Social-Media-Main-Post1-1759035170.jpg
Friday, 13 Feb, 2026
nagar-shubha-1759206951.jpg

समाचार

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

FB_IMG_1746068614952-1746068629.jpg

आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।

विश्वभरका मजदुरले यस दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।

 

यसपटक पनि नेपालमा समेत विभिन्न मजदुर सङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् ।
सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केट भन्ने ठाउँमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो । मजदुर आन्दोलनले अन्ततः सफलता हासिल गर्‍यो।
पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । नेपालमा पनि विराटननगरमा विस. २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को परिवर्तनसँगै यो दिवस मनाइन थालिएको हो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदासमेत दिन थालिएको छ ।
यहाँ मे दिवसको परम्परा पञ्चायती शासनको विरोध गर्दै भित्रिएको थियो । नेपाल ट्रेड युनियन महासङ्घका अनुसार पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो ।


world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
पालुङ जेसीजको २६औँ पदस्थापना तथा पुरस्कार वितरण सम्पन्न, युवाको नेतृत्व विकासमा सहकार्य गर्न नगरपालिका तयार : उपप्रमुख गोपाली
FB_IMG_1770717081031-1770717114.jpg

पालुङ जेसीजको २६औँ पदस्थापना एवम् पुरस्कार वितरण कार्यक्रम सोमबार सम्पन्न भएको छ। थाहा नगरपालिकास्थित जेसीज...

सिङ्गो बलामी समूह कपुगाउँको साथ उमेद्वार लवशेर बिष्टलाई
FB_IMG_1770559029840-1770559039.jpg

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा चुनावी सरगर्मी बढ्न थालेकोछ । उमेदवारहरुलाई मतदाता...

थाहामा निर्वाचन प्रहरीको तालिम जारी, ३४ जना सहभागी
FB_IMG_1770477624635-1770477832.jpg

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै थाहा नगरपालिकामा निर्वाचन प्रहरीको तालिम सुरु गरिएको छ। नेपाल...

थाहा नगर उद्योग वाणिज्य संघको १० औँ वार्षिक साधारण सभा सम्पन्न
FB_IMG_1770462215362-1770462231.jpg

थाहा नगर उद्योग वाणिज्य संघको १० औँ वार्षिक साधारण सम्पन्न भएको छ। थाहा नगरपालिका स्थित पालुङ बहुउद्देश्यीय...

निर्वाचन : मकवानपुरमा तीन हजारभन्दा बढी कर्मचारी खटिँदै
facebook_1770428223277_74-1770428257.jpg

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरमा तीन हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् । दुई वटा...

विद्यार्थीलाई लक्षित तीनदिने ‘माइन्ड एन्ड मोटिभेसनल’ शान्ति तथा ध्यान शिविर सम्पन्न
FB_IMG_1770381936906-1770381962.jpg

बोधिचर्य फाउन्डेसनको आयोजनामा थाहा नगरपालिकामा बृहत शान्ति तथा ध्यान शिविर अन्तर्गत तीनदिने “MIND AND MOTIVATIONAL WORKSHOP”...

थाहा–४ शिखरकोटकी एकल महिला चिनिमैयाँ नेपालीलाई वाईसीएलद्वारा पक्की घर निर्माण गरी हस्तान्तरण
FB_IMG_1770367131593-1770367228.jpg

थाहा नगरपालिका–४, शिखरकोट निवासी एकल महिला आमा चिनिमैयाँ नेपालीको जीर्ण तथा बस्न अयोग्य अवस्थामा रहेको घर...

लवशेर बिष्टको ईन्द्रसरोवर र थाहाको घरदैलोमा शानदार ईन्ट्री:-स्थानीयले भने बिष्ट हाम्रो उमेदवार हो
FB_IMG_1770303743606-1770303780.jpg

आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिदै गर्दा यति खेर सबै पार्टीका उमेदवार घरदैलोमा ब्यस्त रहेकोछ । नेकपा (...

लायन्स बर्ष सम्मान सहित लायन्स र लियो क्लव अफ थाहा पिसको ९ औँ पदस्थापन सम्पन्न
FB_IMG_1770219071079-1770219085.jpg

थाहा नगरमा सामाजिक सेवामा सक्रिय  लायन्स क्लव लायन्स क्लव अफ थाहा पिसको वर्ष २०२५/०२६ का लागि ९ औँ पदस्थापन...