Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

फाेटाे फिचर

टिष्टुङ–पालुङ पदयात्रा,फोटोफिचर

FB_IMG_1718462400653-1718462432.jpg

 

   गणेश विष्ट 

मकवानपुरको ‘टिष्टुङ–पालुङ’ त्यतिबेला चर्चामा आयो जुनबेला काठमाण्डौं जोड्ने नेपालकै पहिलो राजपथ ‘बाइरोड’ अर्थात त्रिभुवन राजपथ खुल्यो । वि.सं. २०१३ सालतिरबाट यातायात सुचारु भएको ‘बाइरोड’को नाम थाहा नपाउने कमै होलान् । गायक हिरण्य भोजपुरेले त त्यही बाइरोडमा उडेको धुलोको प्रसंगलाई गित नै बनाएका छन्–‘ट्याक्सी गुडाउँदै, बाइरोडको बाटोमा धुलो उडाउँदै…।’ बाइरोड नबनेको बेला भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ हुँदै गाडी बोकेर काठमाण्डौं पु¥याइन्थ्यो । बाइरोडको बाटो खुलेपछि गाडी बोक्नै परेन, बरु ‘टिष्टुङ–पालुङ’मा गाडीले धुलो उडाए । काठमाण्डौं र हेटौंडाको बीच भागतिर पर्ने भएकोले होला ‘टिष्टुङ–पालुङ’ का पसलहरु नजिकै चालकले गाडी अड्याउँथे यात्रु ओर्लन्थे, यहाँको चिसो पानीले हात मुख धुन्थे खाजा नास्ता भ्याउँथे र गन्तव्य तिर हुँइकिन्थे । यहि भएर पनि ‘टिष्टुङ–पालुङ’ सबैको मुखैमा झण्डिने शब्द बन्यो, यात्रु र चालकहरुको थकाइ मार्ने थलोका रुपमा कहलियो ।

‘टिष्टुङ–पालुङ’ बाइरोड जस्तै हुर्किदै गयो । बाइरोड सम्हालिँदै धुलो उडाउनै छाड्यो अर्थात् कालोपत्रे भयो । स्याउला र खरले छाएका ‘टिष्टुङ–पालुङ’का छाप्रे पसल त्यही कालोपत्रेका लागि भित्रिएका अलकत्राका ड्रमले बलवान बन्न थाले । बाइरोडमा लाम लागेर बस र ट्रक गुड्न थालेपछि यहाँका मानिसहरु सेल तरकारी हैन उत्पादन बढाउँदै हरियो तरकारी र अन्न पनि बेच्न थाले । खेतबारीबाट ताजा तरकारी मुठा बनाएर बाइरोड छेवैमा पु¥याउँदा एकै छिनमा बिक्ने, पैसा आउने । यति भएपछि पछिल्लो समय ‘टिष्टुङ–पालुङ’को तरकारीले देशैभरी एकछत्र राज गर्यो । सडक छेवैमा मात्र हैन, टिपका टिप तरकारी निकासी हुन थाल्यो । यो क्रम अहिले पनि छँदैछ ।

‘टिष्टुङ–पालुङ’को परिचय अब बाइरोड र तरकारी उत्पादनमा मात्र सीमित रहेन । अहिले ‘टिष्टुङ–पालुङ’ पदमार्ग खुलेको छ । हिजो हावाको झोक्कासंगै हुइँकिने यात्रुहरु अहिले पर्यटक बनेर आउन थालेका छन् । ‘टिष्टुङ–पालुङ’ पदमार्गको परिकल्पना फोटो पत्रकार गणेश विष्टले गरेका हुन् । यो पदमार्ग १७ किलोमिटर दुरीको छ । उनले आफ्नो सर्कलका साथीहरुलाई पदमार्गको विषयमा सुनाए । उनीसंग दर्जन हाइकर टिम सम्पर्कमा छन् । उनीहरुलाई पनि ‘टिष्टुङ–पालुङ’को परिचय गराए । पहिलो पटक भएकाले पत्रकार विष्टले पर्यटकहरुलाई पदयात्रा गराउने क्रममा भाङखोरियाका सानोबाबु सिन्तानको पनि भरथेग लिए । स्थानीय निरोज प्रधान, श्रीराम कार्की, माधव कार्की, अनिता विष्ट, नरहरि पौडेल त टिममा छँदै थिए ।

काठमाण्डौंबाट ‘टिष्टुङ–पालुङ’ पदयात्राका लागि आएका अतिथीहरुलाई स्वागत गर्न थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली नर्बे चोक पुगेका थिए । थाहा नगरपालिकाको ११ नम्बर वडामा रहेकोे नर्बे ढुङ्गा जाने र पालुङ जाने दोबाटोलाई नर्बे चोक भनिन्छ । यहि चोकमा ह्याप्पी हाइकरका ३२ जना पदयात्री जम्मा भएका थिए । टोलीमा अरु ८ जना स्थानीय थिए । उपप्रमुखको स्वागत पछि पदयात्री प्राकृतिक मनोरमताको साथै गाउँले जीवनशैली बुझ्नै रमाउँदै यात्रामा निश्केको थियो ।

गाउँ, जंगल, पाखा, सिम, चौर छिचोल्दै अग्ला डाँडा उक्लने यो रुटको विशेषता नै हो । पदयात्राको क्रममा भेटिने खुकुरी पार्क, खेल मैदान, मुस्कान झरना, नर्बेढुङ्गा, चिया बगान, दमार, कुईभिर, नाँगे चुली असाध्यै रमाइलो र अदभूत क्षेत्रहरु हुन् । टिष्टुङबाट पसेर पालुङ निश्कने यो पदमार्गको ठाउँ ठाउँमा भेटिने डाँडाकाँडा प्रकृतिक भ्यूटावर जस्तै लाग्छ । यो रुटमा ऐतिहासिक जनजाती तामाङहरुको बाहुल्यता रहेको छ । टिष्टुङको नर्बेचोकबाट शुरु हुने यात्रा ‘भाँङ खोरिया पास’मा पुगेर पालुङसंग भेट हुन्छ । सोल्टू हुँदै फाँटको होमस्टे पुगेर स्थानीयपनको आभास पदयात्रीहरुले गर्न पाउँछन् । होमस्टेमा पुग्दा ‘टिष्टुङ–पालुङ’ को पदयात्रा त सकिन्छ तर पालुङ–आग्रा पदमार्गको अर्को ढोका खुल्छ । फाँटको यो होमस्टे क्षेत्र पालुङ–आग्रा पदयात्राको बेसक्याम्प पनि हो । होमस्टैमै बास बसेर विहान पालुङगढी, गोरखनाथ, पाण्डुकेश्वर, शंखमुलधाम लगायतको क्षेत्रको भ्रमण गर्न पनि सकिन्छ ।

धेरै पदयात्रामा सहभागी भैसकेका ह्याप्पी हाइकरका टिम लिडकर राजाराम फुयाँलले ‘टिष्टुङ–पालुङ’ पदयात्रा सकिएपछि प्रतिक्रिया दिदै भने–‘थाहाका पदमार्गहरु मध्ये ‘टिष्टुङ–पालुङ’ उत्कृष्ट लाग्यो, पर्यटन प्रवद्र्धका लागि यस रुटले भविष्य बोकेको छ ।’ गाउँले परिवेशमा मौसम अनुसारको फलफुल र कन्दमूल खाँदै यात्रा गर्दा आनन्दित तुल्याएको फुयाँलको प्रतिक्रिया छ । उनी पदयात्राको क्रममा ठाउँठाउँमा भेटिने हरिया चौर र शीतलताको चर्चा गर्दै थप्छन्–‘लाग्छ हरियो तन्नामा लडिबुडी खेल्दै एसी खोलेर आनन्द लिइरहेको छु ।’ यसअघि पनि फोटो पत्रकार बिष्टले थाहाका विभिन्न पदमार्गको पहिचान गरी हजारौं पर्यटकहरु भित्र्याइसकेका छन् । यस्ता पदमार्गकोहरुको नगरपालिकाले व्यवस्थित र प्रवद्र्धन गर्नुपर्ने विष्टको सुझाव छ ।

हेर्नुहोस फोटोहरु

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...