pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

ऋषेश्वरमा लाग्ने मेला भब्यरुपमा सम्पन्न ।

1647575858669-1647576926.jpg

परापुर्ब काल देखि नै थाहा नगरपालिका-४, स्थित दामनको ऋषेश्वर महादेव मन्दिरमा लाग्ने बृहत फागु पुर्णिमा मेला यस वर्ष  भब्यताका साथ सम्पन्न भएको छ।                          यस वर्ष मकवानपुरको  छिमेकी जिल्लाहरु धादिङ,काठमाडौ,चितवन,बारा,पर्सा देखि मेला भर्न आएका भक्तजन,धार्मिक पर्यटन तथा फागु खेल्न आएका धार्मिक पर्यटक तथा स्थानिय थाहाका तन्नेरीहरुको  भीड अत्याधिक थियो। मन्दिरको मुल प्रवेश द्वार परिसरमा  स्थानीय तथा अन्य स्थानका मानिसहरूले थापेका पसलहरुले भरिभराउ थिए भने ब्यबस्थित पार्किङको स्थान अभाव छर्लङ्ग देखिन्थ्यो।ऋषेश्वर मन्दिरको बिकास समिती गठन नहुदा मन्दिरलाइ ब्यबस्थापन गर्न गार्‍हो भैरहेको स्पष्ट देख्न सकियको थियो ,यस्को लागि आगामी बर्ष बिस्तृत कार्ययोजना तयार गरि योजना निर्माण भैरहेको करुणाभुमी सामुदायिक बनका अध्यक्ष बिनोद लामाले जानकारी दिनुभयो। नेपालमा कोरोना संक्रमण घटे संगै भीडभाड हुने गतिविधिहरुले प्राथमिकता पाउन थालेको छ। भिडभाड नियन्त्रण तथा ट्राफिक समस्याकोको लागि ईलाका प्रहरी कार्यालयले सहजता गरेको थियो,इप्रका पालुङले जनाय अनुसार छिटफुट झगडा बाहेक अप्रिय घटना नघटेको बतायो।
त्यसै गरि दामनको शितल भ्यु टावर,फलामे भरेङ,पर्वतीय वनस्पति उद्यान र सेल्फी डाँडा  अवलोकन,भ्रमण गर्न आउने पर्यटकहरुको पनि घुइँचो थियो। यसरी ऋषेस्वर मन्दिर क्षेत्रमा विभिन्न समयमा लाग्ने मेला-पर्व र अन्य समयमा दर्शन गर्न आउने हिन्दु तथा बौद्ध  तिर्थयात्रीहरुका कारण पनि दामन,सिमभन्ज्याङ्का पर्यटन व्यवसायीहरु लाभान्वित हुने गरेका छन्। यदि यस प्रख्यात तिर्थ  क्षेत्रलाई धार्मिक पर्यटकिय क्षेत्रको रूपमा  प्रबर्द्धन गरि बाह्रै महिना पर्यटकहरुको आगमन हुने सुनिश्चित गर्न सरोकारवाला ले ध्यानाकर्षण गरेका छन।
सुरुका वर्षहरुमा दामनको एभरेष्ट युवा बिकास क्लबले त्यहाँ लाग्ने मेलाहरुको व्यवस्थापन गर्दै आएको थियो तर  २०७७ साल पछि भने  सिमभन्ज्याङ र दामन बजार व्यवस्थापन समितीलाई  सो कार्यको सम्पुर्ण जिम्मेवारी सुम्पिएको छ। एभरेष्ट युवा बिकास क्लबको बृहत आयोजनामा २०७५ सालदेखी ऋषेस्वर मन्दिर क्षेत्रमा बुद्ध जयन्तीको मेला लाग्ने प्रथाको पनि शुभारम्भ भएको छ। तेस्तै शिखरकोट बजार ब्यबस्थापन समितिले आयोजना गरेको प्रथम थाहा होलि महोत्सव ले पनि होलिमा रौनक थपेको थियो,शिखरकोट बजारमा भएको डिजे नेहाको साङ्गेतिक प्रस्तुतिमा युवाहरूको मस्ती देख्न सकिन्थ्यो ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

1647575829151-1647576926.jpg
1647575867785-1647576964.jpg
1647575838082-1647576964.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...