jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

आचारसंहिता कक्षा बढाउन काउन्सिललाई सुझाव

Screenshot_20220805-16051-1659695028.png

सम्झना पौडेल / साउन २०, काठमाडौँ
पत्रकारिता पेसाको मर्यादा बढाउन प्रेस काउन्सिलले आचारसंहिता कक्षा बढाउनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । नयाँ अनलाइनका सञ्चालक÷सम्पादकहरूलाई राखिएका अभिमुखीकरण कक्षामा बोल्दै वरिष्ठ पत्रकार एवं बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधानले काउन्सिलले अहिले देखाएका सक्रियताका स्वागत गर्दै यसलाई गति दिनुपर्ने बताउनुभयो । 

‘पत्रकार आफ्नै कारणले पत्रकारिता पेसाप्रति इज्जत र सम्मान घटाएको छ । त्यसैले यसलाई रोक्न र स्वस्थ पत्रकारिता गर्न पत्रकार स्वयम् सचेत हुनुपर्छ,’ प्रेस काउन्सिलद्वारा शुक्रबार आयोजित अभिमुखीकरणमा विज्ञकारूपमा सहभागी प्रधानले भन्नुभयो ।

उहाँले आचारसंहिताको पूर्ण पालनाबाट नै मिडियाप्रति हेर्ने दृष्टिकोण राम्रो हुने बताउनुभयो । ‘त्यसका लागि काउन्सिलजस्तो नियामक निकायले आचारसंहितासहित पत्रकारिताका विविध विषयमा व्यापक कक्षा लिनुपर्छ । अनुगमन लाई तीव्र बनाउनुपर्छ,’ प्रधानले भन्नुभयो ।

कार्यक्रममा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले फरक–फरक अध्ययन र पृष्ठभूमिबाट मिडिया क्षेत्रमा लाग्नेलाई सहयोग पुग्ने भएकाले गत चैतदेखि यस्तो अभियान सुरू गरेको जानकारी दिनुभयो ।

नयाँ अनलाइनकर्मी र आचारसंहिता उल्लङ्घन गरी कारबाहीमा पर्ने दुवैथरीले यस्तो कक्षा अनिवार्य लिनुपर्ने उहाँले बताउनुभयो । अभिमुखीकरण कक्षामा काउन्सिलका वितरण सम्परीक्षण अधिकृत रहमतुल्ला मियाँले काउन्सिलले जारी गरेको निर्देशिकाबारे कक्षा लिनुभएको थियो ।  कार्यक्रममा भौतिकरूपमा २६ र जुममार्फत २८ जनाको सहभागिता थियो ।

Screenshot_20220805-16053-1659695032.png
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...