jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

इजरायलबाट विद्यार्थी आज ल्याइँदै,

Ijaral-1-1697074561.jpg

 इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका विद्यार्थी बिहीबार आउने भएका छन्। नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बिहीबार बिहान २:३० बजे जानुहुने भएको हो । उनीहरूलाई लिएर जहाज बिहीबार नै बेलुकी ८:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थी फर्काउन लागिएको हो। उहाँले स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने बताउनुभयो। त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने छ। 

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले परराष्ट्रमन्त्री साउदको नेतृत्वमा उद्धार टोली पठाउने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताउनुभयो। मन्त्री किरातीले यसरी इजरायलबाट फर्किने विद्यार्थीको हवाई टिकट सरकारले बेहोर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो।

नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थी ल्याउने विशेष योजना हो। त्यसै कार्यक्रममा गएका १० जना विद्यार्थी भने हमासको आक्रमणमा परी दिवङ्गत भएका थिए। उनीहरूको शव भने उक्त विमानमा नल्याइने भएको छ। 

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले इजरायलको ‘प्रोटोकल’ अनुसार तत्काल शव ल्याउन नमिलेको बताउनुभयो। उहाँले सरकारले चाँडोभन्दा चाँडो शव ल्याउन पहल गरिरहेको भन्दै बाध्यता बुझिदिन परिवारजनसँग आग्रह गर्नुभयो। हराइरहेका कञ्चनपुरका विपिन जोशीको खोजी कार्यलाई तीव्रता दिएको उहाँले बताउनुभयो ।

इजरायल सरकारले नेपाली विद्यार्थीको शव तत्काल हस्तान्तरण गर्ने अवस्था नदेखिएको मन्त्री किरातीले बताउनुभयो। उहाँले भन्नुभयो, “इजरायल सरकारले शव हस्तान्तरण गर्ने अवस्था देखिएको छैन। यति धेरैको मृत्यु भएको छ। कतिपयको डिएनएसमेत परीक्षण गर्नुपर्ने अवस्था छ । त्यसैले त्यहाँबाट सबै प्रक्रिया पूरा गरी शव ल्याउन समय लाग्ने देखिएको छ ।”

इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालले पनि मृतकको शव ल्याउन भने केही समय कुर्नुपर्ने अवस्था देखिएको बताउनुभयो। उहाँले भन्नुभयो, “मैले मृतकका शव तत्काल ल्याउन निकै प्रयास गरेकी थिएँ। इजरायलका अधिकारीहरूले सबै प्रोटोकल मिलाएर मात्रै हस्तान्तरण गर्ने बताउनुभयो । त्यसो भएकाले शव ल्याउन समय लाग्ने देखियो ।” 

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भन्नुभयो, “इजरायल अहिले पनि युद्धकै अवस्थामा रहेकाले उहाँहरूले शव व्यवस्थापनका विषयमा केही सोचेका छैनन् तर हाम्रोतर्फबाट पहल गरिरहेका छौँ।” 

इजरायल सरकारले निधन भएका सबैको शव सुरक्षित राखेको विश्वास दिलाएको बताउनुभयो। “मृतकका शव इजरायल सरकारको संरक्षणमा सुरक्षित राखिएको छ। इजरायल सरकारबाट शव हस्तान्तरण हुनेबित्तिकै उच्च प्राथमिकता दिएर सम्बन्धित परिवारलाई हस्तान्तरण गर्ने छौँ,” उहाँले भन्नुभयो।

सरकारले घटना भएलगत्तै परराष्ट्र मन्त्रालयसहित इजरायलमा रहेको नेपाली दूतावासले सक्रियतापूर्वक काम गरिरहेको उहाँले जानकारी दिनुभयो। इजरायलमा भएको नेपाली दूतावासले घटना भएलगत्तै धेरै काम गरेको भन्दै प्रवक्ता लम्सालले प्रशंसा गर्नुभयो । इजरायलमा भएको नेपाली दूतावासमा सीमित स्रोतसाधन हुँदासमेत कतिपय अवस्थामा बङ्करमा बसेर काम गरेको उहाँले बताउनुभयो। 

प्रवक्ता लम्सालका अनुसार हाल इजरायलमा २६२ जना विद्यार्थीसहित चार हजार पाँच सय घरेलु श्रमिक कार्यरत छन्। नेपालबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना, सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका हुन्। यसरी सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना विद्यार्थी इजरायलको दक्षिणी क्षेत्र किबुजमा रहेका थिए । त्यसमध्ये १० जनाको निधन भएको हो । 

 यस्तो छ उडान तालिका 

इजरायलमा असुरक्षित रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने तय भएको छ। बिहीबार बिहान २:३० बजे त्यसतर्फ उड्ने जहाज सोही दिन राति ८:२० बजे नेपाल आइपुग्ने भएको छ ।

यही असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि तीन सयभन्दा बढी नेपाली त्यहाँ अलपत्र परेका छन् । अलपत्र परेकामध्ये २५३ जना नेपालीको उद्धार गर्न बिहीबार बिहान २:३० बजे उडेको निगमको जहाज दुबई ट्रान्जिट भएर त्यसतर्फ लागेको हो । 

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान उडेको निगमको एयरबस ३३० जहाज स्थानीय समय अनुसार बिहीबार बिहान ९:१० बजे इजरायलको तेल अभिवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । 

निगमको उडान तालिका अनुसार अप्रेसन डाइरेक्टर (सिनियर क्याप्टेन) श्रवण रिजालको नेतृत्वमा उक्त जहाज जान लागेको हो। जहाज तेल अभिवबाट स्थानीय समय अनुसार बिहान ११:१० उडेर पुनः दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ । क्याप्टेन रिजाल र उहाँका सहोदर दाइ सिनियर क्याप्टेन सुवास रिजालले यसअघि २०७३ असारमा काबुलमा मारिएका १२ नेपालीको शवसहित २४ जना नेपालीलाई उद्धार गरी काठमाडौँ ल्याउनुभएको थियो। 

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...