Monday, 06 May, 2024
खेल

१९ वर्षमुनिको एसीसी प्रिमियर कपको उपाधि नेपाललाई, युएई २० रनले पराजित

FB_IMG_1698149719592-1698149731.jpg

१९ वर्षमुनिको एसीसी प्रिमियर कपको उपाधि नेपालले जितेको छ।

वर्षाले प्रभावित भएर दोस्रो इनिङलाई २७ ओभरमा झारिएको खेलमा युएईले १९८ रनको लक्ष्य पाएको थियो। युएई २६.५ ओभरमा अलआउट हुँदै १७८ रनमा समेटिएपछि नेपालले २० रनले उपाधि जितेको हो।

युएईका लागि ध्रुव परासरले ५९ रनको अर्धशतकीय पारी खेल्दा आर्यन्स शर्माले ३२, आयान अफ्जल खान ३० र यासिन किरण राईले १७ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्
नेपालका लागि आकाश त्रिपाठीले चार, सुवास भण्डारीले तीन तथा आकाश चन्दले दुई तथा हेमन्त धामीले एक विकेट लिए।

त्यसअघि क्वालालम्पुरको बायोमस ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २८० रन बनाएको थियो।

नेपालका लागि कप्तान देव खनालले १०० रनको शतकीय पारी खेल्दा उत्तम रङ्गु थापा मगर र अर्जुन कुमालले क्रमशः ५७ र ५५ रनको अर्धशतकीय पारी खेले।

दीपकप्रसाद डुम्रेले २८ रन बनाएर आउट हुँदा दीपेश कँडेलले अविजित १० रन बनाए।

नेपालले सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन्।

नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय २ रनले हराएको थियो।

उता युएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट, कतारलाई १० विकेटले हराएको थियो।

नेपालले गत फागनुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएइृलाई ७ रनले हराउँदै २०२४ को विश्वकपमा स्थान बनाएको थियो।


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...