pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

असोज १५ गते उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ हेटौंडा आउने
रेडियो सन्देश, थाहा नेपाल र निकास साप्ताहिकको सयुक्त बार्षिक उत्सव

FB_IMG_1695962259096-1695962276.jpg

हेटौंडा / नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ असोज १५ गते हेटौंडा आउनुहुने भएको छ ।
मकवानपुरको स्थापित सञ्चारगृह रेडियो सन्देश १०६.९ मेगाहर्ज, निकास साप्ताहिक र अनलाइन मिडिया थाहा नेपाल डटकमको सयुक्त बार्षिक उत्सव लगायतका कार्यक्रममा सहभागी हुन गृहमन्त्री श्रेष्ठ हेटौंडा आउन लाग्नुभएको हो ।
बार्षिक उत्सव कार्यक्रम असोज १५ गते बिहान १० बजे हेटौंडा-२ मा रहेको पल्पसा प्याराडाईज होममा हुने बताईएको छ । बार्षिक उत्सव कार्यक्रममा जिल्लामा कृयाशिल पत्रकारलाई "रामचन्द्र स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार" प्रदान गरिने छ भने विभिन्न सम्मान र पुरस्कारहरु प्रदान गरिने कार्यक्रम रहेको अध्यक्ष सुनिल खड्काले बताउनुभयो ।
निकास साप्ताहिकले बिगत १७ बर्षदेखी निरन्तर विविध सामाजिक कार्य गर्दै बार्षिक उत्सव मनाउदै आईरहेको थियो 
। पछिल्लो समयदेखि रेडियो र अनलाइनको पनि सयुक्त रुपमा बार्षिक उत्सव गर्न शुरु गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।
निकास साप्ताहिक विगत २० बर्षदेखी मकवानपुरबाट हरेक बिहीवार नियमित प्रकाशित हुँदै आएको छ भने सामुदायिक सञ्चार समुहद्वारा संचालित रेडियो सन्देश १०६.९ मेगाहर्ज ६ बर्षदेखी हेटौंडाबाट संचालित छ । त्यस्तै जनमुखी मिडिया प्रालिद्वारा संचालित थाहा नेपाल डटकम २ बर्षदेखी काठमाडौ र हेटौंडाबाट संचालनमा रहेको छ ।
तिनवटै सञ्चारगृहका अध्यक्ष खड्का हुन ।

गृहमन्त्री श्रेष्ठ १४ गते बेलुकी हेटौंडा आईपुग्ने कार्यक्रम रहेको उहाको प्रमुख स्वकीय सचिव बिजय गौतमले जानकारी दिनुभयो ।
१५ गते बिहान ७ बजे बागमती प्रदेश प्रहरी कार्यालयमा अन्तरक्रिया, ८:३० बजे जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सुरक्षा ब्रीफिङ, बिहान १० बजे रेडियो सन्देश, थाहा नेपाल र निकास साप्ताहिकको सयुक्त बार्षिक उत्सव, १२ बजे अगुवा कार्यकर्ता भेला र २ बजे हेटौंडा जेसीजको आयोजनामा ‘पब्लिक स्पिकिङ प्रतियोगिता’ कार्यक्रमलाई सम्बोधन गर्न गृहमन्त्री श्रेष्ठ हेटौंडा आउन लाग्नुभएको हो ।
गृहमन्त्री श्रेष्ठको मन्त्री भएपछि यो पहिलो मकवानपुर जिल्ला भ्रमण हो । श्रेष्ठ २०७० को निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर-२ बाट उठ्नुभएको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...