pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

विचार / अन्तरवार्ता

‘प्रधानमन्त्रीज्यू, जनतालाई प्रकृतिसँग खुला श्वास फेर्न दिऊँ’
– जागृत रायमाझी

jagrit-1600150627.jpg

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू,

१. लकडाउन र महामारीबारे 


कोरोना अघि हरेक दिन संसारमा औषत १ लाख ५० हजार मानिसको मृत्यु हुन्थ्यो । त्यो अनुपात कोरोनायता बढेको छैन । श्वासप्रश्वासले हरेक दिन संसारमा १६ हजार मानिसको मृत्यु हुन्थ्यो । कोरोनायता त्यो संख्या बढेको छैन । लक्षणसहित कोरोना सर्नेको अनुपात असाध्यै न्यून छ । र, कोरोनाबाट बढेको भनेर कोरोना कोटामा हालिएको त तपाईंले भनेजस्तै मुख्य अरु रोगले मृत्यु भएका मानिसहरु नै हुन् । कोरोनाको इपी सेन्टर मानिएको अमेरिका र इटली जस्ता देशहरुले त तथ्यांकसहित बोलिसकेका छन् तसर्थ लुरे मानिसको नाम मोटु राखे जस्तै प्राणघातक र महामारी चरित्रको नभएको कोरोनालाई जुन नाम दिइएपनि लकडाउन जस्तो मानवताविरोधी निर्णय एकदिनका लागि पनि औचित्य थिएन भन्ने पुष्टी भइसकेको छ । त्यसकारण मेरो विशेष अपिल छ लकडाउनको सम्पूर्ण खारेजी र आम जनजीवनको सम्पूर्ण सामान्यीकरणको निर्णयको माइन्युटमा प्रधानमन्त्रीज्यूले हस्ताक्षर गरिहाल्नुहुनेछ ।

२ पीसीआरबारे :

स्वयं एलोपेथिक विज्ञानले अंकगणीतीय हिसाबले विश्वसनीयता ६०र४० या ७०र३० मान्ने पीसीआरबारे संसारका वैज्ञानिकहरु नै दुई कित्तामा छन् । नेपालमा समेत ढलमा पीसीआर पोजेटिभ देखिएको खबर तपाईंसमक्ष पुग्यो कि पुगेन ? नपुगेको भएपनि अनुसन्धानको लागि पोजेटिभ देखिएको मानिसलाई लगातार ७ दिन परीक्षण गरेर हेरौं । भेडा, मेवा, ढल, चरा र सुंगुरहरुमा लगातार पीसीआर परीक्षण गरेर हेरौं । एक दिन वा दुई दिन बिराएर नेगेटिभ पोजेटिभ, नेगेटिभ पोजेटिभ निस्कियो भने पीसीआरको विश्वसनीयता छर्लङ्ग भइहाल्छ । ६०र४० को विश्वसनीयता भएको पीसीआरमा सय प्रतिशत ठोकुवा गर्ने गरिएको यहांलाई अवगत नै होला । हुन त दिन बिराएर पोजेटिभ – नेगेटिभ निस्किएको खबरले समाचार कब्जा गरेकै छ । पीसीआरकै विश्वसनीयतामा प्रश्नचिन्ह खडा भइसकेपछि मास्क, स्यानिटाइजर र कथित सामाजिक दूरीको बहशमा कलम, मसी र गिदी खर्च गर्न जरुरी नै भएन ।

३. भ्याक्सिनबारे :

संसारमा २ करोड १५ लाख संक्रमित भनिएकाहरु र नेपालमा ४० हजारभन्दा बढी बिना औषधि संक्रमणमुक्त भएको तथ्य घाम जस्तै छर्लङ्ग छंदैछ । औषधि नै आवश्यक नभएको रोगलाई भ्याक्सिन बनाउने र ट्रायल गर्ने कुरा कति धेरै लहडको होला प्रधानमन्त्रीज्यूलाई सोच्न अनुरोध गर्दछु । अर्को कुरा भ्याक्सिन बनाउन चाहिने फिटल बोभाइन सिरम मानिसको ब्लड, गाईको रगत, गाईको हड्डी र मासु, सुंगुरको मासु र हड्डीहरु जस्ता चीजहरुबाट निकालिन्छ भन्ने तथ्य वैज्ञानिक र डाक्टरहरुले नै बाहिर ल्याएका छन् । संसारमा ३५० ट्रिलियन भाइरस हुने र हाम्रो शरीरमा नै ५० हजारभन्दा बढी भाइरस छ भनेपछि कोरोना जस्ता ५० हजार लक्षण देखा पर्दै जाने र भ्याक्सिन बनाउँदै जाने हो भने ५० हजार भ्याक्सिन खोप्ने ठाउं शरीरमै नरहला । यतिमात्र होइन ७ अर्ब मान्छेलाई भ्याक्सिन खोप्न सारा पशुहरुलाई मार्दै जाने हो भने के हाम्रो समाज प्राणी र प्रकृतिमैत्री बन्ला कि नबन्ला ? फेरि भ्याक्सिनले पार्ने नकारात्मक असर पनि बाहिर आएकै छ । त्यो भ्याक्सिन सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, नेता र नागरिक सबैले लगाउनुपर्ने होला । हाम्रो शरीरलाई कति गिनिपिग बनाइरहने प्रधानमन्त्रीज्यू ?

४. आर्युवेद, प्राकृतिक चिकित्सा र योगाबारे  :

कोरोना जस्तै या यो बराबरको हैसियत भएका रोगहरुको सत प्रतिशत उपचार सेल्फ इम्युन हो भन्नुपर्दा आनाकानी गर्नै परेन । आर्युवेद, प्राकृतिक चिकित्सा, प्राणायाम, योगा जस्ता स्वास्थ्य उपचार प्रणाली आफैमा उत्कृष्ट छंदैछन् । हामीले एलोपिथकलाई नाफा र व्यापारको पञ्जाबाट मुक्त नगरेसम्म बिज्ञानलाई ब्यापारको दास बनाएर नाफाखोरहरुले नाफा धन्धा चलाई नै रहन्छन । फेरि एलोपेथिकबाहेकका अरु उपचार प्रणालीहरु आफैमा वैकल्पिक होइनन् । बरु वैज्ञानिक र प्राकृतिक उपचार प्रणाली नै हुन् । यसलाई मूलधारमा ल्याएर मानिसहरुको सेल्फ इम्युन बढाएर नाथे कोरोना तपाईंले भनेजस्तै हाच्छिऊं गरेरै भगाउन सकिन्थ्यो कि ?

सम्माननीय प्रधानमन्त्रीज्यू,

४० लाख नेपालीहरु श्रमिक वर्गबाट विस्थापित वर्गमा आएका समाचारहरु मिडियाले नै बजाउन थालिसकेका छन् । सडकमा मागेर खाने मानिसहरुको संख्या दिनहूं हजारौंले बढ्न थालेको छ । मध्यम र उच्च वर्गसमेत थाप्लोमा हात राखेर डिप्रेशन र हाइपरटेन्सनको हुलमा उभिन बाध्य भएका छन् । विदेशमा रहेका नेपालीहरुको दर्दनाक कथा त लेखेर नभ्याइने स्थितिमा छ । आत्महत्या, मातृ मृत्युदर, अस्पताल जान नपाएर या कोरोना त्रासका कारण अस्पतालले भर्ना नलिएर मर्नेको संख्या कसले हिसाब गर्ने ? संसारलाई नै बाध्य बनाइएको यो कृत्रिम र मानवताविरोधी आतंकबाट देशलाई एकपटक मुक्त बनाउन निकै नै ठण्डा दिमागले सोच्न म विशेष अपिल गर्दछु । जेलजस्तो क्वारेन्टिन, गोलघर जस्तो आइसोलसन र नजरबन्द जस्तो होम आइसोलेशनबाट जनतालाई स्वतन्त्र पंछी जस्तो उड्न दिंदै प्रकृतिसंग खुला श्वास फेर्न, घाम ताप्न, हिंडडुल गर्न, अनुराग भएकाहरुकाबीच भेटघाट गर्न दिऊं र यो उकुसमुकसबाट उन्मुक्ति दिऊं ।

सम्माननीय प्रधानमन्त्रीज्यू,

हाम्रो शरीरको मेकानिजम् मूलतः प्राकृतिक छ त्यसकारण प्रकृति नै हाम्रो स्वास्थ्यको पहिलो विज्ञान हो । किनकी विज्ञान प्रकृतिको अन्तिम सत्ताको खोजीमा लगातार कुदिरहेको हुन्छ । हाम्रो आफ्नै शरीर हाम्रो स्वास्थ्यको दोस्रो विज्ञान हो । समाज, देश, संस्कृति हाम्रो स्वास्थ्यको तेस्रो विज्ञान हो । र चौथो मात्रै विभिन्न उपचार प्रणालीहरु हुन् । हामीले एलोपेथिक लगायत सबै उपचार प्रणालीको सकारहरुसहित एकीकृत उपचार प्रणाली निर्माणको बहस त अब चलाउनु नै छ । तर मुख्य कुरा मानिसलाई मानिस जस्तै सिर्जनात्मक, स्वतन्त्र र काम गर्न योग्य बनाउनुछ । त्यसको लागि लकडाउन अन्त्यको कुनै विकल्प नै छैन ।

एउटा सडक नागरिकको सन्देश प्रधानमन्त्रीलाई पुग्ला नपुग्ला १ झुत्रे, झाम्रे, लुरे र त्यान्द्रेहरुको तर्फवाट नागरिककर्म आफ्नो दायित्व ठानेर यो खुलापत्र लेखेको छु । यो सामाजिक व्यवस्थाले कार्यकारी र निर्णयकर्ता बनाएको तपाईंले के गर्नुहोला कुन्नी ?

म भने सत्य र ठीक निर्णयको प्रतीक्षामा आँखा उघारेरै बसिरहनेछु ।

– जागृत रायमाझी
हिमालय पोष्टबाट
 

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg