kirsi-samaagri-utpaadan-1733404658.png
Friday, 14 Feb, 2025
krishi-suchana-1732709378.png

समाचार

आज सरस्वती पुजा,तथा वसन्त पञ्चमी

1707874085757-1707874117.jpg

आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ।

विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।

सरस्वती पुजाको दिन आज थाहा नगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय हरुमा पुजा आजा सहित मनाइदै छ भने पालुङ बहुमुखी क्याम्पस हाताभित्र सरस्वतीको मुर्तिको प्राणप्रतिष्ठा सहित बिशेष पुजा हुँदै छ।
तेसै गरि थाहा नगरपालिका ३ संखमुलमा रहेको  सरस्वतीको मन्दिरमा विद्यार्थी हरुको घुइँचो लाग्ने गर्दछ।

chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरपालिकाको वेबसाइट इन्डोनेसियाली ह्याकरको नियन्त्रणमा,
DSCN4807-1739444515.JPG

मकवानपुरको थाहा नगरपालिकाको वेबसाइट ह्याक भएको छ । नगरपालिकाको नाममा दर्ता गरिएको सबडोमेन ...

जनयुद्ध दिवसको ऐतिहासिक आवश्यकता र आजको महत्व
FB_IMG_1739411179947-1739411195.jpg

फागुन १ गते जनयुद्ध दिवस नेपालको ऐतिहासिक दृष्टिकोणमा अत्यन्त महत्वपूर्ण दिन हो। यो दिन २०५२ सालको फागुन १ गते...

सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
FB_IMG_1739199281537-1739199404.jpg

थाहा नगरपालिका वडा न २ महादेवस्थानमा अवस्थित सरस्वती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा,शैक्षिक...

थापा र कार्कीको पहलमा टौखेल स्वास्थ्यचौकीमा अक्सिजन कन्सल्टेटर
FB_IMG_1739192487201-1739192549.jpg

मकवानपुर, २८ माघ । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १० स्थित टौखेल स्वास्थ्य चौकीमा ५ थान अक्सिजन...

काङ्ग्रेस सह महामन्त्री डिनाको पहलमा थानाबजार पुलको मुख,चल्ती सडकको स्तरोन्नति शुभारम्भ
FB_IMG_1739192287147-1739192304.jpg

थाहा नगरपालिकाको थानाबजार पुलको मुखबाट पालुङ हुँदै देउराली,चिसापानी,देउखेल चल्ती सडकको स्तरिकरणको कामको आरम्भ...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबलको उपाधी वडा न ७ लाई
476407297_152738977128385-1739017863.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिताको उपाधि वडा न ७ ले जितेको छ। २६ माघमा थाहा...

चित्लाङ थानकोट सडक कालोपत्रे गर्न १५ करोडको ठेक्का आह्वान
FB_IMG_1735712432242-1738933147.jpg

थाहा नगरपालिकाको आर्थिक विकासको मूल ढोकाको रुपमा रहेको गणेशमान सिंह (चित्लाङ–चन्द्रागिरी–थानकोट) मार्गको...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबलको फाइनलमा वडा न १ र ७
FB_IMG_1738929855988-1738929867.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगितामा वडा न ७ र१ उपाधिको लागि  भिड्ने भएका छन ।  २५ गते...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबल :- सेमिफाइनल समीकरण पुरा
FB_IMG_1738674794703-1738858801.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगितामा वडा न ३,७ र१, ४ सेमिफाइनल भिड्ने भएका...