Thursday, 09 May, 2024
समाचार

असोज १५ गते उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ हेटौंडा आउने
रेडियो सन्देश, थाहा नेपाल र निकास साप्ताहिकको सयुक्त बार्षिक उत्सव

FB_IMG_1695962259096-1695962276.jpg

हेटौंडा / नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ असोज १५ गते हेटौंडा आउनुहुने भएको छ ।
मकवानपुरको स्थापित सञ्चारगृह रेडियो सन्देश १०६.९ मेगाहर्ज, निकास साप्ताहिक र अनलाइन मिडिया थाहा नेपाल डटकमको सयुक्त बार्षिक उत्सव लगायतका कार्यक्रममा सहभागी हुन गृहमन्त्री श्रेष्ठ हेटौंडा आउन लाग्नुभएको हो ।
बार्षिक उत्सव कार्यक्रम असोज १५ गते बिहान १० बजे हेटौंडा-२ मा रहेको पल्पसा प्याराडाईज होममा हुने बताईएको छ । बार्षिक उत्सव कार्यक्रममा जिल्लामा कृयाशिल पत्रकारलाई "रामचन्द्र स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार" प्रदान गरिने छ भने विभिन्न सम्मान र पुरस्कारहरु प्रदान गरिने कार्यक्रम रहेको अध्यक्ष सुनिल खड्काले बताउनुभयो ।
निकास साप्ताहिकले बिगत १७ बर्षदेखी निरन्तर विविध सामाजिक कार्य गर्दै बार्षिक उत्सव मनाउदै आईरहेको थियो 
। पछिल्लो समयदेखि रेडियो र अनलाइनको पनि सयुक्त रुपमा बार्षिक उत्सव गर्न शुरु गरिएको अध्यक्ष खड्काले बताउनुभयो ।
निकास साप्ताहिक विगत २० बर्षदेखी मकवानपुरबाट हरेक बिहीवार नियमित प्रकाशित हुँदै आएको छ भने सामुदायिक सञ्चार समुहद्वारा संचालित रेडियो सन्देश १०६.९ मेगाहर्ज ६ बर्षदेखी हेटौंडाबाट संचालित छ । त्यस्तै जनमुखी मिडिया प्रालिद्वारा संचालित थाहा नेपाल डटकम २ बर्षदेखी काठमाडौ र हेटौंडाबाट संचालनमा रहेको छ ।
तिनवटै सञ्चारगृहका अध्यक्ष खड्का हुन ।

गृहमन्त्री श्रेष्ठ १४ गते बेलुकी हेटौंडा आईपुग्ने कार्यक्रम रहेको उहाको प्रमुख स्वकीय सचिव बिजय गौतमले जानकारी दिनुभयो ।
१५ गते बिहान ७ बजे बागमती प्रदेश प्रहरी कार्यालयमा अन्तरक्रिया, ८:३० बजे जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सुरक्षा ब्रीफिङ, बिहान १० बजे रेडियो सन्देश, थाहा नेपाल र निकास साप्ताहिकको सयुक्त बार्षिक उत्सव, १२ बजे अगुवा कार्यकर्ता भेला र २ बजे हेटौंडा जेसीजको आयोजनामा ‘पब्लिक स्पिकिङ प्रतियोगिता’ कार्यक्रमलाई सम्बोधन गर्न गृहमन्त्री श्रेष्ठ हेटौंडा आउन लाग्नुभएको हो ।
गृहमन्त्री श्रेष्ठको मन्त्री भएपछि यो पहिलो मकवानपुर जिल्ला भ्रमण हो । श्रेष्ठ २०७० को निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर-२ बाट उठ्नुभएको थियो ।


world-link-1690434568.jpg
हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...