Monday, 29 Apr, 2024
खेल

१९औं एसियाली खेलकुद (एसियाड) आज समापन हुँदै

Asiad_HFjnXZlb76-1696734898.jpg

 चीनमा जारी १९औं एसियाली खेलकुद (एसियाड) आज समापन हुँदैछ । 

 

 

समापन समारोह हाङजाउस्थित ओलम्पिक खेलकुद स्टेडियममा नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ। समापन समारोह लगभग ७५ मिनेट चल्नेछ।
समापन समारोहमा चिनियाँ प्रधानमन्त्री लि क्वान सहभागी हुनेछन्। खेलको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गरेका थिए। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल पनि खेलको उद्घाटन समारोहमा सहभागी भएका थिए। 

एसियाडमा ४ सय ८१ स्वर्ण पदकका लागि ४५ राष्ट्रका १२ हजारभन्दा बढी खेलाडीले ४० खेलका ६१ भन्दा बढी विधामा प्रतिस्पर्धा गरेका छन्।

प्रतियोगिताको अन्तिम दिनसम्म आयोजक राष्ट्र चीनले पदक तालिकामा अग्रता कायमै राखेको छ। पछिल्लो पदक तालिकाअनुसार चीन २ सय स्वर्ण, १ सय ११ रजत र ७१ कास्यसहित कुल ३ सय ८ पदक जितेर शीर्ष स्थानमा छ।

दोस्रो स्थानको जापानले ५१ स्वर्ण, ६६ रजत र ६९ कास्य पदक जितेको छ। दक्षिण कोरिया ४२ स्वर्ण, ५९ रजत र ८९ कास्यसहित तेस्रो स्थानमा छ। २८ स्वर्ण, ३८ रजत र ४१ कास्यसहित भारत चौथौ स्थानमा छ। 

प्रतियोगितामा नेपालको चुनौती समाप्त भएको छ। नेपालले करातेमा रजत र कबड्डीमा कास्यसहित दुई पदक जितेको छ।

ऐतिहासिक रजत पदक विजेता करातेकी एरिका गुरुङले एसियाली खेलकुद समापनमा नेपालको राष्ट्रिय झण्डा बोक्ने छिन्।

सहभागी ४५ देशमध्ये २७ देशले स्वर्ण पदक जितेका छन्। नेपालसहित ४१ देशले पदकको खाता खोले। ४ देशले पदक जित्न सकेका छैनन् । एसियाली खेलकुदको अन्तिम दिन आज २ खेलका अन्तिम ३ स्वर्ण जित्ने खेलाडीको टुङ्गो लाग्नेछ।

 


world-link-1690434568.jpg
सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...

थाहामा बसाइँसराइ जाने बढ्दै,सबैभन्दा बढी वडा न २ बाट जाने बढे
DSCN4807-1714313841.JPG

  मकवानपुरको थाहा नगरपालिकाबाट बसाइसरी जाने नागरिकको तथ्याङ्क चुनौतिपूर्ण देखिएको छ । पर्यटकीय नगरीको रुपमा...

थाहा ३ का वडा सदस्य कार्की द्वारा पालुङ आँखा केन्द्रलाई वाटर डिस्पेन्सर सहयोग
IMG_20240428_131428_781-1714311559.jpg

थाहा नगरपालिका वडा न ३ का वडा सदस्य कृष्ण कुमार कार्कीले आफ्नो स्वर्गीय बुबा दल बहादुर कार्कीको सम्झनामा...

थाहा नगरपालिका द्वारा नगर मातहतका सहकारी अनुगमन तिव्र
IMG_20240428_133157_324-1714310957.jpg

थाहा नगरपालिकाको सहकारी शाखाले नगरपालिका स्थित सहकारी सङ्घसंस्थाको अनुगमन सुरु गरेको छ । नगरपालिका भित्रका...

पालुङ जेसीज बोर्ड अफ ट्रस्टिजको अध्यक्षमा पुनः गोपाली
FB_IMG_1714268978182-1714268995.jpg

पालुङ जेसीजको बोर्ड अफ ट्रस्टिजको साधारण सभा १५ बैशाखमा थाहा नगरपालिका–१ झम्केश्वरी माविको सभाहलमा सम्पन्न...

थाहाको कुन्छाल र इन्द्रायणी बस्तीमा ऐतिहासिक १२ बर्षे नाच देखाइयो(फोटो फिचर)
1714237751434-1714238041.jpg

थाहा नगरपालिकाको वडा न १ कुन्छाल गाउँ र वडा न २ को पालुङ इन्द्रायणी बस्तिमा मनाइने १२ बर्षको नाचको समापन गरिएको...

जिल्ला स्तरीय खुला कराते प्रतियोगिताको उपाधी बकैया लाई
438146076_135199656215651-1714228520.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा थाहा कराते महासंघको व्यवस्थापनमा आज भएको प्रथम  जिल्ला स्तरीय...

माओवादी कमजोर हुनै सक्दैन : लामिछाने 
1714153017071-1714153030.jpg

हेटौंडा, १४ बैशाख/नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवं हेटौंडा उपमहानगर ईन्चार्ज प्रल्हाद लामिछानेले...

कक्षा १२ को परिक्षा सुरु,पालुङ क्याम्पस परिक्षा केन्द्रबाट ३ सय ८३ जनाले परिक्षा दिदै ।
FB_IMG_1714100555693-1714100769.jpg

कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते...