pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

इन्द्रायणी जात्राको लागि आज विधिवत निमन्त्रणा पुजा

20251201_144954-1764580123.jpg

मकवानपुरको थाहानगरमा प्रत्येक तीन/तीन वर्षमा लाग्ने इन्द्रायणी जात्राको तयारी तिब्र पारिएको छ । साँस्कृतिक रुपले नेवार र देउला समुदायसँग प्रत्येक्ष जोडिएको इन्द्रायणी जात्राको लागि पूजाविधि अनुसारको तयारीलाई तिब्रता दिइएको इन्द्रायणी भगवती कालाभैरब गुठी संरक्षण समितिका अध्यक्ष श्याम भक्त श्रेष्ठले जानकारी दिए ।
जात्राको तयारी स्वरुप १५ मंसिरमा पालुङ देउला गाउँ (इन्द्रायणी बस्ती) बाट खाली रथ पालुङ शहरमा ल्याइएको छ । देउता घरबाट पालुङ ल्याइने रथ खाली ल्याउने चलन छ । तीन वर्षे जात्राको नियम तान्त्रिक विधि विधान अनुसार मनाइन्छ । जात्रा हुने चार दिन अगाडि १५ मंसिर अर्थात मंसिर शुक्ल द्वादशीको दिन पारेर खाली रथ पालुङ ल्याइएको हो । यसरी रथ ल्याउँदा पालुङबाट नेवार समुदायकै व्यक्तिहरु गई ल्याउने चलन छ ।
रथ पालुङमा ल्याएपछि गुठायारको भोज र निमन्त्रणा पूजा सुरु हुन्छ । द्वादशीको दिनदेखि पहिलो निम्तो पूजा भगवती पूजारीबाट हुन्छ । त्रयोदशीको दिन काला भैरव पूजारीबाट पूजा र भोज हुन्छ । चतुर्दशीका दिन इन्द्रायणी पूजारीबाट हुन्छ र गुठायार खुवाउने कार्य समाप्त हुन्छ । जात्राको अवसरमा इन्द्रायणी, कुमारी, कालाभैरब र गणेशको रथारोहण गरिन्छ ।
जात्रा आरम्भ निमन्त्रणा पूजा भाद्र शुक्ल पूर्णिमाका दिन इन्द्रजात्राको शुभ दिन परोर गरिएको थियो । निमन्त्रणा पूजाको करिब चार महिनापछि यो जात्रा मनाइने चलन छ । यसवर्षको जात्रा यहि मंरि १८, १९ र २० गते परेको छ ।
मकवानपुरको पालुङमा मध्यकालदेखि नै प्रचलनमा रहेको ३ वर्षे इन्द्रायणी जात्रा  मंसिर शुक्ल पूर्णिमा अर्थात् यही मंसिर १८ गते बाट थाहा नगरपालिकाको इन्द्रायणी चौरमा ३ दिनसम्मका लागि इन्द्रायणी जात्रा हुने भएको हो ।
इन्द्रायणी भगवति कालाभैरव गुठी संरक्षण समितिको व्यवस्थापनमा हुँदै आएको इन्द्रायणी जात्राको अवसरमा पहिलो दिन इन्द्रायणी माइको थानमा रथ लैजाने, दोस्रो दिन मुख्य पूजा र तेस्रो दिन रथ फर्काउने चलन रहेको छ । मेला अवधिमा थाहा नगरपालिका–२ का देउला समुदाय र नेवार समुदायले दिनरात नै पुजा गर्ने गर्दछन् ।
इन्द्रायणी माइ थानमा  राती पञ्चबली सहित तान्त्रिक विधिबाट पुजा हुने गर्दछ ।  जात्रामा पाटनबाट आएका तान्त्रिक कर्माचार्यहरुले विशेष पूजाआजा गर्ने गर्दछन् ।
जात्रामा स्थानीय क्षेत्रका हजारौं भक्तजनहरु आउने गरेका छन् भने स्थानीय नेवार तथा देउला समुदायमा टाढाबाट आउने पाहुनाहरुले घरहरु खचाखच हुने गर्दछ । इन्द्रायणी माइको पूजा र भाकल गरेमा मनोआकाँक्षा पूरा हुने विश्वास रही आएको 

20251201_131835-1764580125.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...