udhog-1721203328.jpg
Saturday, 27 Jul, 2024
jkmv-1721483934.jpg

समाचार

आज गणेश चतुर्थी पर्व

FB_IMG_1695088732684-1695088744.jpg

असोज २ गते । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।

 

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।  

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका ९तीज० को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।  भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजाआराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् भट्टराईले सुनाउनुभयो । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

मङ्गल चतुर्थीसमेत भनिने यो पर्व आज भने मङ्गलबार नै परेको छ । यो पर्वलाई नेवार समुदायले भने चथा नाममा मनाउँछन् । 


world-link-1690434568.jpg
युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन
1722006128102-1722006203.jpg

हेटौंडा, ११ साउन/हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले...

राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
1722000156334-1722000226.jpg

हेटौंडा, ११ साउन/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक  सङ्गठन...

मनोरञ्जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग, पालेर्मो प्रोटोकलको घरेलुकरणमा जोड
452997603_122174066402056-1721999854.jpg

 ११ साउन, काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको...

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी
FB_IMG_1719452511697-1719-1721984811.jpg

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल...

डकुड्रामा हामी छौ को भव्य प्रिमियर
1721974581108-1721974771.jpg

सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको...

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड
IMG-20240724-WA0000-1721970075.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा...

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत दुर्गादेवीका विद्यार्थीहरुलाई सहयोग
FB_IMG_1721840337594-1721840358.jpg

थाहा नगरपालिका वडा नम्बर ५ को दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।...

थाहामा गरिब परिचयपत्र पाएकाले मात्र जटिल रोगको मासिक उपचार खर्च पाउने,
1721838805270-1721838838.jpg

नेपाल सरकारले विभिन्न जटिल प्रकृतिका रोगको उपचारको लागि उपलब्ध गराउने मासिक खर्च अब गरिब परिचयपत्र पाएकाहरुलाई...

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल
FB_IMG_1721807346674-1721807678.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। सौर्यको ९...