Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

ईन्द्रायणी चौरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु,बागेश्वरी ६ स्वर्ण सहित अगाडी

raning16-1703422880.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिक्षा शाखा थाहा नगरको व्यवस्थापनमा आजबाट राष्ट्रपति रनिङ शिल्ड तथा छैटौं मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ। थाहा नगरपालिका वडा न ३ मा अवस्थित ईन्द्रायणी चौर खेल मैदानमा सुरु भएको प्रतियोगिताको थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले औपचारिक उद्घाटन गरेका छन ।

नगर खेलकुद बिकास समितिका संयोजक टिकाराम स्याङ्तानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथी नगर प्रमुख बिष्ट ,उपप्रमुख भरत गोपाली थाहा नगर शिक्षा समिति सदस्य उर्मिला गोपाली,हरिकृष्ण कार्की,सुरेन्द्रमान प्रधान,अर्जुन सुनार, राजाराम कार्की,प्रतियोगिता आयोजक समिती सदस्यहरु यादव जंग रायमाझी,मानसिं दोङ,थाहा नगर भलिबल महासंघ अध्यक्ष वसन्त गोपाली, तथा वडा न ४ का अध्यक्ष नारायण लामा,,वडा न ७  का अध्यक्ष शिवराज थिङ ,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी,नेकपा माओवादी थाहाका अध्यक्ष बिनोद कुमार लामा,लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि,सहभागी विद्यालयका  प्रधानाध्यापक,खेलाडी ,खेल शिक्षक तथा विद्यार्थीहरुको उपस्तिथि रहेको थियो।

रनिङ शिल्ड आयोजकका सदस्य सचिब हरिकृष्ण कार्कीले स्वागत गर्नुभयको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख बिष्टले ले खेलकुद क्षेत्रको विकासका लागि थाहा नगरपालिकाको बजेट कम भएको महसुस गरेकोले बजेट व्यवस्थापन गरी खेलकुदमा लगानी बढाउनुपर्ने बताए  । खेलकुदको माध्यमबाट थाहा नगरको पहिचान गराउन खेलाडीहरूले खुलेर प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो छुट्टै पहिचान देखाउनु पर्ने उनले बताए  । खेलकुदको माध्यमबाट पहिचान गराउन उत्कृष्ट खेलाडीलाई छनोट गर्नुपर्ने पनि बताए ।तेसको लागि नगरपालिकाले बजेट बिनियोजनमा ध्यान दिन नसकेको स्विकार्दै सिमित बजेटको बाबजुद पनि प्रतियोगिता संचालन र व्यबस्थापन गर्ने शाखालाई धन्यवाद व्यक्त गर्दै खेलकुदको लागि बजेट बृद्दी गरी खेलमा विद्यार्थी हरुको लगावलाई तान्नुपर्ने आबश्यकता रहेको बताए ।

थाहा नगरपालिका भित्रका १४ वटा माध्यमिक विद्यालयको सहभागीता रहेको प्रतियोगितामा कराते,एथलेटिक्स,कबड्डी,भलिबल छात्रछात्रा लगायतका बिधा रहेका छन। 
आज भएको १५ सय मिटर छात्र दौड तर्फ बागेश्वरी माबीले स्वर्ण,झम्केश्वरी माबिले रजत तथा बागेश्वरीले नै कास्य पदक हात पार्दा १५ सय मिटर छात्रा तर्फ जनकल्याण स्वर्ण,झम्केश्वरी रजत तथा झम्केश्वरीले नै कास्य पदक हात पार्यो भने सटफुट छात्रा तर्फ बागेश्वरीले स्वर्ण सुनौलाले रजत र कास्य पदक जितेकाछन भने सटफुट छात्र तर्फ जनकल्याणले स्वर्ण र रजत तथा झम्केश्वरीले कास्य पदक प्राप्त गरेका छन तेस्तै ज्याभलिङ थ्रो छात्र तर्फ बागेश्वरी माबिले स्वर्ण जित्दा झम्केश्वरीले रजत र जनकल्याणले कास्य हातपारेको छ भने ज्याबलिङ थ्रो छात्रा तर्फ मत्स्यनारायणले स्वर्ण र रजत तथा बागेश्वरीले कास्य पदक जितेको छ तेस्तै गरि त्रिपल जम्प छात्र तर्फ बागेश्वरीले स्वर्ण,जनकल्याणले रजत,तथा झम्केश्वरीले कास्य जित्दा रिले १००×४ छात्र तर्फ बागेश्वरी स्वर्ण ,झम्केश्वरी रजत तथा सुनौलाले कास्य जित्दा छात्रा तर्फ जनकल्याणले स्वर्ण,झम्केश्वरीले रजत र सुनौलाले कास्य जितेको छ ।
मार्चपास तर्फ नाट्यश्वर प्रथम जनकल्याण दोस्रो तथा पालुङ भ्याली तेस्रो भयो भने ८ सय मिटर छात्र दौडमा नाट्यश्वरले स्वर्ण,जनकल्याण रजत,र कास्य प्राप्त गर्न सफल रहे भने ८ सय मिटर छात्रा तर्फ जनकल्याणले स्वर्ण र रजत हातपार्दा बागेश्वरीले कास्यपदक जित्न सफल रह्यो तेसैगरी लंगजम्प छात्र तर्फ बागेश्वरीले स्वर्ण ,इअन बोर्डिङले रजत तथा जनकल्याणले कास्य हात पारेको छ।

आजको खेल अनुसार बागेश्वरी माबी ६ स्वर्ण सहित अगाडि छ भने ४ स्वर्ण सहित जनकल्याण दोस्रो र २ स्वर्ण सहित नाट्यश्वर तेस्रो स्थानमा रहेका छन।
बाकी खेलमा ९ गते बिहान ८ बजेदेखी भलिबल र ३ हजार मिटर दौड र अन्य खेल बिहान ९ बजेदेखी सुरु हुने आयोजकले जनाएको छ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...