pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

खेल

११ औं गणतन्त्र दिवसको अवसरमा थाहामा प्रथम मेयरकप भलिबल प्रतियोगिता शुरु

llll-1559110955.jpg

शम्भु अघिकारी 

११ औं गणतन्त्र दिवसको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम मेयरकप भलिबल प्रतियोगिता शुरु भएको छ । शिक्षाका साथै वृत्ति विकासका लागि खेलकुदको भूमिकालाई विशेष जोड दिएर कार्यक्रम संचालन गर्ने थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनुभएको छ । ११ औं गणतन्त्र दिवसको अवसरमा थाहा नगरपालिकाको आयोजनामा आजदेखि शुरु राष्ट्रपति रनिङ शील्ड तथा प्रथम मेयर कप भलिवल प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख विष्टले यस्तो बताउनुभएको हो ।
नगर प्रमुख विष्टले बालबालिकालाई पढाइमा मात्र सीमित नराखी चौतर्फी विकासमा जोड दिँदै यस्ता प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरुको पहिचान र विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
थाहा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक किरणमान वलको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख खड्ग गोपाली, वडा अध्यक्षहरु, विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकहरु लगायतको उपस्थिति रहेको थियो । 
थाहा नगर शिक्षा शाखा प्रमुख एवम् खेल संचालन समितिका संयोजक शोभाकर रेग्मीले स्वागत गर्नुभएको कार्यक्रममा निर्णायक राजाराम पोखरेलले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई सामुहिक रुपमा सपथ गराउनुभएको थियो । 
उद्घाटन समारोहको प्रमुख अतिथि रहनु भएका नगर प्रमुख लवशेर विष्टले छेलो थ्रो गरेर उद्घाटन गर्नुभएको थियो ।

 कुन विद्यालयले कुन खेल जिते ? 
प्रतियोगिता अन्तर्गत मेयर कप भलिबलको समूह चरण अन्तर्गत छात्रा तर्फ ६ खेल र छात्र तर्फ ५ खेल भएको छ । छात्रातर्फको भलिबलमा सुन्दरीदेवी मावि आग्रा, पालुङ भ्याली हार्ट एकेडेमी, मत्स्यनारायण मावि, बज्रवाराही उच्चमावि, हिमालयन बोर्डिङ स्कूल, शर स्वच्छन्द भैरव उच्च मावि विजयी भएका छन् । त्यस्तै छात्रतर्फ भने सुन्दरीदेवी मावि आग्रा, हिमालयन बोर्डिङ स्कूल, जनकल्याण मावि, स्वच्छन्द भैरव मावि र नाटेश्वर मावि टौखेल विजयी भएका छन् । 
राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत मार्चपास, छात्र र छात्रा लङजम्प, छात्र र छात्रा सटपुट, छात्र र छात्रा त्रिपलजम्प, १५ सय मिटर छात्र दौड, १०० इन्टु ४ छात्र दौड र १०० मिटर दौडको हिटखेल सकिएको छ । प्रतियोगिता अन्तर्गत छात्रातर्फ सर्टफुट प्रतियोगितामा बागेश्वरी माविकी मनिषा थोकर र छात्रतर्फ सुन्दरीदेवी माविका रमेश थिङ प्रथम भएका छन् । त्यस्तै लङजम्पमा छात्रातर्फ जनकल्याण माविकी बिपता रुम्बा र छात्रतर्फ जनकल्याणकै उपास विष्ट प्रथम भएकाछन्  भने त्रिपलजम्प प्रतियोगितामा छात्रातर्फ बागेश्वरी माविकी बिनिता मोक्तान र छात्रतर्फ जनकल्याण माविका उपास विष्ट प्रथम भएकाछन् । 
थाहा नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम मेयरकप भलिबल प्रतियोगितामा नगरस्तरिय १७ वटा विद्यालयको सहभागीता रहेको छ । जन कल्याण मावि र इन्द्रायणी चौरमा भइरहेको खेल ३ दिनसम्म जारी रहनेछ । 
यसैबीच, मकवानपुर जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको लागि मकवानपुर गढि गाउँपालिकाको छनोट खेल शारदा माध्यमिक विद्यालयमा सम्पन्न् भएको छ ।
सोमबार र मंगलबार भएको छनोट खेलमा शारदा माविले भारी अग्रता कायम गरेको छ । शारदा माध्यमिक विद्यालयका छात्रा १००÷२०० मिटर दौड,छात्रा ४०० मिटर रिले दौड,१६०० मिटर रिले दौड,८०० मिटर दौड,१५०० सय मिटर दौड,छात्रा ३०० मिटर दौड,हाईजम्प छात्रा,लङजम्प छात्रा र ट्रिपल जम्प छात्रामा प्रथम भएको छ । तेस्तै शारदा माविले छात्र १००÷२०० मिटर दौड, ८०० मिटर दौड,१५०० मिटर दौड, १६०० मिटर रिले छात्र हाईजम्प,लङजम्प मा प्रथम हुन सफल भएको छ ।
कबड्डि खेलमा श्री चण्डिका मावि शिखरकटेरिका छात्र र छात्रा दुबै तर्फ प्रथम भई जिल्लामा छनोट भएको छ ।तेस्तै छात्रा भलिवल तर्फमा भानु मावि प्रथम भई जिल्लामा छनोट भएको शारदा माविका शिक्षक सुमन खनालले बताए ।
 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg