pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

उत्तरी मकवानपुरमा दैनिक ८ घण्टा विद्युत अवरुद्ध हुने 

20181222_112554-1649234895.jpg

उत्तरी मकवानपुरमा  बैशाख ३ गतेदेखि दैनिक ८ घण्टा बिद्युत अवरुद्व हुने भएको छ । 
नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र अन्तर्गत धोर्सिङ्ग सब–स्टेशनबाट वितरित धोर्सिङ्ग –कुलेखानी ड्याम साईड हुँदै मार्खुसम्मको ११ के.भी. लाईन सुधारका लागि विद्युत बन्द गर्न लागिएको पालुङ वितरण केन्द्रले जनाएको छ । 
हाल संचालनमा रहेको धोर्सिङ्गबाट मार्खु सम्म तानिएको ११ के.भी. लाईन झण्डै ४० वर्ष अधि तानिएको र उक्त लाईनमा रहेका पोल जिर्ण भएको र तारले लोड धान्न नसक्ने भएकाले अपग्रेडिङ्ग गर्न लागिएकोे पालुङ वितरण केन्द्र प्रमुख बिरमान रास्कोटीले बताए । 
पालुङ वितरण केन्द्रमा सरोकारवाला निकाय सँग भएको छलफलमा बैशाख ३ गतेदेखि प्रत्येक दिन  विहान ५ बजेदेखि १० बजेसम्म र अपरान्ह ४ः३० देखि ६ः३० बजेसम्म विद्युत अवरुद्ध हुने  र सार्वजनिक बिदाका दिन (शनिबार) विहान ५ बजेदेखि  दिउँसो १२ बजेसम्म र अपरान्ह ३ बजेदेखि ६ः३० बजेसम्म बिद्युत अवरुद्ध गरि सो कार्य गर्न सहमति भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणमा भएको छलफलमा  राजनीतिक दल, बैंक तथा वित्तीय संस्था, उद्योग वागिण्ज्य संघ,क्रसर व्यवसायी, संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।
विद्युत लाईन बन्द हुँदा उत्तरी मकवानपुरको थाहा नगरपालिका, ईन्द्रसरोवर गाँउपालिका, कैलाश गाँउपालिकाको १,२,५र ६ नं. वडा तथा भिम फेदी गाँउपालिकाको ८ र ९ नं. वडा प्रभावित हुन्छन् । 
 

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...