pani-1786865868.jpg
Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

फाेटाे फिचर

इन्द्रसरोवरका किसानलाई फूल टिप्न भ्याइ नभ्याई (तस्बिरहरू)

Fakhel-Fool-1536x1024-1699755218.jpg

गणेश बिष्ट \     मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका किसानहरू अहिले खेतबारीमा नै भेटिन्छन् । तिहार सुरु भएदेखि उनीहरूलाई भ्याइनभ्याइ छ । उनीहरू फूल टिप्ने, माला गाँस्ने, फूलका मुठ्ठी पार्ने लगायतका काममा बिहानै देखि सक्रिय हुने गरेका छन् ।

 

 

तरकारी जन्य कृषि बाली उत्पादन गर्ने सो क्षेत्रका किसानहरू सिजनका बेलामा फूल खेती पनि गर्छन् । नगदे बालीका रूपमा तरकारी खेती गर्दै आएका इन्द्रसरोवरका कृषकहरूले पछिल्लो समय फूल खती गरेर मनग्य आमदानी गरिरहेका छन् ।

कृषकहरूले हेटौँडा हुँदै काठमाडौँ जाने छोटो दुरीको मार्ग भीमफेदी कुलेखानी हुमाने तथा माततीर्थ र सिस्नेरी दक्षिणकाली सडकका किनारमा से क्षेत्रमा उत्पादित फूल विक्रीका लागि राख्ने गरेका छन् । सो सडक भएर यात्रा गर्ने जो कोही पनि फूल किन्न उनीहरुले राखेका अस्थायी टहराहरूमा रोकिने गरेका छन्  ।

पहाडी क्षेत्र र भिरालो जमिन भएको उक्त क्षेत्रको हरेक किसानले फूल खेती गरेका छन् । फूल लगाउनेहरू मध्ये अधिकांशले व्यवसायीक रूपमा विक्री गर्न फूल रोप्ने गरेका छन् । उनीहरुले उत्पादन गरेको फूल सहर किनारको स्टलसँगै काठमाडौँ र हेटौडाका बजारसम्म पुग्ने गरेको छ । काठमाडौँ र हेटौडाका फूल विक्रेताहरू बारीमा नै पुगेर फूल खरिद गर्ने गरेका छन् ।

कृषिकहरुले खेताला प्रयोग गरेर उत्पादित फूल टिप्ने र माला उन्न काम गर्छन् । उनेका माला प्रति गाटा १०० रुपैयाँ र फूल प्रतिकिलो २५० देखि ३५० रुपैयाँसम्म विक्री गर्दै आएका छन् ।

फोटोः गणेश विष्ट

 

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...