Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

इङ्ल्याण्ड राज्य परिषद्को अध्यक्षमा थाहाकी चेली राम माया थापाको उम्मेदवारी

FB_IMG_1752847419760-1752847513.jpg

नेपाली समुदायको सेवा, नेतृत्व र सामाजिक उत्तरदायित्वमा झण्डै दुई दशकदेखि समर्पित रहँदै आएकी समाजसेवी राम माया थापाले आगामी कार्यकालका लागि इङ्ल्याण्ड राज्य परिषद्को अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। दुई दशकदेखि बेलायत बस्दै आएकी थापा सो समयदेखि नै सामाजिक कार्यमा सक्रिय रहँदै आइरहेकी छन्। उनले २६ जुलाईमा हुने निर्वाचनका लागि आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन्।

 

518200263 10223603087623675 2862947251650760811 nबेलायतमा स्थापित नेपाली सामाजिक संस्थाहरूमा प्रभावशाली उपस्थिति बनाउँदै आएकी थापा, समुदायको समावेशी, प्रगतिशील र दिगो नेतृत्वको खाँचो पूरा गर्न आफू अघि सरेको स्पष्ट सन्देश दिन्छिन्। पहिलो पटक महिला अध्यक्ष बन्ने अठोटका साथ अघि बढेकी थापाको यात्राले समाजसेवाको समर्पणदेखि आपत्कालीन राहत, महिला सशक्तिकरण, युवापुस्ताको अभिवृद्धि तथा व्यवसायिक सफलताको सशक्त नमूना बोकेको छ। विगत झण्डै २० वर्षको अवधिमा उनले बेलायतस्थित विभिन्न नेपाली संघ–संस्थामा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, मिडिया सचिव तथा प्रवक्ताका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै व्यापक अनुभव आर्जन गरेकी छन्। हाल (२०२३–२०२५) को कार्यकालमा उनी इङ्ल्याण्ड राज्य परिषद्को कोषाध्यक्षका रूपमा सक्रिय छन्, जहाँ संस्थाको आर्थिक अनुशासन, पारदर्शिता र संस्थागत विकासमा उनको भूमिका उल्लेखनीय रहँदै आएको छ। सामाजिक सेवासँगै थापाले आपत्कालीन राहत अभियानमा पनि अग्रणी भूमिका निर्वाह गरेकी छन्। २०७२ सालको विनाशकारी भूकम्पपछि उनले Fundraising Coordinator को रूपमा बेलायतबाट व्यापक सहयोग संकलन गरी नेपाल पठाउन महत्वपूर्ण भूमिका निभाएकी थिइन्। त्यसैगरी, बाढी–पहिरो लगायतका प्राकृतिक विपद्को बेला पनि उनी अग्रसर भई राहत संकलन तथा वितरणमा जुटिरहेकी छन्। सामाजिक कार्यको अतिरिक्त थापा व्यवसायिक क्षेत्र, विशेषतः property business मा पनि सफलताको अनुकरणीय उदाहरण बन्न सफल भएकी छन्। व्यवसाय र सेवाबीच सन्तुलन कायम गर्दै उनले “उद्यमशीलता र सामाजिक उत्तरदायित्वको संयोजन” प्रस्तुत गर्दै समुदायमा प्रेरणादायी छवि निर्माण गरेकी छन्। अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै थापाले आफू निर्वाचित भएमा समुदायका समग्र हितलाई समेट्ने जिम्मेवारीपूर्वक योजना अघि सारेकी छन्। उनका प्राथमिकतामा रहेका विषयहरू यसप्रकार छन्:
बेलायतभर रहेका नेपाली संघ–संस्थाबीच समन्वय, सहकार्य र एकताको वातावरण निर्माण
सामाजिक क्षेत्रमा महिलाहरूको प्रतिनिधित्व र सक्रिय सहभागिता उल्लेखनीय रूपमा वृद्धि
युवाहरूलाई नेतृत्वतर्फ उत्प्रेरित गर्दै सामाजिक जिम्मेवारीप्रति सजग बनाउने पहल
नेपालसँगको भावनात्मक, सांस्कृतिक र मानवीय सम्बन्धलाई अझ मजबुत बनाउने प्रयास
बुद्धिजीवी, अनुभवी र पेशागत समुदायलाई नीतिगत संलग्नतामा ल्याउने
बेलायतमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीहरूलाई सहयोग, सल्लाह, संरक्षकत्व र सुरक्षा प्रदान गर्ने वातावरण निर्माण
राम माया थापाको उम्मेदवारी केवल पदका लागि नभई समुदायभित्र सकारात्मक परिवर्तन ल्याउने सोच, सहकार्यको भावना र समावेशी नेतृत्वको आवश्यकताको प्रतिनिधित्व हो। उनले भनिन्, “यो मेरो व्यक्तिगत सफलता होइन, यो हामी सबैको साझा सपना र जिम्मेवारी हो। महिला, युवा, व्यवसायी, बुद्धिजीवी सबैलाई समेटेर हाम्रो नेपाली समुदायलाई अझ सबल, संगठित र सम्मानित बनाउने मेरो दृढ संकल्प हो।”
समुदायको साथ, सुझाव र समर्थनले आफूलाई नेतृत्वको अवसर प्राप्त भएमा, उनले पारदर्शी, उत्तरदायी र सहभागी शासनमार्फत इङ्ल्याण्ड राज्य परिषद्लाई एक आदर्श सामाजिक संस्था बनाउने लक्ष्य रहेको स्पष्ट समेत पारिन्।

https://thahapati.com/public/images/users/406865089_360696248959133-1702431864.jpg
सिम्रन खड्का
simran@gmail.com

सिम्रन खड्का थाहापाटी अनलाईनकी रिपोर्टर हुन् । समाचार,सूचना र जानकारीका लागि सम्पर्क गर्न सक्नुहुने छ

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...