pani-1786865868.jpg
Monday, 17 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

अविरल बर्षाका कारण थाहानगरका भित्रि सडक अवरुद्

pani-1625214614.jpg

अविरल परेको बर्षाका कारण थाहानगरका भित्रि सडकहरु भत्कदा यातायात अवरुद्ध भएको छ ।

थाहाको २ नम्बर वडाबाट मुख्य सडक जोड्ने सडकको भुङ्दाल खोला, त्रिवेणीखोला, र संखमुल खोलाका सडक बगाउँदा सडक सम्पर्क बिच्छेद भएको फाटबजारबाट माधब कार्कीले जानकारी दिनुभयो  ।

तेस्तै थाहा ७ को देउराली चिसापानी देउखेल चल्ति सडक खण्डको ३ ठाउँमा पैरोले सडक अवरुद्ध भएको वडा अध्यक्ष सनमसिं मुक्तानले बताउनुभयो ।उहाँले पैरोको जोखिममा रहेका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सर्न अनुरोध गर्नुभयो ।

लगातार आएको बर्षा र बाढिका कारण थाहा  ८ नम्बर वडाका सडकहरु भत्कदा यातायात संचालनमा कठिनाइ भएको थाहा ८ का वडा अध्यक्ष टीकाराम रुम्बाले बताउनुभयो ।

उहाँले दामगडे महादेवेसी सडक खण्डका धेरै ठाउँमा पैरोले सडक भत्काउदा उक्त सडक संचालन गर्न समय लाग्ने बताउनुभयो ।रुम्बाले बाढिले खेत बारीहरु समेत बगाएको बताउनुभयो ।

दामन डाडाबास सडक खण्डको भुङ्दालमा बाढिले सडक भत्काउदाँ साना सवारीसाधन मात्रै आवतजावत गर्न सक्ने अवस्था छ । भने सोहि सडकको घलेपाखा क्षेत्रमा ३ स्थानमा गएको पैरोका कारण सडक पुर्ण रुपमा दम्कि डाडाबास सडक अवरुद्ध भएको छ ।थाहा ११ का अध्यक्ष किरणमान बलले वडाका भित्री सडक हरुमा सामान्य क्षति भएको खोला तर्नुपर्ने खोलाहरुमा सडक बगाउँदा यातायात अवरुद्ध भएको बताउनुभयो ।
बिपतको समयमा सुरक्षित स्थानमा बस्न र कुनै समस्या आएमा वडा कार्यालयमा सम्पर्क राख्न अध्यक्ष बलले अनुरोध गर्नुभयो ।उहाँले वडा कार्यालय बिपतको समयमा आवश्यक पुर्व तयारीका सामग्री रहेको समेत बताउनुभयो ।

बर्षा र बाढीले थाहा नगरको भित्रि सडकहरुमा यातायात अवरुद्ध भएतापनि त्रिभुवन राजपथ भने संचालनमा रहेको इलाका प्रहरी कार्यालय पालुङले बताएको छ ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...