pani-1786865868.jpg
Monday, 28 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

इन्द्रसरोवर ताल मा ८ वर्षपछि बृहत् सरसफाइ : तीन ट्रकभन्दा बढी फोहर सङ्कलन, जलचर संरक्षणमा चिन्ता

Notes_260516_071931_02e-1778895615.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित मार्खुमा रहेको नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशयका रूपमा परिचित इन्द्रसरोवर ताल वरिपरि बृहत सरसफाइ गरिएको छ । करिब आठ वर्षपछि सञ्चालन गरिएको बृहत् सरसफाइ अभियानबाट तीन ट्रकभन्दा बढी फोहर सङ्कलन गरिएको मत्स्य विकास केन्द्र कुलेखानीले जनाएको छ । पर्यटकीय क्षेत्रबाट सङ्कलित फोहरमध्ये प्लाष्टिकजन्य र सिसाजन्य सामग्री छुट्याइएको छ ।
इन्द्रसरोवर ताल क्षेत्रमा आउने आन्तरिक पर्यटकले जथाभावी फाल्ने पानीका बोतल, मदिराका सिसा तथा चाउचाउ, चिप्सलगायतका खानेकुराका प्लाष्टिकजन्य फोहरका कारण इन्द्रसरोवर क्षेत्र प्रदूषित बन्दै गएको थियो । ताल वरपर फालिएको फोहरले पर्यटकीय सौन्दर्यसँगै जलीय वातावरणसमेत प्रभावित भएको स्थानीयले बताएका छन् ।
मत्स्य विकास केन्द्रका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, गाउँपालिकाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, इन्द्रसरोवर मत्स्य व्यवसायिक सङ्घ मार्खु, इन्द्रसरोवर डुङ्गा सङ्घ मार्खु तथा स्वास्थ्य चौकीका कर्मचारीको संयुक्त सहभागितामा ताल वरपर र मार्खु क्षेत्रमा सरसफाइ गरिएको हो । करिब तीन सय जनाको सहभागितामा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको थियो ।
मत्स्य विकास केन्द्र कुलेखानीका प्रमुख तथा मत्स्य विकास अधिकृत भिमदत्त भट्टले कुलेखानी क्षेत्रमा करिब आठ वर्षपछि बृहत सरसफाइ गरिएको जानकारी दिए । उनका अनुसार केन्द्रले वैशाख ११ गते नै सरसफाइ गर्ने निर्णय गरेअनुसार कार्यक्रम सञ्चालन गरिएको हो । सरकारको सप्ताहव्यापी सरसफाइ अभियानसँग एकै समयमा परेकाले संयुक्त रूपमा बृहत सरसफाइ गरिएको उनले बताए ।
अब प्रत्येक शुक्रबार कार्यालय परिसर तथा इन्द्रसरोवर ताल परिसरमा नियमित सरसफाइ गतिविधि सञ्चालन गर्ने निर्णय गरिएको उनको भनाइ छ । सरसफाइका क्रममा ताल वारि र पारिसम्म डुङ्गाबाट पुगेर फोहर सङ्कलन गरिएको उहाँले जानकारी दिए । पर्यटकीय क्षेत्र तथा ताल परिसरमा बढ्दो फोहरका कारण जलचर प्राणीसमेत प्रभावित भएको भन्दै उनले चिन्ता व्यक्त गरे । डस्टबिनबाहेक अन्यत्र फोहर फाल्नेलाई जरिवाना गर्ने सम्बन्धमा सूचना जारी गर्ने तयारीसमेत भइरहेको उनले बताए ।
प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र हेटौँडाका प्रमुख सरोज कुमार यादवले स्थानीयले खेतीपातीका क्रममा प्रयोग गर्ने रासायनिक मल र विषादी बगेर कुलेखानीमा मिसिँदा माछाको उत्पादन घट्दै गएको बताए । उनले स्थानीय जातका माछाको भुरा उत्पादन तथा अन्य माछाको सङ्ख्या घट्दै गएकोमा चिन्ता व्यक्त गरे ।
“पछिल्लो समय पानीको गुणस्तर बिग्रँदै गएको छ । फोहरका कारण माछाको वृद्धि विकासमा नकारात्मक असर परेको छ,” उनले भने, “पानीमा फोहर मिसिँदा रासायनिक गुण बिग्रिएको छ ।” रासायनिक मल, विषादी तथा तालमा जथाभावी फालिने फोहरले पानी प्रदूषित हुँदा त्यसको असर माछा हुँदै मानव स्वास्थ्यमा समेत पर्ने उहाँले बताए ।
मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरका प्रमुख भट्टको नेतृत्वमा कार्यालयका कर्मचारी, भैरव गण चनवनका सेनानी मिलन कुमार जोशी तथा सह–सेनानी फत्त नारायण श्रेष्ठको नेतृत्वमा १५५ जनाको टोली, नं. ३ राजदल गण क्युबेक ब्याट्री कुलेखानीका सह–सेनानी अर्जुन परियारको नेतृत्वमा ३५ जनाको टोली, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन बेस कुलेखानीका सहायक प्रहरी निरीक्षक युवराज कार्कीको नेतृत्वमा ३५ जनाको टोली, इन्द्रसरोवर गाउँपालिका–१ का कर्मचारी, नेपाल विद्युत् प्राधिकरण प्रथम जलविद्युत् आयोजना मार्खु शाखा, पालुङ वितरण केन्द्र तथा फ्युज शाखा मार्खुका कर्मचारी, अस्थायी प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक दिपेश यादव, इन्द्रसरोवर मत्स्य व्यवसायिक सङ्घ मार्खु, इन्द्रसरोवर डुङ्गा सङ्घ मार्खु तथा स्वास्थ्य चौकीका कर्मचारीको सहभागितामा बृहत सरसफाइ कार्यक्रम सञ्चालन गरिएको मत्स्य विकास केन्द्र कुलेखानीकी कर्मचारी संगिना कार्कीले जानकारी दिइन्

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...