pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

११ औं गणतन्त्र दिवसको अवसरमा थाहामा प्रथम मेयरकप भलिबल प्रतियोगिता शुरु

llll-1559110955.jpg

शम्भु अघिकारी 

११ औं गणतन्त्र दिवसको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम मेयरकप भलिबल प्रतियोगिता शुरु भएको छ । शिक्षाका साथै वृत्ति विकासका लागि खेलकुदको भूमिकालाई विशेष जोड दिएर कार्यक्रम संचालन गर्ने थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनुभएको छ । ११ औं गणतन्त्र दिवसको अवसरमा थाहा नगरपालिकाको आयोजनामा आजदेखि शुरु राष्ट्रपति रनिङ शील्ड तथा प्रथम मेयर कप भलिवल प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख विष्टले यस्तो बताउनुभएको हो ।
नगर प्रमुख विष्टले बालबालिकालाई पढाइमा मात्र सीमित नराखी चौतर्फी विकासमा जोड दिँदै यस्ता प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरुको पहिचान र विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
थाहा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक किरणमान वलको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख खड्ग गोपाली, वडा अध्यक्षहरु, विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकहरु लगायतको उपस्थिति रहेको थियो । 
थाहा नगर शिक्षा शाखा प्रमुख एवम् खेल संचालन समितिका संयोजक शोभाकर रेग्मीले स्वागत गर्नुभएको कार्यक्रममा निर्णायक राजाराम पोखरेलले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई सामुहिक रुपमा सपथ गराउनुभएको थियो । 
उद्घाटन समारोहको प्रमुख अतिथि रहनु भएका नगर प्रमुख लवशेर विष्टले छेलो थ्रो गरेर उद्घाटन गर्नुभएको थियो ।

 कुन विद्यालयले कुन खेल जिते ? 
प्रतियोगिता अन्तर्गत मेयर कप भलिबलको समूह चरण अन्तर्गत छात्रा तर्फ ६ खेल र छात्र तर्फ ५ खेल भएको छ । छात्रातर्फको भलिबलमा सुन्दरीदेवी मावि आग्रा, पालुङ भ्याली हार्ट एकेडेमी, मत्स्यनारायण मावि, बज्रवाराही उच्चमावि, हिमालयन बोर्डिङ स्कूल, शर स्वच्छन्द भैरव उच्च मावि विजयी भएका छन् । त्यस्तै छात्रतर्फ भने सुन्दरीदेवी मावि आग्रा, हिमालयन बोर्डिङ स्कूल, जनकल्याण मावि, स्वच्छन्द भैरव मावि र नाटेश्वर मावि टौखेल विजयी भएका छन् । 
राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत मार्चपास, छात्र र छात्रा लङजम्प, छात्र र छात्रा सटपुट, छात्र र छात्रा त्रिपलजम्प, १५ सय मिटर छात्र दौड, १०० इन्टु ४ छात्र दौड र १०० मिटर दौडको हिटखेल सकिएको छ । प्रतियोगिता अन्तर्गत छात्रातर्फ सर्टफुट प्रतियोगितामा बागेश्वरी माविकी मनिषा थोकर र छात्रतर्फ सुन्दरीदेवी माविका रमेश थिङ प्रथम भएका छन् । त्यस्तै लङजम्पमा छात्रातर्फ जनकल्याण माविकी बिपता रुम्बा र छात्रतर्फ जनकल्याणकै उपास विष्ट प्रथम भएकाछन्  भने त्रिपलजम्प प्रतियोगितामा छात्रातर्फ बागेश्वरी माविकी बिनिता मोक्तान र छात्रतर्फ जनकल्याण माविका उपास विष्ट प्रथम भएकाछन् । 
थाहा नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम मेयरकप भलिबल प्रतियोगितामा नगरस्तरिय १७ वटा विद्यालयको सहभागीता रहेको छ । जन कल्याण मावि र इन्द्रायणी चौरमा भइरहेको खेल ३ दिनसम्म जारी रहनेछ । 
यसैबीच, मकवानपुर जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको लागि मकवानपुर गढि गाउँपालिकाको छनोट खेल शारदा माध्यमिक विद्यालयमा सम्पन्न् भएको छ ।
सोमबार र मंगलबार भएको छनोट खेलमा शारदा माविले भारी अग्रता कायम गरेको छ । शारदा माध्यमिक विद्यालयका छात्रा १००÷२०० मिटर दौड,छात्रा ४०० मिटर रिले दौड,१६०० मिटर रिले दौड,८०० मिटर दौड,१५०० सय मिटर दौड,छात्रा ३०० मिटर दौड,हाईजम्प छात्रा,लङजम्प छात्रा र ट्रिपल जम्प छात्रामा प्रथम भएको छ । तेस्तै शारदा माविले छात्र १००÷२०० मिटर दौड, ८०० मिटर दौड,१५०० मिटर दौड, १६०० मिटर रिले छात्र हाईजम्प,लङजम्प मा प्रथम हुन सफल भएको छ ।
कबड्डि खेलमा श्री चण्डिका मावि शिखरकटेरिका छात्र र छात्रा दुबै तर्फ प्रथम भई जिल्लामा छनोट भएको छ ।तेस्तै छात्रा भलिवल तर्फमा भानु मावि प्रथम भई जिल्लामा छनोट भएको शारदा माविका शिक्षक सुमन खनालले बताए ।
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...