pani-1786865868.jpg
Wednesday, 19 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

इन्द्रसरोवरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

cover-1614909474.jpg

उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजना यहि फाल्गुन २० गते गाउँपालिका स्तरीय खेलकुद मैदान, कुलेखानी हेभीमा प्रतियोगिता सुरु भएको हो । ३ दिन सम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा माद्यामिक विद्यालयका छात्र छात्राहरु बिच प्रतिस्पर्धा हुने जनाएको छ । आज पहिलो दिन मार्चपास, छात्र भलिबल तर्फको ४ खेल र छात्र छात्रा १ सय मिटर दौड प्रतियोगिता सञ्चालन भएको छ ।

आज भएको छात्र भलिबल प्रतियोगितामा समूह ए मा पञ्चकन्या र कालीदेवी बिच पञ्चकन्या विजयी र बत्सलादेवी र कालीदेवी बिच भएको खेलमा बत्सलादेवी बिजयी भएका छन् भने समूह बि तर्फ सरस्वती बाल बोधनी र कालिका बिच भएको खेलमा कालिका विजयी र महाचुनी र कालिका बिच भएको खेलमा कालिका विजयी भएका छन् । यस्तै आज सञ्चालन भएको १ सय मिटर छात्र दौडमा समूह ए मा बत्सलादेवी प्रथम, कालिदेवी द्वितीय र पञ्चकन्या तृतीय भएको छ भने समूह बि मा महाचुनी प्रथम, कालिका द्वितीय र सरस्वती तृतीय भएका छन् । यस्तै १ सय मिटर छात्रा दौडको समूह ए मा बत्सल्ला प्रथम, पञ्चकन्या द्वितीय र कालिदेवी तृतीय भएका छन् भने समूह बि मा सरस्वती प्रथम, कालिका द्वितीय र महाचुनी तृतीय भएका छन् । छात्रा तर्फको २ भलिबल खेल र २ सय मिटर छात्रछात्रा दौडको खेल भने भोलि हुने आयोजकले जनाएको छ । इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाको सभाध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोहमा गाउँपालिकाका उपाध्यक्ष उमा कुमारी लामा, वडा नं २ का अध्यक्ष राजुमान महर्जन, वडा नं ३ का अध्यक्ष चिरञ्जीवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी लगायत विभिन्न सहभागी विद्यालयका शिक्षकहरुको आतिथ्यता र गाउँपालिकाका कर्मचारी तथा प्रतिस्पर्धी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

default.png
मञ्जरी बलामी
manjarinews415@gmail.com

मञ्जरी बलामी थाहापाटी अनलाइनकाेे इन्द्रसराेबर सम्वाददाता हुन् । खबरका लागि उनलाई 9866339966 मा सम्पर्क गर्न सकिन्छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...