Monday, 20 May, 2024
समाचार

 मकवानपुरमा करेन्ट लागेर २ जनाको मृत्यु, ३ जना घाइते

current-1558974196.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीको कुइन्टार भन्ने ठाउँमा गुडिरहेको ट्रकमा ११ हजार भोल्टेजको करेन्ट लाग्दा ट्रक चालकको घटनास्थलमै मृत्यु भएको छ । करेन्ट लागेर छट्पटाइरहेका ट्रक चालकलाई बचाउन जाँदा अर्को एक जनाले पनि ज्यान गुमाएका छन् ।
करेन्ट लागेर मृत्यु हुनेमा ना ७ ख ९३२६ नम्बरको लहरी ट्रकका चालक बेलकोटगढी गाउँपालिका–७ नुवाकोटका ३५ वर्षीय विशाल तामाङ र तीनपटन गाउँपालिका–९ सिन्धुलीका २८ वर्षीय वीर बहादुर मगर रहेको  मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
बाग्मतीको पानी प्रयोग गरी बिधुत उत्पादनको तयारीमा रहेको सिस्नेरीमा रहेको माण्डु हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजनास्थलतर्फ जाँदै गर्दा लहरी ट्रकमा करेन्ट सर्ट भएको थियो ।
लहरी ट्रक र एक्साभेटर अघिपछि रहेर गुडिरहेकोमा ट्रकले ११ हजार भोल्टेजको हाइटेन्सन लाइनमा छुँदा करेन्ट सर्ट भएको देखेपछि एक्साभेटर अपरेटर वीरबहादुर मगर सहयोगका लागि जाँदा उनलाइ पनि करेन्ट लागेको थियो । उबडखाबडका कारण सडकमा लहरी ट्रकलाई अघि बढ्न समस्या भएपछि एक्साभेटर पनि सँगै गएको थियो । 
उक्त घटनामा ट्रकका सहचालक तीन पाटन ९ बस्ने २५ वर्षीय गोपाल रामुनी र दाङ घर भई ललितपुर बस्ने निर्माण कम्पनीका ४५ वर्षीय महेश बस्नेत घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि काठमाडौँ लगिएको मकवानपुर प्रहरीले जनाएको छ ।
११ हजार भोल्टेजको हाइटेन्सन लाइन व्यवस्थापन नहुँदा ट्रकले विद्युत सुचारु तारमा छुन पुगेको थियो । केही दिन अघि ट्रिपरले विद्युत पोलमा ठक्कर दिए पछि जोखिम बढेको थियो । त्यतिबेला नेपाल विद्युत प्राधिकरणले ट्रिपरलाई जरिवाना तिराएको भए पनि पोल पक्की नगरेको स्थानीले बताएका छन् । 


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...