jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

अपर मादी खोला आयोजना निर्माणका लागि ६ वटा बैंक र अन्नपूर्ण पावर कम्पनीबीच लगानी सम्झौता

1733236707850-1733236824.jpg

कास्कीको मादी गाउँपालिकामा निर्माण हुने ४३ मेगावाटको अपर मादी–० खोला आयोजनामा ६ वटा बैंकले लगानी गर्ने भएका छन् । सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाई र ग्लोबल आइएमई बैंकको सह–अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एस. बि. आई. बैंक र माछापुच्छ्रे बैंकले लगानी गर्ने भएका हुन् । आयोजना निर्माणका लागि यी ६ बैंकले पाँच अर्ब ६८ कराेड रुपैयाँ ऋण लगानी गर्नेछन् । ऋण लगानी सम्झौतामा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आयोजना प्रवर्द्धक कम्पनी अन्नपूर्ण पावर कम्पनी र बैंकबीच हस्ताक्षर भएको छ । हस्ताक्षर गरिएकाे सम्झाैतापत्र कम्पनीका तर्फबाट सिइओ वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेले र बैंकहरुकातर्फबाट अगुवा बैंक सिटिजन्स बैंकका डेपुटी सिइओ राजेन्द्रलाल श्रेष्ठले ‘एक्स्चेन्ज’ गरेका छन् । अन्नपुर्ण पावर कम्पनीका अध्यक्ष सबु काेइरालाकाे अध्यक्षता रहेकाे कार्यक्रममा सांसदहरु डा. स्वर्णिम वाग्ले, डा. चन्द्र भण्डारी, मनबहादुर गुरुङ, जीवन परियार सहभागी थिए । त्यसैगरी सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्र राज ढकाल, विद्युत नियमन आयोगका अध्यक्ष इ.डा.रामप्रसाद धिताल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, अन्नपुर्ण पावर कम्पनीका सञ्चालक शिला काेइराला लगायत बैंकका प्रतिनिधिहरु सहभागी भएका थिए । आयोजनाको लागत आठ अर्ब १२ करोड अनुमान गरिएको छ । आयोजना निर्माणका लागि सिटीजन्स बैंकले एक अर्ब ५० करोड, ग्लोबल आइएमई बैंकले एक अर्ब २३ करोड, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब, लक्ष्मी सनराइज बैंकले ८५ करोड, नेपाल एसविआइ बैंकले ६० करोड र माछापुच्छ्रे बैंकले ५० करोड लगानी गर्नेछन् । ३० प्रतिशत स्वपुँजी प्रवर्द्धकहरुबाट जुटाइनेछ । आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको अन्नपूर्ण पावर कम्पनीले जनाएको छ 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...