pani-1786865868.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

अधिकारीको नेतृत्वमा अकोराव मकवानपुर

FB_IMG_1695474596160-1695474609.jpg

सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपाल मकवानपुरको अध्यक्षमा तिलक अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार हेटौंडामा भएको प्रथम जिल्ला सम्मेलनबाट शक्ति एफएमका सञ्चालक अधिकारी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् ।

सम्मेलनको बन्द सत्रले रेडियो मकवानपुरलाई उपाध्यक्ष, रेडियो मनहरीलाई सचिव, रेडियो पालुङलाई कोषाध्यक्ष पदको जिम्मेवारी दिएको छ । मकवानपुरमा रहेका ८ वटा रेडियो मध्ये बाँकी ४ ९ रेडियो इन्द्रसरोबर, रेडियो निकास, रेडियो सन्देश र रेडियो झुरझुरे सदस्य रहने गरी नयाँ कार्यसमिति चयन गरिएको हो ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको सम्मेलन अकोराव मकवानपुरका संयोजक राजकुमार केसीको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा बोल्दै मेयर लामाले सामुदायिक रेडियोले दूरदराजका जनताका आवाजलाई बुलन्द पार्नुपर्नेमा जोड दिइन् । विकसित मुलुकहरुमा समेत महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा रेडियो रहेको कुरा स्मरण गर्दै उनले मकवानपुरका सञ्चारमाध्यमसँग हातेमालो र सहकार्य गर्न उपमहानगरपालिका तयार रहेको प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा अकोरावका केन्द्रीय सदस्य ध्रुवराज ढकाल, पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, रेडियो सञ्चालकको तर्फबाट रेडियो मकवानपुरका उत्सव ईटनी, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, ब्रोडकास्टिङ एशोसिएसन नेपालका बागमती प्रदेश अध्यक्ष गंगाप्रसाद पौडेल, ,प्रेस चौतारी नेपाल मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी,समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाईँ, अनलाइन मिडिया एशोसिएसन नेपालका अध्यक्ष धर्मेन्द्र दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सम्मेलनको उद्घाटन सत्रमा रेडियो मनहरीका सञ्चालक शिव कुमार काशीले मकवानपुरमा रेडियोको इतिहास, वर्तमान अवस्था र अकोराबले आगामी दिनमा चाल्नुपर्ने कदमबारे प्रस्तावना पेश गरेका थिए ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...