pani-1786865868.jpg
Friday, 23 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

अष्टलक्ष्मीको निराश बहिर्गमनः अल्पकालीन मुख्यमन्त्रीमा लोभिँदा प्रतिष्ठामा धक्का

अनेपक्षित तवरले वागमती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यको सत्तायात्रा अल्पकालमै टुंगिएको छ । मुख्यमन्त्री बनेको ७१ दिनमा नै उनी राजीनामा दिएर हिँड्न वाध्य भइन् । उनको बर्हिगमन सँगै एमालेले तेस्रो प्रदेश सरकार गुमाएको छ ।

नेकपा (एमाले) विभाजनको डिलमै पुग्दासम्म माधव नेपाल समूहकी एक हस्ति थिइन् शाक्य । तर, मुख्यमन्त्रीको अफर आएपछि उनी गुट परिवर्तन गर्दै संस्थापन पक्षमा समाहित भइन् । शाक्य मुख्यमन्त्री त बनिन्, तर सपथग्रहण गरेकै दिनदेखि उनको दिनगन्ति सुरु भएको थियो । सत्ता लम्ब्याउने राजनीतिक उपाय नभेटेपछि कुनै अनैतिक कसरत नगरी उनले सहज अवतरण गरेकी छन् ।

शाक्य मुख्यमन्त्री बन्दाको राजनीतिक समिकरण रोचक थियो । तत्कालीन नेकपा हुँदा पार्टी संसदीय दल नेतामा चुनाव हराउनेले नै उनलाई मुख्यमन्त्री प्रस्तावित गरेका थिए । अनि, जसले पहिले मुख्यमन्त्रीमा उनलाई अगाडि नबढाएको भन्दै पार्टीमा विद्रोह गरे, शाक्यले उनीहरुको साथ छोडेकी थिइन् ।

एमाले र माओवादी गठवन्धनले देशव्यापी बहुमत पाएपछि मुख्यमन्त्रीको स्वभाविक दावेदार थिइन् शाक्य । वागमती प्रदेशको मुख्यमन्त्री एमालेले नै लिने भएपछि उनी नै बन्ने पक्का जस्तै थियो । तर, अन्तिम समयमा आएर अष्टलक्ष्मीविरुद्ध पार्टी संस्थापनबाट डोरमणि पौडेल खडा गरिए र उनी पराजित भइन् । पछि नेकपा विभाजनका कारण उत्पन्न जटिल राजनीतिक परिस्थितिमा उनको मुख्यमन्त्री बन्ने धोको पुरा भएको थियो ।

नेकपाको प्रारम्भिक विवाद नै शाक्य र आचार्यलाई मुख्यमन्त्री नबनाएको विषयमा थियो । माधव नेपालले यो विषयलाई निकै जोडदाररुपमा उठाएका थिए । तर, अन्तिममा नेपाललाई नै छोडेर उनीहरु मुख्यमन्त्री बन्ने परिस्थिति बन्यो । कतिपयले यसलाई ‘माधव नेपाल छोडे वापतको पुरस्कार’ भनेर समेत टिप्पणी गरेका थिए ।

शाक्य २ भदौमा डोरमणि पौडेलको राजीनामापछि मुख्यमन्त्री नियुक्त भएकी थिइन् । त्यही दिन एमालेको माधव नेपाल समूह छुट्टै दल दर्ताको तयारी पुरा गर्दै निर्वाचन आयोगमा गएको थियो । शाक्यको मुख्यमन्त्रीमा नियुक्तिप्रति एकीकृत समाजवादी दल बनाउँदै गरेका नेताहरुको टिप्पणी थियो, ‘दुई दिनको रमझम हो, यसको कुनै अर्थ छैन ।’

नभन्दै शाक्यको कार्यकाल लामो हुन सकेन । सामान्यतया सरकार गठनको तीन महिनासम्मको अवधिलाई ‘हनिमुन पिरियड’ मानिन्छ । त्यो पनि पुरा गर्न नपाउँदै उनी बाहिरिनु परेको छ ।

मुख्यमन्त्रीका रुपमा शाक्यका चर्चा गर्नलायक उपलब्धी केही छैनन् । सरकार कसरी जोगाउने भन्ने चिन्तामै उनका ७१ दिन बिते । देशको पहिलो महिला मुख्यमन्त्रीको रेकर्ड राख्नेबाहेक सन्तोषको विषय अर्को भएन । यति छोटो अवधिमा कुनै महत्वपूर्ण उपलब्धी हासिल गर्न सम्भव पनि थिएन ।

राजीनामाअघि प्रदेशभामा सम्बोधन गर्दैगर्दा उनी स्वयम्ले पनि आफ्नो उपलब्धीका ठोस विवरण सुनाइनन् । फगत यति भनिन्, ‘समाजवादतर्फ यात्रा तय गर्न खाका कोरेकी छु ।’

आफ्नो संघर्षपूर्ण राजनीतिक जीवनमा सादगी छवि बनाएकी शाक्यले बुढेसकालमा मुख्यमन्त्रीका लागि सम्झौता गरेको भनेर आलोचना समेत भएको थियो । उनी नियुक्त हुँदै अल्पमतमा परेकी थिइन् । एमाले विभाजनसँगै पार्टीको हातबाट मुख्यमन्त्री फुत्किने आँकलसहित पौडेल र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सजिलोसँग मुख्यमन्त्री त्यागेका थिए । त्यो शाक्यले नबुझ्ने कुरा थिएन । त्यति हुँदाहुँदै पनि अल्पकालीन मुख्यमन्त्री बन्न शाक्य किन लोभिइन् भन्ने प्रश्न उठेको थियो । यसको स्पष्ट जवाफ उनले दिन सकेकी छैनन् । अल्पकालीन सत्तामोहले उनको राजनीतिक प्रतिष्ठामै धक्का लागेको छ ।

माधव नेपाललाई साथ नदिएको सन्दर्भमा भने अरुले जस्तै आफू पार्टी विभाजनको विपक्षमा उभिएको भन्ने उनले जवाफ दिने गरेकी छिन् । जे होस्, अब शाक्य राजकीय जिम्मेवारीबाट मुक्ति भएकी छिन् र अब उनी पार्टीमै फर्किनुपर्ने छ ।

एमाले विभाजनका क्रममा माधव नेपालको साथ छोडेका १० नेताको समूहमा छिन् शाक्य । यो समूह अहिले पनि अध्यक्ष केपी ओलीको पेलाईमा छ । १० बुँदे सम्झौता अनुसार उनीहरुलाई पूर्ववत जिम्मेवारी दिन ओली इच्छुक छैनन् । तसर्थ यो पार्टीभित्र यो समुह कठिन अवस्थाबाट गुज्रिरहेको छ । न उनीहरु एमाले छोडेर हिँड्न सक्छन्, न एमालेमै उनीहरुलाई अनुकुल माहोल छ ।

एमाले भित्रको संघर्षका बेला शाक्य अध्यक्ष केपी शर्मा ओलीको कटु आलोचकमध्येकी एक थिइन् । उनीसँग कुरा गर्दा घण्टौसम्म ओलीको आलोचनामा आफ्ना तर्कहरु पस्किन्थिन् । अब उनले अध्यक्ष ओलीसँगै सहकार्य गरेर पार्टीमा काम गनुपर्नेछ ।

यद्यपि उनको सुषुप्त असन्तुष्टि अहिले पनि प्रकट भइरहेको छ । यसले पटक-पटक अध्यक्ष ओलीसँग उनको मतभेद देखिएको छ । पार्टी एकताका लागि गरिएको १० बुँदे सम्झौता कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिएकी छन् । यसप्रति लक्षित गर्दै अध्यक्ष ओलीले ‘१० बुँदेको बाजा धेरै ट्याउ-ट्याउँ’ नबजाउन भनेका थिए ।

पार्टीका वडा र पालिका अधिवेसनलाई लिएर असन्तुष्टि जनाएकी छन् । विवाद नमिलेका ठाउँका वडा र पालिका अधिवेशन हतारमा गर्नुहुँदैन भन्ने उनको भनाइ छ । तर, ओलीले सबैतिर सहमति र सहमझदारीमा नेतृत्व चयन भएको भन्दै कुनै विवाद नरहेको दावी गरेका छन् ।

एकपटक एउटै मञ्चबाट भाषण गर्दा माधव नेपालका सन्दर्भमा शाक्य र ओलीका विपरित भनाइ आएका थिए । शाक्यले माधव नेपाललाई एमालेमा फर्किन आह्वान गरेकी थिइन् भने ओलीले नेपालको एमालेमा कुनै स्थान नरहेको बताएका थिए । यसप्रकार एमाले भित्र आगामी दिनमा शाक्यले जटिल परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg