Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

अमेरीकामा जारी FabOver40 प्रतियोगिताको शिर्ष दशमा नेपाली महिला रोजिना रंजित

IMG-37134f4f798e062ac0bc5-1731331066.jpg

स्तन क्यान्सर बाट प्रभावित हरुको पहिचान र तिनको लागि सहयोग,शिक्षा र अन्य सेवा प्रदान गर्ने उद्देश्य सहित संयुक्त राज्य अमेरीकामा जारी FabOver40 प्रतियोगिताको शिर्ष दशमा नेपाली महिला रोजिना रंजित पर्न सफल भएकी छिन।
National Breast Cancer Foundation, INC द्वारा सुरु गरिएको प्रतियोगितामा विभिन्न चरणहरु पार गर्दै रंजीत उत्कृष्ट दशमा पर्न सफल भएकी हुन।
रोजिना अमेरीकामा नेपाल र नेपालीको प्रतिनिधित्व गर्ने एकमात्र प्रतियोगी रहेको आयोजकको भनाइ रहेको छ।
प्रतियोगितामा रोजिनाको यात्रा उनको बल, सहनशीलता, र उनका साथी नेपालीहरू र विश्वभरका समर्थकहरूको अटल समर्थनको प्रमाण रहेको आयोजकको बिश्वास रहेको छ।
उनलाइ मतदान पौष ४, २०८१ (१९ डिसेम्बर) सम्म गर्न सकिने छ। भोट गर्न दैनिक निःशुल्क दिन सकिने   छ । हरेक मतले महत्त्व राख्छ र उनलाई विजयको एक कदम नजिक पुर्याउँछ । हामी सबै मिलेर रोजिनालाई समर्थन गरौं, उनको यो जित राष्ट्रिय गर्व र महिला सशक्तिकरण को नयाँ आयम हुने छ ।
रोजिना संयुक्त राज्य अमेरिकामा बसाइँ सर्नु अघि नेपालका विभिन्न बैंकहरूमा काम गरेकी थिइन् । उनले आफ्नो विद्यालय र उच्च विद्यालय शिक्षा सिद्धार्थ वनस्थली इन्स्टिच्युटबाट पूरा गरिन्, पद्म कन्या बहुमुखी कलेजबाट स्नातक डिग्री प्राप्त गरिन् र चेन्नई भारतबाट  चार्टर्ड एकाउन्टेन्ट कोर्से पुरा गरिन् । अहिले उनी बोस्टन, संयुक्त राज्य अमेरिकामा बस्दैछिन् र एक सफ्टवेयर कम्पनीमा लेखा विभागमा काम गर्दैछिन् र Personal Financing पनि गर्दैछिन् ।
तपाईंले विश्वको जुनसुकै ठाउँबाट हरेक २४ घण्टामा एक पटक निःशुल्क मत दिन सक्नुहुन्छ। भोट गर्न तलको लिंकमा गएर  https://votefab40.com/2024/rojina-ranjit
तपाईको सानो योगदानले उनको यात्रामा ठूलो फरक पार्न सक्छ। तपाईले उनलाई फेसबुकमा पनि फलो गर्न सक्नुहुन्छ । https://www.facebook.com/rojna.ranjit 
हामी सबै मिलेर रोजिना रंजितलाई  FabOver40 प्रतियोगिता जित्न सहयोग गरौं । सँगै, हामी उनको सपना साकार पार्न सक्छौं र हाम्रो राष्ट्रलाई गर्व दिलाउन सक्छौं ।

अन्य जानकारीको लागि तलको क्युआर स्क्यान गर्नुहोस।

 

IMG-51a9fc76bcba46404109c-1731339824.jpg
ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...