jkmv-1751210245.jpg
Wednesday, 09 Jul, 2025
chayerog-1733658794.png

समाचार

अपर मादी खोला आयोजना निर्माणका लागि ६ वटा बैंक र अन्नपूर्ण पावर कम्पनीबीच लगानी सम्झौता

1733236707850-1733236824.jpg

कास्कीको मादी गाउँपालिकामा निर्माण हुने ४३ मेगावाटको अपर मादी–० खोला आयोजनामा ६ वटा बैंकले लगानी गर्ने भएका छन् । सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाई र ग्लोबल आइएमई बैंकको सह–अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एस. बि. आई. बैंक र माछापुच्छ्रे बैंकले लगानी गर्ने भएका हुन् । आयोजना निर्माणका लागि यी ६ बैंकले पाँच अर्ब ६८ कराेड रुपैयाँ ऋण लगानी गर्नेछन् । ऋण लगानी सम्झौतामा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आयोजना प्रवर्द्धक कम्पनी अन्नपूर्ण पावर कम्पनी र बैंकबीच हस्ताक्षर भएको छ । हस्ताक्षर गरिएकाे सम्झाैतापत्र कम्पनीका तर्फबाट सिइओ वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेले र बैंकहरुकातर्फबाट अगुवा बैंक सिटिजन्स बैंकका डेपुटी सिइओ राजेन्द्रलाल श्रेष्ठले ‘एक्स्चेन्ज’ गरेका छन् । अन्नपुर्ण पावर कम्पनीका अध्यक्ष सबु काेइरालाकाे अध्यक्षता रहेकाे कार्यक्रममा सांसदहरु डा. स्वर्णिम वाग्ले, डा. चन्द्र भण्डारी, मनबहादुर गुरुङ, जीवन परियार सहभागी थिए । त्यसैगरी सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्र राज ढकाल, विद्युत नियमन आयोगका अध्यक्ष इ.डा.रामप्रसाद धिताल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, अन्नपुर्ण पावर कम्पनीका सञ्चालक शिला काेइराला लगायत बैंकका प्रतिनिधिहरु सहभागी भएका थिए । आयोजनाको लागत आठ अर्ब १२ करोड अनुमान गरिएको छ । आयोजना निर्माणका लागि सिटीजन्स बैंकले एक अर्ब ५० करोड, ग्लोबल आइएमई बैंकले एक अर्ब २३ करोड, राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब, लक्ष्मी सनराइज बैंकले ८५ करोड, नेपाल एसविआइ बैंकले ६० करोड र माछापुच्छ्रे बैंकले ५० करोड लगानी गर्नेछन् । ३० प्रतिशत स्वपुँजी प्रवर्द्धकहरुबाट जुटाइनेछ । आयोजना चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको अन्नपूर्ण पावर कम्पनीले जनाएको छ 

khanepani-bord-1751210588.jpg
514409843_162648092470807-1751608211.jpg

world-link-1690434568.jpg
चित्लाङ थानकोट सडकको विभिन्न स्थानमा पहिरो
FB_IMG_1752030958992-1752031110.jpg

मंगलबार राति (बुधबार बिहान) भएको भारी वर्षापछि थानकोट-चित्लाङ सडकको चन्द्रागिरि खण्डमा पहिरो गएको छ । सो सडक...

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समितिको अध्यक्षमा सुष्मा केसी
FB_IMG_1751901276441-1751901530.jpg

मकवानपुर, थाहा । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानको थाहा नगर समिति गठन गरिएको छ । शनिबार थाहा...

थाहा नगरको किटेनीमा चोरी, तीन जना पक्राउ
FB_IMG_1751894445637-1751894499.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका वडा नं. ४ किटेनीस्थित बलराम के.सी. र बासुदेव के.सी.को घरमा दिनदहाडै डाँका चोरीको...

थाहाको अक्सिजन प्लान्ट खरिदमा अनियमितता भएको भन्दै ६ जना बिरुद्ध अख्तियार द्वारा बिशेष अदालतमा मुद्दा दायर
DSCN4807-1751852915.JPG

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुर जिल्ला, थाहा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हरिलाल...

इन्द्रायणी माध्यमिक विद्यालय, मोरियामा कक्षा ११ मा भर्ना खुला
FB_IMG_1751732758749-1751732773.jpg

थाहा, मकवानपुर — थाहा नगरपालिका–८, मोरियामा अवस्थित इन्द्रायणी माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२/८३ देखि...

हेटौडामा टिभिएसको 'मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया'
FB_IMG_1751551177109-1751636175.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको मनसुन प्लान्टेसन...

प्राथमिक स्वाथ्य केन्द्र पालुङलाई वाइसीएल थाहाको ध्यानाकर्षण
FB_IMG_1751552553237-1751553175.jpg

थाहा, मकवानपुर । योङ कम्युनिस्ट लिग (वाईसिएल), नेपाल थाहा नगर कमिटीले थाहा नगरपालिका–४ दोबाटो स्थित पालुङ...

हेटौंडामा टिभिएसको विशेष सर्भिस क्याम्प हुँदै
FB_IMG_1751551177109-1751551439.jpg

मकवानपुर । टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको बिशेष मनसुन...