Wednesday, 22 Mar, 2023
335140840_224188210104926-1678630254.jpg

समाचार

अनुदानलाई उपलब्धीमुलक बनाउन ब्यक्तीमा होइन समुहमा लगानी गरिनेछ ः मुख्यमन्त्री जम्कट्टेल

FB_IMG_1678548780066-1678548867.jpg

हेटौंडा, २७ फागुन
 वाग्मती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले वाग्म्ती प्रदेशको कृषि क्षेत्रमा गरेको लगानी उपलब्धीमुलक बनाउन समुहमा लगानी गर्ने बताउनुभएको छ । उहाँले आज हेटौंडामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती , नेपाल राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी संगठन महासंघ र प्रगतिशिल स्वास्थ्यकर्मी महासंघको संयुक्त भेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 
 कार्यक्रममा बोल्दै उहाँले बिगतमा प्रदेश सरकारले गरेको लगानीले जनजिवनमा प्रभाब परेको नदेखिएकोले यसपटक भने समुह वा वडालाई नै पकेट क्षेत्र बनाएर कृषिमा लगानी गर्ने उहाँले जनाउनुभयो । प्रदेश सरकारले हरेकक्षेत्रमा उपलब्धीमुलक कार्य गर्नको लागि निर्माण क्षेत्रमा पनि साना लगानी भन्दा ठुला आयोजनाहरुमा लगानी गरेर जनताले महशुस गर्न सक्ने विकास निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । कर्मचारीहरुको बिषयमा बोल्दै उहाँले कर्मचारी संगठनहरुले बिषय र योजना बनाउदा करार र अस्थाई कर्मचारीहरुको पनि हकहितको बिषय समेट्न उहाँले आग्रह गर्नुभयो । उहाँले तल्लो दर्जाको कर्मचारीको हकहितको बिषयमा पनि गम्भिर बन्न सुझाउनुभयो ।
 कर्मचारीहरुको समग्र समस्या समाधानको लागि र कर्मचारीलाई सेवाग्रहीप्रती थप उत्तरदायी बनाउन प्रदेश सरकारले गर्नुपर्ने कामको बिषयहरुमा सुझाबदिन समेत उहाँले कर्मचारीहरुलाई नै आग्रह गर्नुभयो । कर्मचारीहरुले पनि सरकारलाई सफल बनाउन लागिपर्नुपर्ने उहाँको भनाई थियो । 
मुख्यमन्त्री जम्कट्टेलले नेकपा एमालेसंगको गठबन्धन टुट्नुमा एमाले अध्यक्ष केपी शर्मा ओली जिम्मेवार रहनुभएको आरोप लगाउनुभएको छ । उहाँको अनुसार शान्तिप्रक्रिया टुंगोमा पु¥याउने मुद्धा ओलीले वास्ता नगरेको कारण सम्बन्ध चिस्सिएको हो । बाहिर हेर्दा राष्ट्रपती पदको मात्र मुद्धा जस्तो देखिएपनि भित्रीरुपमा शान्तिप्रक्रियाको बिषयमा कुरा नमिलेको उहाँको भनाई रहेको छ ।
 नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष राजु अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेश सांसद प्रेम बहादुर पुलामी, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रिय अध्यक्ष हरीबहादुर रावल, केन्द्रिय सदस्य बसन्तराज गौतम लगाएतले मन्तब्य दिनुभएको थियो ।

nepalaya-copy-1675152884.jpg
nea-palung-final-1672828542.jpg

viber_image_2022-09-27_22-1664340402.jpg
pp-1678891142.jpg
ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने
FB_IMG_1679407356382-1679407812.jpg

ललितपुरमा कोरोना रोग प्रतिरोधात्मक क्षमता बढाउन बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ। स्वास्थ्य कार्यालय...

दोश्रो संस्करणको सहिद सुनिता स्मृति जिल्ला स्तरीय भलिवल चैत १५ देखि।
FB_IMG_1679379064831-1679411596.jpg

सहिद सुनिता स्मृति प्रतिष्ठानको आयोजनामा दोश्रो सुनिता स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता २०७९ चैत १५ देखि...

पाँच करोडको ठेक्कामा बदमासी, त्रिभुवनराजपथ सडकमा अक्सपाल पिच गर्दा सुरुबाटनै त्रुटी
FB_IMG_1679405812066-1679405823.jpg

हेटौंडाबाट काठमाण्डौंं पुग्ने त्रिभुवनराजपथ अन्तरगत अघोरसिमभन्ज्याङ सडक खण्डमा ६ किलोमिटर सडकमा अक्सपाल पिच...

श्रीमान जीउँदै,१५ महिना बिधवा भत्ता झ्वाम!
FB_IMG_1679380684988-1679380700.jpg

रामेछापका एक महिलाले श्रीमान् जीवित हुँदै एकल महिला भत्ता बुझिरहेको पाइएको छ। जिल्लाको मन्थली नरपालिका–३,...

मकवानपुर क्याम्पसमा अखिल क्रान्तिकारीको उदय,विद्यार्थीको असल साथी बन्ने लामाको प्रतिबद्धता
FB_IMG_1679325580098-1679325592.jpg

मकवानपुरकै सबै भन्दा ठूलो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको स्ववियुको नेतृत्वमा अखिल क्रान्तिकारीका नेता ,...

जनकल्याणमा गड्यौला खेती सम्बन्धि अभिमुखिकरण ।
IMG_20230320_121941_095-1679323693.jpg

थाहा नगरपालिका स्थित जनकल्याण माबिले "फोहोर व्यवस्थापनमा गड्यौला पालन,कृषि अध्ययनको अपरिहार्यता र प्राप्त...

थाहा ६, मा एकजना  महिला मृत अबस्थामा फेला,
death-5a55b7b17b1be3.3913-1679316212.jpg

थाहा नगरपालिका ।  मकवानवपुरको थाहा नगरपालिका ६ सरस्वती बजारमा एकजना  महिला मृत अबस्थामा फेला परेको प्रहरीले...

दामनमा व्यवसायिक सिप बिकास तालिमको सुरुवात
FB_IMG_1679308100643-1679308122.jpg

च्वाईस ह्युम्यानिटेरिएन नेपाल (CHOICE Humanitarian Nepal) को आयोजनामा चैत६ गते थाहा नगरपालिकाको पर्यटकीय स्थान दामनमा...

बागमती प्रदेश स्तरीय सहकारी दिवश मनाउन समिति गठन
FB_IMG_1679229538592-1679229556.jpg

हेटौंडा, ०५ चैत्र/बागमती प्रदेशमा ६६ औं राष्ट्रिय सहकारी दिवश २०७९ मनाउन एक हजार एक सदस्यीय प्रदेश स्तरीय मूल...