Saturday, 27 Apr, 2024
समाचार

अख्तियार हेटौँडा कार्यालयले ३३ औ वार्षिक प्रतिवेदन बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझायो ।

Akhtiyar-Report-News@-Het-1697017489.jpg

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले ३३ वार्षिक प्रतिवेदन बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई बुझाएको छ ।

प्रदेश प्रमुखको कार्यालय, हेटौँडामा बुधबार आयोजित कार्यक्रममा बुझाइएको गत आर्थिक वर्ष २०७९/८० प्रतिवेदनमा सातै प्रदेशमध्ये बागमती प्रदेश सरकारका निकायविरुद्धमा सबैभन्दा बढी उजुरी परेको छ ।

अख्तियारको आयोग र मातहतका कार्यालयमा दर्ता भएको उजुरीअनुसार बागमती प्रदेश सरकारका निकायहरुमा अनियमितता भएको उजुरी ४७७ परेको थियो । दोस्रोमा मधेश प्रदेश सरकारका निकायमा भएको अनियमितताविरुद्ध गत आवमा ३६७ उजुरी परेका थियो ।

बागमती प्रदेश निकायविरुद्धको उजुरी अघिल्लो आवमा ७२ र गत आवमा ४७७ गरी ५४९ वटा उजुरीमध्ये अघिल्लो आवको ५२ र गत आवको ३०७ गरी ३५९ अर्थात् ६५.३९ उजुरी फछ्र्यौट भएको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय निकायको बागमती प्रदेशभरबाट आयोग र आयोगको कार्यालयहरुमा अघिल्लो आवमा ३३५ गत आवमा एक हजार ४४२ गरी एक हजार ७७७ उजुरी दता भएको अघिल्लो आवको १७६ र गत आवको ९९५ गरी एक हजार १७१ अर्थात ६५.९ उजुरी उपरमा फछ्यौट भएको थियो । गत आवमा स्थानीय निकायतर्फ सबैभन्दा बढी मधेश, दोस्रोमा लुम्बिनी र तेस्रोमा बागमती उजुरी परेको अख्तियारको हेटौँडा कार्यालयका प्रमुख नरहरि घिमिरेले प्रतिवेदन बुझाउँदै जानकारी दिनुभयो ।

बागमती प्रदेशमा अघिल्लो आवको उजुरी एक हजार ४४७, गत वर्षको उजुरी पाँच ३६० गरी छ हजार ८०७ मा अघिल्लो आवको ७९२ र गत आवको तीन हजार ६२८ गरी चार हजार ४२० अर्थात ६४.९३ प्रतिशत फछ्र्यौट भएको तथ्याङ्क छ ।

आयोगमा परेका कुल उजुरी फछ्यौट दर ६६.९८ हुँदा लुम्बिनीको ७१.३३ प्रतिशत रहेको छ ।

उजुरीको आधारमा सबैभन्दा बढी सङ्घीय मामिलाको स्थानीत तहकोसमेत ३५.९५ प्रतिशत र शिक्षा स्थानीय तहसमेत १४.५५ रहेको छ ।

गत आवमा हेटौँडा कार्यालयमा कार्यक्षेत्रअन्तर्गतका जिल्लाबाट एक हजार ८३१ उजुरी परेको अघिल्लो आवबाट ४९५ जिम्मेवारी सरेर आएको गरी दुई हजार २२६ उजुरी दर्ताभएका थिए । त्यसमध्ये एक हजार ४४६ अर्थात ६२.१६ प्रतिशत उजुरी प्रारम्भिक छानबिनबाट फछ्यौट भएको छ । फछ्र्यौट भएकोमध्ये १११ वटा उजुरउपर विस्तृत अनुसन्धान गर्ने निर्णय, ६१३ तामेलीमा , ३५८ एकीकरण र १३१ उजुरी आयोगको सम्बन्धित महाशाखमा पठाइएको अख्तियार हेटौँडाका प्रमुख घिमिरेले बताउनुभयो ।

साथै २३३ उजुरी उपर कानुन बमोजिम अन्य आवश्यक कारबाही गर्न विभिन्न निकाउमा लेखी पठाइएको छ । प्रारम्भिक छानबिनका क्रममा ८८० उजुरी चालु आव २०८०/०८१ मा सरेर आएको छ ।

गत आवमा दायर १६२ मुद्दामध्ये सबैभन्दा बढी ६४ वटा मुद्दा गैरकानुनी लाभहानीसम्बन्धी रहेका छन् । ३२ वटा घुस रिसवतसम्बन्धी  रहेका छन् ।


world-link-1690434568.jpg
माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...

काङ्ग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला
1714052566226-1714052746.jpg

पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ । कांग्रेस नेता तथा पूर्वसांसद समेत रहेका आमलाई...

सेतो पहरोमा जीप दुर्घटना,सबै यात्रु सकुशल
FB_IMG_1714025398342-1714025595.jpg

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरा क्षेत्रमा बिहीबार बिहान यात्रुबाहक जीप दुर्घटना भएको छ । हेटाैंडातर्फ...

उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...