परिषद सदस्य भोगेन्द्र लुइँटेल,सङ्गठन पुर्व जिल्ला अध्यक्ष परशुराम गौतम, मकवानपुरका १० वटै स्थानीय तहका ए.अ.ने.शि.सङ्गठनका अध्यक्ष ÷प्रतिनिधि लगायतको उपस्थिती थियो ।

1725202374055-1725202399.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...