jkmv-english-1784299234.jpg
Sunday, 26 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राजनीति

अष्टलक्ष्मीको निराश बहिर्गमनः अल्पकालीन मुख्यमन्त्रीमा लोभिँदा प्रतिष्ठामा धक्का

अनेपक्षित तवरले वागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको सत्तायात्रा अल्पकालमै टुंगिएको छ । मुख्यमन्त्री बनेको ७१ दिनमा नै उनी राजीनामा दिएर हिँड्न वाध्य भइन् । उनको बर्हिगमन सँगै एमालेले तेस्रो प्रदेश सरकार गुमाएको छ ।

नेकपा (एमाले) विभाजनको डिलमै पुग्दासम्म माधव नेपाल समूहकी एक हस्ति थिइन् शाक्य । तर, मुख्यमन्त्रीको अफर आएपछि उनी गुट परिवर्तन गर्दै संस्थापन पक्षमा समाहित भइन् । शाक्य मुख्यमन्त्री त बनिन्, तर सपथग्रहण गरेकै दिनदेखि उनको दिनगन्ति सुरु भएको थियो । सत्ता लम्ब्याउने राजनीतिक उपाय नभेटेपछि कुनै अनैतिक कसरत नगरी उनले सहज अवतरण गरेकी छन् ।

शाक्य मुख्यमन्त्री बन्दाको राजनीतिक समिकरण रोचक थियो । तत्कालीन नेकपा हुँदा पार्टी संसदीय दल नेतामा चुनाव हराउनेले नै उनलाई मुख्यमन्त्री प्रस्तावित गरेका थिए । अनि, जसले पहिले मुख्यमन्त्रीमा उनलाई अगाडि नबढाएको भन्दै पार्टीमा विद्रोह गरे, शाक्यले उनीहरुको साथ छोडेकी थिइन् ।

एमाले र माओवादी गठवन्धनले देशव्यापी बहुमत पाएपछि मुख्यमन्त्रीको स्वभाविक दावेदार थिइन् शाक्य । वागमती प्रदेशको मुख्यमन्त्री एमालेले नै लिने भएपछि उनी नै बन्ने पक्का जस्तै थियो । तर, अन्तिम समयमा आएर अष्टलक्ष्मीविरुद्ध पार्टी संस्थापनबाट डोरमणि पौडेल खडा गरिए र उनी पराजित भइन् । पछि नेकपा विभाजनका कारण उत्पन्न जटिल राजनीतिक परिस्थितिमा उनको मुख्यमन्त्री बन्ने धोको पुरा भएको थियो ।

नेकपाको प्रारम्भिक विवाद नै शाक्य र आचार्यलाई मुख्यमन्त्री नबनाएको विषयमा थियो । माधव नेपालले यो विषयलाई निकै जोडदाररुपमा उठाएका थिए । तर, अन्तिममा नेपाललाई नै छोडेर उनीहरु मुख्यमन्त्री बन्ने परिस्थिति बन्यो । कतिपयले यसलाई ‘माधव नेपाल छोडे वापतको पुरस्कार’ भनेर समेत टिप्पणी गरेका थिए ।

शाक्य २ भदौमा डोरमणि पौडेलको राजीनामापछि मुख्यमन्त्री नियुक्त भएकी थिइन् । त्यही दिन एमालेको माधव नेपाल समूह छुट्टै दल दर्ताको तयारी पुरा गर्दै निर्वाचन आयोगमा गएको थियो । शाक्यको मुख्यमन्त्रीमा नियुक्तिप्रति एकीकृत समाजवादी दल बनाउँदै गरेका नेताहरुको टिप्पणी थियो, ‘दुई दिनको रमझम हो, यसको कुनै अर्थ छैन ।’

नभन्दै शाक्यको कार्यकाल लामो हुन सकेन । सामान्यतया सरकार गठनको तीन महिनासम्मको अवधिलाई ‘हनिमुन पिरियड’ मानिन्छ । त्यो पनि पुरा गर्न नपाउँदै उनी बाहिरिनु परेको छ ।

मुख्यमन्त्रीका रुपमा शाक्यका चर्चा गर्नलायक उपलब्धी केही छैनन् । सरकार कसरी जोगाउने भन्ने चिन्तामै उनका ७१ दिन बिते । देशको पहिलो महिला मुख्यमन्त्रीको रेकर्ड राख्नेबाहेक सन्तोषको विषय अर्को भएन । यति छोटो अवधिमा कुनै महत्वपूर्ण उपलब्धी हासिल गर्न सम्भव पनि थिएन ।

राजीनामाअघि प्रदेशभामा सम्बोधन गर्दैगर्दा उनी स्वयम्ले पनि आफ्नो उपलब्धीका ठोस विवरण सुनाइनन् । फगत यति भनिन्, ‘समाजवादतर्फ यात्रा तय गर्न खाका कोरेकी छु ।’

आफ्नो संघर्षपूर्ण राजनीतिक जीवनमा सादगी छवि बनाएकी शाक्यले बुढेसकालमा मुख्यमन्त्रीका लागि सम्झौता गरेको भनेर आलोचना समेत भएको थियो । उनी नियुक्त हुँदै अल्पमतमा परेकी थिइन् । एमाले विभाजनसँगै पार्टीको हातबाट मुख्यमन्त्री फुत्किने आँकलसहित पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सजिलोसँग मुख्यमन्त्री त्यागेका थिए । त्यो शाक्यले नबुझ्ने कुरा थिएन । त्यति हुँदाहुँदै पनि अल्पकालीन मुख्यमन्त्री बन्न शाक्य किन लोभिइन् भन्ने प्रश्न उठेको थियो । यसको स्पष्ट जवाफ उनले दिन सकेकी छैनन् । अल्पकालीन सत्तामोहले उनको राजनीतिक प्रतिष्ठामै धक्का लागेको छ ।

माधव नेपाललाई साथ नदिएको सन्दर्भमा भने अरुले जस्तै आफू पार्टी विभाजनको विपक्षमा उभिएको भन्ने उनले जवाफ दिने गरेकी छिन् । जे होस्, अब शाक्य राजकीय जिम्मेवारीबाट मुक्ति भएकी छिन् र अब उनी पार्टीमै फर्किनुपर्ने छ ।

एमाले विभाजनका क्रममा माधव नेपालको साथ छोडेका १० नेताको समूहमा छिन् शाक्य । यो समूह अहिले पनि अध्यक्ष केपी ओलीको पेलाईमा छ । १० बुँदे सम्झौता अनुसार उनीहरुलाई पूर्ववत जिम्मेवारी दिन ओली इच्छुक छैनन् । तसर्थ यो पार्टीभित्र यो समुह कठिन अवस्थाबाट गुज्रिरहेको छ । न उनीहरु एमाले छोडेर हिँड्न सक्छन्, न एमालेमै उनीहरुलाई अनुकुल माहोल छ ।

एमाले भित्रको संघर्षका बेला शाक्य अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचकमध्येकी एक थिइन् । उनीसँग कुरा गर्दा घण्टौसम्म ओलीको आलोचनामा आफ्ना तर्कहरु पस्किन्थिन् । अब उनले अध्यक्ष ओलीसँगै सहकार्य गरेर पार्टीमा काम गनुपर्नेछ ।

यद्यपि उनको सुषुप्त असन्तुष्टि अहिले पनि प्रकट भइरहेको छ । यसले पटक-पटक अध्यक्ष ओलीसँग उनको मतभेद देखिएको छ । पार्टी एकताका लागि गरिएको १० बुँदे सम्झौता कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिएकी छन् । यसप्रति लक्षित गर्दै अध्यक्ष ओलीले ‘१० बुँदेको बाजा धेरै ट्याउ-ट्याउँ’ नबजाउन भनेका थिए ।

पार्टीका वडा र पालिका अधिवेसनलाई लिएर असन्तुष्टि जनाएकी छन् । विवाद नमिलेका ठाउँका वडा र पालिका अधिवेशन हतारमा गर्नुहुँदैन भन्ने उनको भनाइ छ । तर, ओलीले सबैतिर सहमति र सहमझदारीमा नेतृत्व चयन भएको भन्दै कुनै विवाद नरहेको दावी गरेका छन् ।

एकपटक एउटै मञ्चबाट भाषण गर्दा माधव नेपालका सन्दर्भमा शाक्य र ओलीका विपरित भनाइ आएका थिए । शाक्यले माधव नेपाललाई एमालेमा फर्किन आह्वान गरेकी थिइन् भने ओलीले नेपालको एमालेमा कुनै स्थान नरहेको बताएका थिए । यसप्रकार एमाले भित्र आगामी दिनमा शाक्यले जटिल परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...