pani-1786865868.jpg
Wednesday, 19 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

आयल निगम भन्छ– ग्यासको अभाव छैन, आत्तिनुपर्दैन

gas-shortage-6_0fjGDdhTKo-1619414884.jpg

गत शुक्रबार नेपाल एलपी ग्यास उद्योग संघले आम उपभोक्ताको ध्यानाकर्षण गर्दै एउटा विज्ञप्ति निकाल्यो । विज्ञप्तिमा भनिएको थियो, ‘कोरोना महामारीका कारण भविष्यमा ग्यासको आपूर्ति प्रणालीमै असहज स्थिति आउन सक्ने भएकाले जति सक्दो चाँडो आफूसँग भएको खाली सिलिन्डर भर्न नेपाल एलपी ग्यास संघ आम उपभोक्तालाई आग्रह गर्दछ’ ।


तर, संघले भनेजस्तो हालसम्म बजारमा ग्यासको कुनै अभाव देखिएको छैन । त्यसो त हालका लागि मात्र नभएर भविष्यमा समेत ग्यास आपूर्तिमा कुनै समस्या नआउने नेपाल आयाल निगमले प्रष्ट पारेको छ ।


नेपाल आयाल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने, ‘हालको अवस्थामा मुलुकमा पेट्रोलियम पदार्थको कुनै समस्या छैन, र भविष्यमा पनि आउने छैन । यदि फेरि पनि मुलुक लकडाउनमा जाने अवस्था आयो भने पनि निगमले सहज आपूर्तिको व्यवस्था गर्छ र बजारमा ग्यास, तेलको अभाव हुन दिँदैन ।’

आम उपभोक्ताहरू भने एलपी ग्यास उद्योग संघको उक्त शुक्रबारको सूचनालाई लिएर त्रसित भएका छन् । कोभिड–१९ को दोस्रो लहर मुलुकमा तिब्र संक्रमणदर बढ्दै जाँदा फेरि पनि मुलुक लकडाउनमा जाने हो कि भन्ने त्रासका बीच थप ग्यासको आपूर्ति समेत बन्द हुन सक्ने त्यस्तो सांकेतिक सूचनाले आम सर्वसाधारण सशंकित भएका हुन् ।

तेल र ग्यासको आधिकारिक विक्रेता नेपाल आयल निगमले ग्यास आपूर्तिलाई लिएर कोही पनि आत्तिनु नपर्ने स्पष्ट पारेको छ । अहिलेको अवस्थामा आपूर्ति व्यवस्था सहज रहेको र पर्याप्त ग्यासको स्टकसमेत रहेकाले कोही पनि आत्तिनुनपर्ने निगमको भनाई छ ।

के हो त ग्यासको वास्तविकता ?

निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलका अनुसार पछिल्लो समय मुलुकमा ग्यास आपूर्तिको अवस्था निकै राम्रो छ । अहिलेको अवस्थामा आपूर्तिले बजारको मागलाई धानेर स्टकसमेत बसेको छ । हालका लागि आपूर्ति व्यवस्था नै ठप्प भइहाले पनि अधिकतम २१ दिनसम्मलाई धान्न पुग्ने ग्यास स्टकमै रहेको पौडेल भनाइ छ ।

‘पछिल्ला दुई महिनामा अहिले सम्मकै उच्च दरमा ग्यास आपूर्ति भएका छन् । सरदर मासिक ३८ हजार मेट्रिकटन ग्यासको आपूर्ति भइरहेकोमा पछिल्लो चैत महिनामा मात्र अधिकतम ४७ हजार मेट्रिकटन ग्यासको आपूर्ति भएको छ ।

यस्तो दर फागुनमासमेत अधिकतम ४५ हजार मेट्रिकटन रहेको थियो । जसले बजारमा ग्यासको अभाव हुन दिएको छैन’ पौडेलले भने, ‘जसले अहिले पनि हामीसँग २१ लाख मेट्रिकटन बराबरको ग्यास स्टकमा छ । यसले अधिकतम २१ दिनलाई धान्न पुग्छ । त्यसैले बजारमा ग्यासको अभाव हुन्छ भन्ने जस्ता हल्ला केबल हल्ला मात्र हुन्, जुन हामीले बजार अनुगमनमा समेत पाएका छौं ।’

अहिलेको अवस्थामा ग्यासको सहज आपूर्ति भइरहेको र पर्याप्त मौज्दात ९स्टक० रहेका बेलामा व्यवसायीहरुले आम उपभोक्ताहरुलाई खाली सिलिन्डर भर्न आग्रह गर्नुलाई शंकाको दृष्टिकोणले हेरिएको छ । निगमले आपूर्तिमा कुनै समस्या नआउने बताइरहँदा व्यवसायीहरुले किन खाली सिलिन्डर भर्न उपभोक्ताहरुलाई दबाव दिँदैछन् त रु

निगमका कार्यकारी निर्देशक पौडेल व्यवसायीहरुले उपभोक्ताहरुको सेन्टिमेन्टमा प्रहार गरेर मौकाको फाइदा उठाउन खोजेको बताउँछन् ।

‘अहिलेको ग्यास उद्योगीहरुको सूचना सेन्टिमेन्टल आक्रमण हुन सक्छ । मौकाको फाइदा उठाएर केही व्यापार बढाउँ भन्ने उद्देश्यले गरिएको सेन्टिमेन्टल मार्केटिङ्ग पनि हुन सक्छ’ पौडेल भन्छन्, ‘हामीले त स्टक बढाउन मात्र आग्रह गरेका थियौं । तर, व्यवसायीहरुले अघि बढेर उपभोक्ताहरुलाई सिलिण्डर भर्न नै अपिल गरे । यसले बजारमा नकारात्मक सन्देश गएको छ ।’

केही समयअघि मात्रै आयल निगमले सबै ग्यास उद्योगहरुलाई जति सक्दो बढी ग्यास भर्न पत्राचार गरेको थियो । निरन्तर ग्यासको आपूर्तिलाई व्यवस्थित गर्न र स्टक बढाउन निगमले उद्योगहरुलाई यस्तो आग्रह गरेको पौडेलको भनाइ छ ।

तर, अहिले सोही अवसरलाई दुरुपयोग गर्दै व्यवसायीहरुले आम उपभोक्ताहरुलाई आतंकित नै पार्ने गरी खाली सिलिन्डर भन्न अपिल गरेका हुन् ।

‘हामीले त केवल उपभोक्ताहरुलाई सचेत मात्र गराएका हौं, यसमा हाम्रो कुनै निजी स्वार्थ छैन’ नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले रातोपाटीसँग भने, आयल निगमले ग्यासको खपत बढाउनका लागि गरेको पत्राचाारअनुसार नै हामीले उपभोक्ताहरुलाई खाली सिलिन्डर भर्न आग्रह गरेका हौं ।’

हाल विभिन्न ब्राण्ड वा कम्पनी गरी मुलुकभित्र ६० को हाराहारीमा ग्यास उद्योगहरु सञ्चालित छन् । जसमा हजारौंको संख्यामा ग्यास वितरक डिलरहरु छन् ।

नेपालमा दैनिक १ लाख सिलिण्डरको माग छ । प्रत्येक वर्ष १० देखि १५ प्रतिशतले नयाँ माग थपिने गरेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।

राताेपाटी बाट साभार

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...