pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

फाेटाे फिचर

टिष्टुङ–पालुङ पदयात्रा,फोटोफिचर

FB_IMG_1718462400653-1718462432.jpg

 

   गणेश विष्ट 

मकवानपुरको ‘टिष्टुङ–पालुङ’ त्यतिबेला चर्चामा आयो जुनबेला काठमाण्डौं जोड्ने नेपालकै पहिलो राजपथ ‘बाइरोड’ अर्थात त्रिभुवन राजपथ खुल्यो । वि.सं. २०१३ सालतिरबाट यातायात सुचारु भएको ‘बाइरोड’को नाम थाहा नपाउने कमै होलान् । गायक हिरण्य भोजपुरेले त त्यही बाइरोडमा उडेको धुलोको प्रसंगलाई गित नै बनाएका छन्–‘ट्याक्सी गुडाउँदै, बाइरोडको बाटोमा धुलो उडाउँदै…।’ बाइरोड नबनेको बेला भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ हुँदै गाडी बोकेर काठमाण्डौं पु¥याइन्थ्यो । बाइरोडको बाटो खुलेपछि गाडी बोक्नै परेन, बरु ‘टिष्टुङ–पालुङ’मा गाडीले धुलो उडाए । काठमाण्डौं र हेटौंडाको बीच भागतिर पर्ने भएकोले होला ‘टिष्टुङ–पालुङ’ का पसलहरु नजिकै चालकले गाडी अड्याउँथे यात्रु ओर्लन्थे, यहाँको चिसो पानीले हात मुख धुन्थे खाजा नास्ता भ्याउँथे र गन्तव्य तिर हुँइकिन्थे । यहि भएर पनि ‘टिष्टुङ–पालुङ’ सबैको मुखैमा झण्डिने शब्द बन्यो, यात्रु र चालकहरुको थकाइ मार्ने थलोका रुपमा कहलियो ।

‘टिष्टुङ–पालुङ’ बाइरोड जस्तै हुर्किदै गयो । बाइरोड सम्हालिँदै धुलो उडाउनै छाड्यो अर्थात् कालोपत्रे भयो । स्याउला र खरले छाएका ‘टिष्टुङ–पालुङ’का छाप्रे पसल त्यही कालोपत्रेका लागि भित्रिएका अलकत्राका ड्रमले बलवान बन्न थाले । बाइरोडमा लाम लागेर बस र ट्रक गुड्न थालेपछि यहाँका मानिसहरु सेल तरकारी हैन उत्पादन बढाउँदै हरियो तरकारी र अन्न पनि बेच्न थाले । खेतबारीबाट ताजा तरकारी मुठा बनाएर बाइरोड छेवैमा पु¥याउँदा एकै छिनमा बिक्ने, पैसा आउने । यति भएपछि पछिल्लो समय ‘टिष्टुङ–पालुङ’को तरकारीले देशैभरी एकछत्र राज गर्यो । सडक छेवैमा मात्र हैन, टिपका टिप तरकारी निकासी हुन थाल्यो । यो क्रम अहिले पनि छँदैछ ।

‘टिष्टुङ–पालुङ’को परिचय अब बाइरोड र तरकारी उत्पादनमा मात्र सीमित रहेन । अहिले ‘टिष्टुङ–पालुङ’ पदमार्ग खुलेको छ । हिजो हावाको झोक्कासंगै हुइँकिने यात्रुहरु अहिले पर्यटक बनेर आउन थालेका छन् । ‘टिष्टुङ–पालुङ’ पदमार्गको परिकल्पना फोटो पत्रकार गणेश विष्टले गरेका हुन् । यो पदमार्ग १७ किलोमिटर दुरीको छ । उनले आफ्नो सर्कलका साथीहरुलाई पदमार्गको विषयमा सुनाए । उनीसंग दर्जन हाइकर टिम सम्पर्कमा छन् । उनीहरुलाई पनि ‘टिष्टुङ–पालुङ’को परिचय गराए । पहिलो पटक भएकाले पत्रकार विष्टले पर्यटकहरुलाई पदयात्रा गराउने क्रममा भाङखोरियाका सानोबाबु सिन्तानको पनि भरथेग लिए । स्थानीय निरोज प्रधान, श्रीराम कार्की, माधव कार्की, अनिता विष्ट, नरहरि पौडेल त टिममा छँदै थिए ।

काठमाण्डौंबाट ‘टिष्टुङ–पालुङ’ पदयात्राका लागि आएका अतिथीहरुलाई स्वागत गर्न थाहा नगरपालिकाका नगर उपप्रमुख भरत गोपाली नर्बे चोक पुगेका थिए । थाहा नगरपालिकाको ११ नम्बर वडामा रहेकोे नर्बे ढुङ्गा जाने र पालुङ जाने दोबाटोलाई नर्बे चोक भनिन्छ । यहि चोकमा ह्याप्पी हाइकरका ३२ जना पदयात्री जम्मा भएका थिए । टोलीमा अरु ८ जना स्थानीय थिए । उपप्रमुखको स्वागत पछि पदयात्री प्राकृतिक मनोरमताको साथै गाउँले जीवनशैली बुझ्नै रमाउँदै यात्रामा निश्केको थियो ।

गाउँ, जंगल, पाखा, सिम, चौर छिचोल्दै अग्ला डाँडा उक्लने यो रुटको विशेषता नै हो । पदयात्राको क्रममा भेटिने खुकुरी पार्क, खेल मैदान, मुस्कान झरना, नर्बेढुङ्गा, चिया बगान, दमार, कुईभिर, नाँगे चुली असाध्यै रमाइलो र अदभूत क्षेत्रहरु हुन् । टिष्टुङबाट पसेर पालुङ निश्कने यो पदमार्गको ठाउँ ठाउँमा भेटिने डाँडाकाँडा प्रकृतिक भ्यूटावर जस्तै लाग्छ । यो रुटमा ऐतिहासिक जनजाती तामाङहरुको बाहुल्यता रहेको छ । टिष्टुङको नर्बेचोकबाट शुरु हुने यात्रा ‘भाँङ खोरिया पास’मा पुगेर पालुङसंग भेट हुन्छ । सोल्टू हुँदै फाँटको होमस्टे पुगेर स्थानीयपनको आभास पदयात्रीहरुले गर्न पाउँछन् । होमस्टेमा पुग्दा ‘टिष्टुङ–पालुङ’ को पदयात्रा त सकिन्छ तर पालुङ–आग्रा पदमार्गको अर्को ढोका खुल्छ । फाँटको यो होमस्टे क्षेत्र पालुङ–आग्रा पदयात्राको बेसक्याम्प पनि हो । होमस्टैमै बास बसेर विहान पालुङगढी, गोरखनाथ, पाण्डुकेश्वर, शंखमुलधाम लगायतको क्षेत्रको भ्रमण गर्न पनि सकिन्छ ।

धेरै पदयात्रामा सहभागी भैसकेका ह्याप्पी हाइकरका टिम लिडकर राजाराम फुयाँलले ‘टिष्टुङ–पालुङ’ पदयात्रा सकिएपछि प्रतिक्रिया दिदै भने–‘थाहाका पदमार्गहरु मध्ये ‘टिष्टुङ–पालुङ’ उत्कृष्ट लाग्यो, पर्यटन प्रवद्र्धका लागि यस रुटले भविष्य बोकेको छ ।’ गाउँले परिवेशमा मौसम अनुसारको फलफुल र कन्दमूल खाँदै यात्रा गर्दा आनन्दित तुल्याएको फुयाँलको प्रतिक्रिया छ । उनी पदयात्राको क्रममा ठाउँठाउँमा भेटिने हरिया चौर र शीतलताको चर्चा गर्दै थप्छन्–‘लाग्छ हरियो तन्नामा लडिबुडी खेल्दै एसी खोलेर आनन्द लिइरहेको छु ।’ यसअघि पनि फोटो पत्रकार बिष्टले थाहाका विभिन्न पदमार्गको पहिचान गरी हजारौं पर्यटकहरु भित्र्याइसकेका छन् । यस्ता पदमार्गकोहरुको नगरपालिकाले व्यवस्थित र प्रवद्र्धन गर्नुपर्ने विष्टको सुझाव छ ।

हेर्नुहोस फोटोहरु

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg