jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

अनुदानलाई उपलब्धीमुलक बनाउन ब्यक्तीमा होइन समुहमा लगानी गरिनेछ ः मुख्यमन्त्री जम्कट्टेल

FB_IMG_1678548780066-1678548867.jpg

हेटौंडा, २७ फागुन
 वाग्मती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले वाग्म्ती प्रदेशको कृषि क्षेत्रमा गरेको लगानी उपलब्धीमुलक बनाउन समुहमा लगानी गर्ने बताउनुभएको छ । उहाँले आज हेटौंडामा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती , नेपाल राष्ट्रिय कर्मचारी संगठन, कर्मचारी संगठन महासंघ र प्रगतिशिल स्वास्थ्यकर्मी महासंघको संयुक्त भेलाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । 
 कार्यक्रममा बोल्दै उहाँले बिगतमा प्रदेश सरकारले गरेको लगानीले जनजिवनमा प्रभाब परेको नदेखिएकोले यसपटक भने समुह वा वडालाई नै पकेट क्षेत्र बनाएर कृषिमा लगानी गर्ने उहाँले जनाउनुभयो । प्रदेश सरकारले हरेकक्षेत्रमा उपलब्धीमुलक कार्य गर्नको लागि निर्माण क्षेत्रमा पनि साना लगानी भन्दा ठुला आयोजनाहरुमा लगानी गरेर जनताले महशुस गर्न सक्ने विकास निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । कर्मचारीहरुको बिषयमा बोल्दै उहाँले कर्मचारी संगठनहरुले बिषय र योजना बनाउदा करार र अस्थाई कर्मचारीहरुको पनि हकहितको बिषय समेट्न उहाँले आग्रह गर्नुभयो । उहाँले तल्लो दर्जाको कर्मचारीको हकहितको बिषयमा पनि गम्भिर बन्न सुझाउनुभयो ।
 कर्मचारीहरुको समग्र समस्या समाधानको लागि र कर्मचारीलाई सेवाग्रहीप्रती थप उत्तरदायी बनाउन प्रदेश सरकारले गर्नुपर्ने कामको बिषयहरुमा सुझाबदिन समेत उहाँले कर्मचारीहरुलाई नै आग्रह गर्नुभयो । कर्मचारीहरुले पनि सरकारलाई सफल बनाउन लागिपर्नुपर्ने उहाँको भनाई थियो । 
मुख्यमन्त्री जम्कट्टेलले नेकपा एमालेसंगको गठबन्धन टुट्नुमा एमाले अध्यक्ष केपी शर्मा ओली जिम्मेवार रहनुभएको आरोप लगाउनुभएको छ । उहाँको अनुसार शान्तिप्रक्रिया टुंगोमा पु¥याउने मुद्धा ओलीले वास्ता नगरेको कारण सम्बन्ध चिस्सिएको हो । बाहिर हेर्दा राष्ट्रपती पदको मात्र मुद्धा जस्तो देखिएपनि भित्रीरुपमा शान्तिप्रक्रियाको बिषयमा कुरा नमिलेको उहाँको भनाई रहेको छ ।
 नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका अध्यक्ष राजु अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेश सांसद प्रेम बहादुर पुलामी, नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका केन्द्रिय अध्यक्ष हरीबहादुर रावल, केन्द्रिय सदस्य बसन्तराज गौतम लगाएतले मन्तब्य दिनुभएको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...