pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

अन्तर वडा फुटबल प्रतियोगिताको उपाधि ९ नम्बर वडाले चुम्यो

bijayi-1671886696.jpg

 मकवानपुर थाहा नगरस्तरीय अन्तर वडा फुटबल प्रतियोगितामा ९ नम्बर वडा च्याम्पियन बनेको छ । थाहा नगरपालिका वडा नम्बर ९ ले वडा नम्बर ४ लाई १–० गोल अन्तरले पछिपार्दै उपाधि चुमेको हो । उपाधि चुमेसंगै ९ नम्बर वडाले नगद ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । उपविजेता थाहा नगरपालिका वडा नम्बर ४ ले नगद १५ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र पुरस्कार पाएको छ । वडा नम्बर २ र ३ ले सान्त्वनाको रुपमा नगद ५÷५ हजार रुपियाँ पुरस्कार पाएका छन् । प्रतियोगितामा थाहा नगरपालिका वडा नम्बर ९ का गोल रक्षक रुपेश बलामी उत्कृष्ट गोल रक्षक घोषित हुँदा ९ नम्बर वडाकै सरोज रेग्मी सर्वाधिक गोलकर्ता घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भने वडा नम्बर ४ का सुजन पाख्रिन घोषित भए । उनीहरुलाई ट्रफी पाएका छन् । प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई थाहानगर प्रमुख विष्णु विष्टले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । थाहा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष तथा थाहानगर खेलकुद विकास समितिका सदस्य राजकुमार बलामीको सभाध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापन कार्यक्रमको विशेष अतिथी नगर उपप्रमुख भरत गोपाली रहेका थिए ।

कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष हेरमान गोपाली, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछाने, नगर खेलकुद विकास समितिका सदस्य यादवजंग रायमाझी, बच्चुराम केसीलगायतकाको आतिथ्यता रहेको थियो । कार्यक्रमको विजेता तथा उपविजेताहरुलाई अतिथीहरुले बधाई दिएका थिए ।

५ पुसबाट शुरु भएको प्रतियोगितामा वडा नम्बर ५ ले टिम दर्ता नै गरेन भने वडा नम्बर ८ टिम दर्ता गरेपनि प्रतियोगितामा सहभागी नभएपछि १२ मध्ये १० वटा मात्र वडाको टिम प्रतियोगितामा सहभागी भएको खेलकुद विकास समिति थाहानगरका सदस्य यादवजंग रायमाझीले जानकारी दिए । स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्दै यहि २६ पुसबाट थाहानगरमा संचालन हुने थाहा गोल्डकपका लागि खेलाडी छनोटका लागि वार्षिक क्यालेण्डर अनुसार प्रतियोगिताको आयोजना गरिएको थाहा नगरपालिका सामाजिक विकास अधिकृत अनिल लामिछानेले जानकारी दिए ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...