jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

 मकवानपुरमा करेन्ट लागेर २ जनाको मृत्यु, ३ जना घाइते

current-1558974196.jpg

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीको कुइन्टार भन्ने ठाउँमा गुडिरहेको ट्रकमा ११ हजार भोल्टेजको करेन्ट लाग्दा ट्रक चालकको घटनास्थलमै मृत्यु भएको छ । करेन्ट लागेर छट्पटाइरहेका ट्रक चालकलाई बचाउन जाँदा अर्को एक जनाले पनि ज्यान गुमाएका छन् ।
करेन्ट लागेर मृत्यु हुनेमा ना ७ ख ९३२६ नम्बरको लहरी ट्रकका चालक बेलकोटगढी गाउँपालिका–७ नुवाकोटका ३५ वर्षीय विशाल तामाङ र तीनपटन गाउँपालिका–९ सिन्धुलीका २८ वर्षीय वीर बहादुर मगर रहेको  मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
बाग्मतीको पानी प्रयोग गरी बिधुत उत्पादनको तयारीमा रहेको सिस्नेरीमा रहेको माण्डु हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजनास्थलतर्फ जाँदै गर्दा लहरी ट्रकमा करेन्ट सर्ट भएको थियो ।
लहरी ट्रक र एक्साभेटर अघिपछि रहेर गुडिरहेकोमा ट्रकले ११ हजार भोल्टेजको हाइटेन्सन लाइनमा छुँदा करेन्ट सर्ट भएको देखेपछि एक्साभेटर अपरेटर वीरबहादुर मगर सहयोगका लागि जाँदा उनलाइ पनि करेन्ट लागेको थियो । उबडखाबडका कारण सडकमा लहरी ट्रकलाई अघि बढ्न समस्या भएपछि एक्साभेटर पनि सँगै गएको थियो । 
उक्त घटनामा ट्रकका सहचालक तीन पाटन ९ बस्ने २५ वर्षीय गोपाल रामुनी र दाङ घर भई ललितपुर बस्ने निर्माण कम्पनीका ४५ वर्षीय महेश बस्नेत घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि काठमाडौँ लगिएको मकवानपुर प्रहरीले जनाएको छ ।
११ हजार भोल्टेजको हाइटेन्सन लाइन व्यवस्थापन नहुँदा ट्रकले विद्युत सुचारु तारमा छुन पुगेको थियो । केही दिन अघि ट्रिपरले विद्युत पोलमा ठक्कर दिए पछि जोखिम बढेको थियो । त्यतिबेला नेपाल विद्युत प्राधिकरणले ट्रिपरलाई जरिवाना तिराएको भए पनि पोल पक्की नगरेको स्थानीले बताएका छन् । 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...