Thursday, 09 May, 2024
समाचार

अधिकारीको नेतृत्वमा अकोराव मकवानपुर

FB_IMG_1695474596160-1695474609.jpg

सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपाल मकवानपुरको अध्यक्षमा तिलक अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार हेटौंडामा भएको प्रथम जिल्ला सम्मेलनबाट शक्ति एफएमका सञ्चालक अधिकारी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

सम्मेलनको बन्द सत्रले रेडियो मकवानपुरलाई उपाध्यक्ष, रेडियो मनहरीलाई सचिव, रेडियो पालुङलाई कोषाध्यक्ष पदको जिम्मेवारी दिएको छ । मकवानपुरमा रहेका ८ वटा रेडियो मध्ये बाँकी ४ ९ रेडियो इन्द्रसरोबर, रेडियो निकास, रेडियो सन्देश र रेडियो झुरझुरे सदस्य रहने गरी नयाँ कार्यसमिति चयन गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको सम्मेलन अकोराव मकवानपुरका संयोजक राजकुमार केसीको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा बोल्दै मेयर लामाले सामुदायिक रेडियोले दूरदराजका जनताका आवाजलाई बुलन्द पार्नुपर्नेमा जोड दिइन् । विकसित मुलुकहरुमा समेत महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा रेडियो रहेको कुरा स्मरण गर्दै उनले मकवानपुरका सञ्चारमाध्यमसँग हातेमालो र सहकार्य गर्न उपमहानगरपालिका तयार रहेको प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा अकोरावका केन्द्रीय सदस्य ध्रुवराज ढकाल, पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, रेडियो सञ्चालकको तर्फबाट रेडियो मकवानपुरका उत्सव ईटनी, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, ब्रोडकास्टिङ एशोसिएसन नेपालका बागमती प्रदेश अध्यक्ष गंगाप्रसाद पौडेल, ,प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी,समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाईँ, अनलाइन मिडिया एशोसिएसन नेपालका अध्यक्ष धर्मेन्द्र दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मेलनको उद्घाटन सत्रमा रेडियो मनहरीका सञ्चालक शिव कुमार काशीले मकवानपुरमा रेडियोको इतिहास, वर्तमान अवस्था र अकोराबले आगामी दिनमा चाल्नुपर्ने कदमबारे प्रस्तावना पेश गरेका थिए ।


world-link-1690434568.jpg
१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...

चित्लाङमा नवनिर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन
438229812_135873411481609-1715270096.jpg

मकवानपुर थाहा नगरपालिकाको वडा नम्बर ९ चित्लाङमा निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन...

हेटौंडालाई प्रकाश दाहाल स्मृती भलिबलको उपाधि,उत्कृष्ट खेलाडी थाहाका क्षेत्री
FB_IMG_1715221537154-1715221553.jpg

प्रकाश दाहाल स्मृति पहिलो बाग्मती अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि हेटौंडा महानगरपालिकाले जितेको छ...

कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...