pani-1786865868.jpg
Saturday, 24 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

अव्यवस्थित सडक र पार्किङ्गले थाहा नगरको सुन्दरता हरायो
विपना गोपाली/सपना गोपाली

त्रिभुवन राजपथको थाहानगर क्षेत्रको सडक पेटीमा अव्यवस्थित पार्कि· गर्दार् आवगमनमा समस्या भईरहदा पनि सरोकारवाला निकाय मौन देखिएका छन् । त्रिभुवन राजपथको यस खण्डमा गरिने पार्किङ्गका   कारण नगरको सुन्दरता सुन्दरता समेत घटाएको छ । सिंगललेनको त्रिभुवन राजपथ सडक पेटीमा गरिएका अव्वस्थित पार्की·का कारण बजार क्षेत्रमा सवारी आवत जावतमा समेत समस्या आएको छ । थाहा नगरको शिखरकोट देखि ओखरबजार क्षेत्रमा  सवारी पार्किङ्ग गर्नाले सडक जाम भई अधिकांश स्थानमा सडक भासिएको छ । शिखरकोट बजार क्षेत्रमा हुने जथाभावी पार्किङ्गले बजार क्षेत्रको सुन्दरता घटाएको छ । अव्वस्थित पार्कि·का कारण सडक जाम हुने गरेको छ । काठमाडौ तथा हेटौंडा आवत जावतका लागि नारायाणी यातायात व्यावासायी संघको माईक्रो तथा वस र थाहा यातायात प्रा.लि. को सुमो शिखरकोटबाट छुट्ने भएकाले सो समयमा त झन भएका अव्वस्थित पार्किङ्गका कारण गाडी छुटाउन गाह्रो हुने यातायात चालकको गुनासो छ । यस क्षेत्रमा पार्किङ्ग गरिएका साधन मध्ये टूक तथा टि्रफर धेरै देखिन्छन् । 
    पछिल्लो समय व्यस्त बन्दै भएको थाहानगरको बजार क्षेत्रमा भएका अव्यवस्थित पार्किङ्ग नियन्त्रण गरि बजार सुन्दर र आवगमनमा सहज बनाउने कुरा उठेको त धेरै भयो तर कार्यान्वयन नहुँदा समस्या जिउँका तिउ छ । थाहानगरपालिकाको थानाबजार क्षेत्रमा बसपार्क बनाउन स्थान छनोट गरिएको लामो समय भयो तर वसपार्क अझ सम्म बन्न सकेको छैन । साथै बजारमा गरिने अव्यवस्थित पार्किङले नगरको सुन्दरता मात्र घटाएको हैन की व्यवसायमा पनि प्रत्यक्ष असर परेको थाहा नगरपालिकाका स्थानिय व्यापारिहरु बताउछन् । सानो सडक सडकमा पनि त्रि्र गतिमा सवारीको चाप अनी अव्यवस्थित मोटर साइकल तथा    सवारी साधनहरु पार्कीङको कारण एक त पैदलयात्रीलाई गन्तव्यमा पुग्न कठिनाई हुनुको एक असर त छदै छ झन वजारको सुन्दरता अनी व्यवसायमा समेत असर पुगेको छ । साथै नगरको सिमभञ्ज्याङ क्षेत्र देखि ओखरबजार सम्मको क्षेत्रमा अव्यवस्थित घर          टहराहरु पनि बनेको उक्त निर्माण कार्यमा सरोकारवाला नगरपालिका मौन रहेको छ । साँघुरो सडक किनारामा गरिने पार्किङ त एउटा समस्या छ नै, सडक पेटीमा ठेला तथा फुटपाथ बजार राख्नाले अर्को समस्या थपेको छ । फुटपाथ बजार र ठेला राख्ने विषयमा नगरले चासो राखे ता पनि नगरपालिकाले निरन्तरता नदिदा यो समस्या आएको स्थानिय व्यापारि तथा जन गुनासो रहेको छ ।

    थाहा नगरपालिका त्रिभुवन राजपथ क्षेत्रमा अव्यवस्थित पार्किङ, बजारमा घर टहरा थप्ने, पालि गास्ने अनि निर्माण सामाग्रीहरु सडकमा नै छोडने कारण बजारको सुन्दरता ह्रास हुने त छदैंछ त्यसको कारण दर्ुधटना पनि बढने गरेको छ । 

    वसपार्कको व्यवस्था नभएका कारण र्सार्वजनिक यातायातले यात्रु सडकमै चढाउने र आराल्ने गर्नु परेको र ट्रकहरु सडक किनारमै पार्कि· बढेको स्वीकार गर्दै सरोकारवाला निकाय सँग समन्वय गरि समस्या समाधान गर्नेर् इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरिक्षक विरेन्द्र कुमार पासवानले बताउनु भयो ।  
    थाहा नगरपालिकाका उप-प्रमूख खड्ग गोपालीले बस पार्क राख्ने स्थान खोजी     भईरहेको र नगरपालिकाले तदारुकताका साथ स्थान पहिचान गरि बसपार्क निर्माण गरे पश्चात यी सबै समस्याको समाधान हुने बताए ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg