pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

शिक्षा

 हेटौँडाको तासिर स्कुलमा प्रविधिको प्रयोग बारे प्रशिक्षण, विभिन्न देशका विद्यार्थी र शिक्षकसँग अन्तरक्रिया

61630890_452854451953425_-1559284443.jpg

 हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ मा  ‘शिक्षण सिकाईमा प्रविधिको प्रयोग’ सम्बन्धी एक दिने गरी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नागस्वतिमा अवस्थित तासिर अङ्ग्रेजी माध्यमिक विद्यालयमा प्रविधिको प्रयोग गरी शिक्षण सिकाई क्रियाकलापालाई कसरी रुचिकर बनाउने, कसरी विद्यार्थी केन्द्रित आधूनिक बनाउने भन्ने विषयमा १६जेठमा  प्रशिक्षण कार्यक्रममा सम्पन्न भएका हा ।   
उक्त विद्यालयका प्रधानाध्यापक हरिबोल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक विवश थापाले मावि निमावि र प्रावि तहका शिक्षकलाई तालिम दिएका थिए ।  विद्यालयको कक्षा १० का ३५ जना विधार्थी र भियतनामको Yen Mo B high school, Yen Mo district, Ninh Binh province का ३५ जना विधार्थी्बिच अन्तरक्रिया गराएका थिए । उनीहरुले ‘मिस्टरी स्काईप सेसनको खेल खेली एकअर्काको देश पत्ता लगाएका थिए । उक्त खेलमा तासिरका विद्यार्थीहरु विजयी भएका थिए । भियतनामको तर्फबाट शिक्षक हान्ना फेमले सहजीकरण गरेका थिए । त्यस्तै रसियन शिक्षिका Elena Degtyarva  ले पनि कक्षा १० का विद्यार्थीहरुलाई रसियाको परम्परागत पहिरनमै संस्कृतिको बारेमा , विद्यालय पोशाक र हावापानीको वारेमा अनलाईन क्लास दिएका थिए ।

प्रशिक्षक थापाले शिक्षकहरुलाई fipgrid , kahoot session को बारेमा बंगलादेशकी शिक्षिका र रसियन शिक्षक Anna Tmachuuk  सँग जुम एपको माध्यमबाट कसरी अहिलेको आधूनिक यूगमा विकसित मुलुकमा शिक्षण सिकाई क्रियाकलाप भईरहेको छ, कसरी गूणस्तरीय , विद्यार्थीमैत्री बनाउन सकिन्छ भन्ने बारेमा मावि, निमावि र प्रावि तहका १५ जना शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा थापाले पेशागत विकास कसरी गर्ने र महत्वपूर्ण वेबसाईटहरुका बारेमा पावर प्वाईन्ट प्रिजेन्टेसन कक्षा समेत दिएका थिए । कार्यक्रमलाई विद्यालयका शिक्षक सरल गौतमले व्यवस्थापन गरेका थिए भने सञ्चालन अङ्ग्रेजी विषय शिक्षिका दिपा महतले गरेकी थिईन् ।


 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...