jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

समाचार

महालक्ष्मी बैंकले निर्माण गरेको प्रतिक्षालय उद्घाटन 

thaha-2-copy-1555910783.jpg


महालक्ष्मी विकास बैंक पालुङ शाखाले थाहा नगरपालिका –२ पालुङमा निर्माण गरेको प्रतिक्षालयको सोमबार एक समारोहबीच उद्घाटन गरिएको छ । 
थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बोर्ड अनावरण गरी प्रतिक्षालय उद्घाटन गर्नुभएको हो । उद्घटनको क्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि विष्टले बैंकले नाफा मात्र हैन सामाजिक काम पनि गर्छ भन्ने उदाहरण प्रस्तुत गरेको बताउनुभयो । समग्र क्षेत्रबाट एकीकृत रुपमा अभियान थाले विकास सहज हुनेमा उहाँको जोड रहेको थियो ।
 महालक्ष्मी विकास बैंक पालुङ शाखा प्रमुख संगिता बज्राचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा २ नं. वडाका वडा अध्यक्ष गुप्त बहादुर कार्की, नगर कार्यपालिका सदस्य जानुका ढकाल, नेपाल रेडक्रस सासाइटी पालुङ शाखाका सचिब ज्ञानेश्वर ढकाल, सामुदायिक भवन व्यवस्थापन समितिका अध्यक्ष सीताराम ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए । 
बैंकका कर्मचारी शरद हमालले स्वागत गरेके कार्यक्रममा थाहा नगरपालिका–२ का वडा सदस्यहरु, पाण्डुकेश्वर क्षेत्र विकास समितिका अध्यक्ष जनक हमाल, स्थानीय संघसंस्थाका पदाअधिकारीहरु, संचारकर्मी सहभागिता रहेको थियो । उद्घाटनसँगै उक्त प्रतिक्षालय थाहा नगरपालिका २ नम्बर वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरणपछि अब प्रतिक्षालयको संरक्षण तथा व्यवस्थापन वडा कार्यालयले गर्नेछ ।
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...