Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

‘प्रधानमन्त्रीज्यू, जनतालाई प्रकृतिसँग खुला श्वास फेर्न दिऊँ’
– जागृत रायमाझी

jagrit-1600150627.jpg

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,

१. लकडाउन र महामारीबारे 


कोरोना अघि हरेक दिन संसारमा औषत १ लाख ५० हजार मानिसको मृत्यु हुन्थ्यो । त्यो अनुपात कोरोनायता बढेको छैन । श्वासप्रश्वासले हरेक दिन संसारमा १६ हजार मानिसको मृत्यु हुन्थ्यो । कोरोनायता त्यो संख्या बढेको छैन । लक्षणसहित कोरोना सर्नेको अनुपात असाध्यै न्यून छ । र, कोरोनाबाट बढेको भनेर कोरोना कोटामा हालिएको त तपाईंले भनेजस्तै मुख्य अरु रोगले मृत्यु भएका मानिसहरु नै हुन् । कोरोनाको इपी सेन्टर मानिएको अमेरिका र इटली जस्ता देशहरुले त तथ्यांकसहित बोलिसकेका छन् तसर्थ लुरे मानिसको नाम मोटु राखे जस्तै प्राणघातक र महामारी चरित्रको नभएको कोरोनालाई जुन नाम दिइएपनि लकडाउन जस्तो मानवताविरोधी निर्णय एकदिनका लागि पनि औचित्य थिएन भन्ने पुष्टी भइसकेको छ । त्यसकारण मेरो विशेष अपिल छ लकडाउनको सम्पूर्ण खारेजी र आम जनजीवनको सम्पूर्ण सामान्यीकरणको निर्णयको माइन्युटमा प्रधानमन्त्रीज्यूले हस्ताक्षर गरिहाल्नुहुनेछ ।

२ पीसीआरबारे :

स्वयं एलोपेथिक विज्ञानले अंकगणीतीय हिसाबले विश्वसनीयता ६०र४० या ७०र३० मान्ने पीसीआरबारे संसारका वैज्ञानिकहरु नै दुई कित्तामा छन् । नेपालमा समेत ढलमा पीसीआर पोजेटिभ देखिएको खबर तपाईंसमक्ष पुग्यो कि पुगेन ? नपुगेको भएपनि अनुसन्धानको लागि पोजेटिभ देखिएको मानिसलाई लगातार ७ दिन परीक्षण गरेर हेरौं । भेडा, मेवा, ढल, चरा र सुंगुरहरुमा लगातार पीसीआर परीक्षण गरेर हेरौं । एक दिन वा दुई दिन बिराएर नेगेटिभ पोजेटिभ, नेगेटिभ पोजेटिभ निस्कियो भने पीसीआरको विश्वसनीयता छर्लङ्ग भइहाल्छ । ६०र४० को विश्वसनीयता भएको पीसीआरमा सय प्रतिशत ठोकुवा गर्ने गरिएको यहांलाई अवगत नै होला । हुन त दिन बिराएर पोजेटिभ – नेगेटिभ निस्किएको खबरले समाचार कब्जा गरेकै छ । पीसीआरकै विश्वसनीयतामा प्रश्नचिन्ह खडा भइसकेपछि मास्क, स्यानिटाइजर र कथित सामाजिक दूरीको बहशमा कलम, मसी र गिदी खर्च गर्न जरुरी नै भएन ।

३. भ्याक्सिनबारे :

संसारमा २ करोड १५ लाख संक्रमित भनिएकाहरु र नेपालमा ४० हजारभन्दा बढी बिना औषधि संक्रमणमुक्त भएको तथ्य घाम जस्तै छर्लङ्ग छंदैछ । औषधि नै आवश्यक नभएको रोगलाई भ्याक्सिन बनाउने र ट्रायल गर्ने कुरा कति धेरै लहडको होला प्रधानमन्त्रीज्यूलाई सोच्न अनुरोध गर्दछु । अर्को कुरा भ्याक्सिन बनाउन चाहिने फिटल बोभाइन सिरम मानिसको ब्लड, गाईको रगत, गाईको हड्डी र मासु, सुंगुरको मासु र हड्डीहरु जस्ता चीजहरुबाट निकालिन्छ भन्ने तथ्य वैज्ञानिक र डाक्टरहरुले नै बाहिर ल्याएका छन् । संसारमा ३५० ट्रिलियन भाइरस हुने र हाम्रो शरीरमा नै ५० हजारभन्दा बढी भाइरस छ भनेपछि कोरोना जस्ता ५० हजार लक्षण देखा पर्दै जाने र भ्याक्सिन बनाउँदै जाने हो भने ५० हजार भ्याक्सिन खोप्ने ठाउं शरीरमै नरहला । यतिमात्र होइन ७ अर्ब मान्छेलाई भ्याक्सिन खोप्न सारा पशुहरुलाई मार्दै जाने हो भने के हाम्रो समाज प्राणी र प्रकृतिमैत्री बन्ला कि नबन्ला ? फेरि भ्याक्सिनले पार्ने नकारात्मक असर पनि बाहिर आएकै छ । त्यो भ्याक्सिन सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेता र नागरिक सबैले लगाउनुपर्ने होला । हाम्रो शरीरलाई कति गिनिपिग बनाइरहने प्रधानमन्त्रीज्यू ?

४. आर्युवेद, प्राकृतिक चिकित्सा र योगाबारे  :

कोरोना जस्तै या यो बराबरको हैसियत भएका रोगहरुको सत प्रतिशत उपचार सेल्फ इम्युन हो भन्नुपर्दा आनाकानी गर्नै परेन । आर्युवेद, प्राकृतिक चिकित्सा, प्राणायाम, योगा जस्ता स्वास्थ्य उपचार प्रणाली आफैमा उत्कृष्ट छंदैछन् । हामीले एलोपिथकलाई नाफा र व्यापारको पञ्जाबाट मुक्त नगरेसम्म बिज्ञानलाई ब्यापारको दास बनाएर नाफाखोरहरुले नाफा धन्धा चलाई नै रहन्छन । फेरि एलोपेथिकबाहेकका अरु उपचार प्रणालीहरु आफैमा वैकल्पिक होइनन् । बरु वैज्ञानिक र प्राकृतिक उपचार प्रणाली नै हुन् । यसलाई मूलधारमा ल्याएर मानिसहरुको सेल्फ इम्युन बढाएर नाथे कोरोना तपाईंले भनेजस्तै हाच्छिऊं गरेरै भगाउन सकिन्थ्यो कि ?

सम्माननीय प्रधानमन्त्रीज्यू,

४० लाख नेपालीहरु श्रमिक वर्गबाट विस्थापित वर्गमा आएका समाचारहरु मिडियाले नै बजाउन थालिसकेका छन् । सडकमा मागेर खाने मानिसहरुको संख्या दिनहूं हजारौंले बढ्न थालेको छ । मध्यम र उच्च वर्गसमेत थाप्लोमा हात राखेर डिप्रेशन र हाइपरटेन्सनको हुलमा उभिन बाध्य भएका छन् । विदेशमा रहेका नेपालीहरुको दर्दनाक कथा त लेखेर नभ्याइने स्थितिमा छ । आत्महत्या, मातृ मृत्युदर, अस्पताल जान नपाएर या कोरोना त्रासका कारण अस्पतालले भर्ना नलिएर मर्नेको संख्या कसले हिसाब गर्ने ? संसारलाई नै बाध्य बनाइएको यो कृत्रिम र मानवताविरोधी आतंकबाट देशलाई एकपटक मुक्त बनाउन निकै नै ठण्डा दिमागले सोच्न म विशेष अपिल गर्दछु । जेलजस्तो क्वारेन्टिन, गोलघर जस्तो आइसोलसन र नजरबन्द जस्तो होम आइसोलेशनबाट जनतालाई स्वतन्त्र पंछी जस्तो उड्न दिंदै प्रकृतिसंग खुला श्वास फेर्न, घाम ताप्न, हिंडडुल गर्न, अनुराग भएकाहरुकाबीच भेटघाट गर्न दिऊं र यो उकुसमुकसबाट उन्मुक्ति दिऊं ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

हाम्रो शरीरको मेकानिजम् मूलतः प्राकृतिक छ त्यसकारण प्रकृति नै हाम्रो स्वास्थ्यको पहिलो विज्ञान हो । किनकी विज्ञान प्रकृतिको अन्तिम सत्ताको खोजीमा लगातार कुदिरहेको हुन्छ । हाम्रो आफ्नै शरीर हाम्रो स्वास्थ्यको दोस्रो विज्ञान हो । समाज, देश, संस्कृति हाम्रो स्वास्थ्यको तेस्रो विज्ञान हो । र चौथो मात्रै विभिन्न उपचार प्रणालीहरु हुन् । हामीले एलोपेथिक लगायत सबै उपचार प्रणालीको सकारहरुसहित एकीकृत उपचार प्रणाली निर्माणको बहस त अब चलाउनु नै छ । तर मुख्य कुरा मानिसलाई मानिस जस्तै सिर्जनात्मक, स्वतन्त्र र काम गर्न योग्य बनाउनुछ । त्यसको लागि लकडाउन अन्त्यको कुनै विकल्प नै छैन ।

एउटा सडक नागरिकको सन्देश प्रधानमन्त्रीलाई पुग्ला नपुग्ला १ झुत्रे, झाम्रे, लुरे र त्यान्द्रेहरुको तर्फवाट नागरिककर्म आफ्नो दायित्व ठानेर यो खुलापत्र लेखेको छु । यो सामाजिक व्यवस्थाले कार्यकारी र निर्णयकर्ता बनाएको तपाईंले के गर्नुहोला कुन्नी ?

म भने सत्य र ठीक निर्णयको प्रतीक्षामा आँखा उघारेरै बसिरहनेछु ।

– जागृत रायमाझी
हिमालय पोष्टबाट
 

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg