pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

खेल

ईन्द्रायणी चौरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु,बागेश्वरी ६ स्वर्ण सहित अगाडी

raning16-1703422880.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिक्षा शाखा थाहा नगरको व्यवस्थापनमा आजबाट राष्ट्रपति रनिङ शिल्ड तथा छैटौं मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ। थाहा नगरपालिका वडा न ३ मा अवस्थित ईन्द्रायणी चौर खेल मैदानमा सुरु भएको प्रतियोगिताको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले औपचारिक उद्घाटन गरेका छन ।

नगर खेलकुद बिकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथी नगर प्रमुख बिष्ट ,उपप्रमुख भरत गोपाली थाहा नगर शिक्षा समिति सदस्य उर्मिला गोपाली,हरिकृष्ण कार्की,सुरेन्द्रमान प्रधान,अर्जुन सुनार, राजाराम कार्की,प्रतियोगिता आयोजक समिती सदस्यहरु यादव जंग रायमाझी,मानसिं दोङ,थाहा नगर भलिबल महासंघ अध्यक्ष वसन्त गोपाली, तथा वडा न ४ का अध्यक्ष नारायण लामा,,वडा न ७  का अध्यक्ष शिवराज थिङ ,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी,नेकपा माओवादी थाहाका अध्यक्ष बिनोद कुमार लामा,लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि,सहभागी विद्यालयका  प्रधानाध्यापक,खेलाडी ,खेल शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो।

रनिङ शिल्ड आयोजकका सदस्य सचिब हरिकृष्ण कार्कीले स्वागत गर्नुभयको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख बिष्टले ले खेलकुद क्षेत्रको विकासका लागि थाहा नगरपालिकाको बजेट कम भएको महसुस गरेकोले बजेट व्यवस्थापन गरी खेलकुदमा लगानी बढाउनुपर्ने बताए  । खेलकुदको माध्यमबाट थाहा नगरको पहिचान गराउन खेलाडीहरूले खुलेर प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो छुट्टै पहिचान देखाउनु पर्ने उनले बताए  । खेलकुदको माध्यमबाट पहिचान गराउन उत्कृष्ट खेलाडीलाई छनोट गर्नुपर्ने पनि बताए ।तेसको लागि नगरपालिकाले बजेट बिनियोजनमा ध्यान दिन नसकेको स्विकार्दै सिमित बजेटको बाबजुद पनि प्रतियोगिता संचालन र व्यबस्थापन गर्ने शाखालाई धन्यवाद व्यक्त गर्दै खेलकुदको लागि बजेट बृद्दी गरी खेलमा विद्यार्थी हरुको लगावलाई तान्नुपर्ने आबश्यकता रहेको बताए ।

थाहा नगरपालिका भित्रका १४ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको प्रतियोगितामा कराते,एथलेटिक्स,कबड्डी,भलिबल छात्रछात्रा लगायतका बिधा रहेका छन। 
आज भएको १५ सय मिटर छात्र दौड तर्फ बागेश्वरी माबीले स्वर्ण,झम्केश्वरी माबिले रजत तथा बागेश्वरीले नै कास्य पदक हात पार्दा १५ सय मिटर छात्रा तर्फ जनकल्याण स्वर्ण,झम्केश्वरी रजत तथा झम्केश्वरीले नै कास्य पदक हात पार्यो भने सटफुट छात्रा तर्फ बागेश्वरीले स्वर्ण सुनौलाले रजत र कास्य पदक जितेकाछन भने सटफुट छात्र तर्फ जनकल्याणले स्वर्ण र रजत तथा झम्केश्वरीले कास्य पदक प्राप्त गरेका छन तेस्तै ज्याभलिङ थ्रो छात्र तर्फ बागेश्वरी माबिले स्वर्ण जित्दा झम्केश्वरीले रजत र जनकल्याणले कास्य हातपारेको छ भने ज्याबलिङ थ्रो छात्रा तर्फ मत्स्यनारायणले स्वर्ण र रजत तथा बागेश्वरीले कास्य पदक जितेको छ तेस्तै गरि त्रिपल जम्प छात्र तर्फ बागेश्वरीले स्वर्ण,जनकल्याणले रजत,तथा झम्केश्वरीले कास्य जित्दा रिले १००×४ छात्र तर्फ बागेश्वरी स्वर्ण ,झम्केश्वरी रजत तथा सुनौलाले कास्य जित्दा छात्रा तर्फ जनकल्याणले स्वर्ण,झम्केश्वरीले रजत र सुनौलाले कास्य जितेको छ ।
मार्चपास तर्फ नाट्यश्वर प्रथम जनकल्याण दोस्रो तथा पालुङ भ्याली तेस्रो भयो भने ८ सय मिटर छात्र दौडमा नाट्यश्वरले स्वर्ण,जनकल्याण रजत,र कास्य प्राप्त गर्न सफल रहे भने ८ सय मिटर छात्रा तर्फ जनकल्याणले स्वर्ण र रजत हातपार्दा बागेश्वरीले कास्यपदक जित्न सफल रह्यो तेसैगरी लंगजम्प छात्र तर्फ बागेश्वरीले स्वर्ण ,इअन बोर्डिङले रजत तथा जनकल्याणले कास्य हात पारेको छ।

आजको खेल अनुसार बागेश्वरी माबी ६ स्वर्ण सहित अगाडि छ भने ४ स्वर्ण सहित जनकल्याण दोस्रो र २ स्वर्ण सहित नाट्यश्वर तेस्रो स्थानमा रहेका छन।
बाकी खेलमा ९ गते बिहान ८ बजेदेखी भलिबल र ३ हजार मिटर दौड र अन्य खेल बिहान ९ बजेदेखी सुरु हुने आयोजकले जनाएको छ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg