pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

खेल

अन्तर वडा फुटबल प्रतियोगिताको उपाधि ९ नम्बर वडाले चुम्यो

bijayi-1671886696.jpg

 मकवानपुर थाहा नगरस्तरीय अन्तर वडा फुटबल प्रतियोगितामा ९ नम्बर वडा च्याम्पियन बनेको छ । थाहा नगरपालिका वडा नम्बर ९ ले वडा नम्बर ४ लाई १–० गोल अन्तरले पछिपार्दै उपाधि चुमेको हो । उपाधि चुमेसंगै ९ नम्बर वडाले नगद ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । उपविजेता थाहा नगरपालिका वडा नम्बर ४ ले नगद १५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । वडा नम्बर २ र ३ ले सान्त्वनाको रुपमा नगद ५÷५ हजार रुपियाँ पुरस्कार पाएका छन् । प्रतियोगितामा थाहा नगरपालिका वडा नम्बर ९ का गोल रक्षक रुपेश बलामी उत्कृष्ट गोल रक्षक घोषित हुँदा ९ नम्बर वडाकै सरोज रेग्मी सर्वाधिक गोलकर्ता घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भने वडा नम्बर ४ का सुजन पाख्रिन घोषित भए । उनीहरुलाई ट्रफी पाएका छन् । प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई थाहानगर प्रमुख विष्णु विष्टले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । थाहा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा थाहानगर खेलकुद विकास समितिका सदस्य राजकुमार बलामीको सभाध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रमको विशेष अतिथी नगर उपप्रमुख भरत गोपाली रहेका थिए ।

कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपाली, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, नगर खेलकुद विकास समितिका सदस्य यादवजंग रायमाझी, बच्चुराम केसीलगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रमको विजेता तथा उपविजेताहरुलाई अतिथीहरुले बधाई दिएका थिए ।

५ पुसबाट शुरु भएको प्रतियोगितामा वडा नम्बर ५ ले टिम दर्ता नै गरेन भने वडा नम्बर ८ टिम दर्ता गरेपनि प्रतियोगितामा सहभागी नभएपछि १२ मध्ये १० वटा मात्र वडाको टिम प्रतियोगितामा सहभागी भएको खेलकुद विकास समिति थाहानगरका सदस्य यादवजंग रायमाझीले जानकारी दिए । स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्दै यहि २६ पुसबाट थाहानगरमा संचालन हुने थाहा गोल्डकपका लागि खेलाडी छनोटका लागि वार्षिक क्यालेण्डर अनुसार प्रतियोगिताको आयोजना गरिएको थाहा नगरपालिका सामाजिक विकास अधिकृत अनिल लामिछानेले जानकारी दिए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg