Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

विचार / अन्तरवार्ता

१० वर्षे जनयुद्ध बारे छरिएको भ्रम र यथार्थ:- नवराज नेपाली

1735355248370-1735355256.jpg

      नेपाली समाजमा जात ,धर्म , वर्ण, लिङ्ग  र क्षेत्रको आधारमा शोषण र दमनको निरन्तरता  सयौं वर्ष देखि जक्डिएको थियो ।राजनीतिक पार्टीहरू नेपाली समाजमा  परिवर्तनको सपना देखाउने र सत्ता प्राप्ति पछि पुन पुरानै संरचना यथावत्  राख्ने र भएको बिकाशका गतिविधि तथा सरकारी कलकारखाना आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाउने तथा निजीकरणको नाममा धनाढ्य वर्गको हातमा सुम्पने र देस कंगाल बनाउन प्रेरित थियो । यिनै र यस्तै  पुरानो संरचनाको आडमा राज्य दोहन गर्ने हरुको बिरुद्ध  २०५२ सालमा नेकपा माओवादीको नाममा आरम्भ भएको नेपाली जनताको  जन संघर्षले देशको राजनीतिक, सामाजिक, र आर्थिक संरचनामा गहिरो प्रभाव पार्यो। यस आन्दोलनले मुख्यत: सामन्तवाद, पुँजीवाद, र राज्यको असमान संरचनाको विरुद्ध लड्दै उत्पीडित, दलित, आदिवासी, जनजाति, महिला, र मजदुर वर्गको उत्थानका लागि आवाज उठायो। यसको प्रभाव  २०६२/६३ को जनआन्दोलनलाई प्रेरित गर्दै संविधानसभा मार्फत गणतन्त्र स्थापनाको मार्ग प्रशस्त गर्‍यो। यसले नेपाललाई राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्न प्रेरित गर्‍यो।यो आन्दोलनले दलित, आदिवासी, जनजाति, महिला, र उत्पीडित समुदायको समानताको सवाललाई मुख्य राजनीतिक एजेन्डा बनायो। दलित समुदायको हक-अधिकार, आरक्षण, र समावेशी व्यवस्थाको सुरुवात यसै आन्दोलनको प्रमुख उपलब्धि हो। जनयुद्धमा महिलाको सहभागिता उल्लेखनीय थियो। ४० प्रतिशतभन्दा बढी महिलाले प्रत्यक्ष रूपमा युद्धमा सहभागिता जनाए। यसले महिलाको नेतृत्व विकास, उनीहरूको सामाजिक भूमिका, र राजनीतिक अधिकारमा सुधार ल्यायो ।आन्दोलनले सशस्त्र संघर्षमार्फत उत्पीडित समुदायलाई शोषण र विभेदविरुद्ध लड्न प्रेरित गर्‍यो। ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, र जनजागरणका कार्यक्रम सञ्चालन गरी सामाजिक जागरण ल्यायो। यी र यस्ता सकारात्मक परिवर्तनलाई स्विकार गर्न नसक्नेहरु  जनयुद्धलाई आलोचनात्मक रुपमा  जनयुद्धका क्रममा भएको हिंसाले हजारौं मानिसको ज्यान गयो भनी नकारात्मक प्रचारप्रसार गरि नयाँ पुस्तालाई माओवादी बिरुद्ध नकारात्मक सोच बनाउन उदृत छन माओवादीको क्रान्तिकारी राजनीतिक बिचारलाई आतंककारी कार्य भनी राज्यपक्षबाट माओवादीको नाममा हजारौं  परिवार टुहुरा बनायो हाल माओवादीको नाममा मात्रै थोपर्ने काम भएको छ । २०४६ पछि प्रजातन्त्रको नाममा राज्य दोहन गर्ने र देसमा परिवर्तनको कुनै एजेन्डा दिन नसकेका पार्टीले माओवादीको  ध्वंसात्मक गतिविधिका कारण  विकास निर्माणका संरचनाहरू (स्कूल, भवन, सडक) बिकास गर्न नसकेको भास्य खडा गर्न उद्दत छन,माओवादी आन्दोलनकोको सान्ति प्रक्रिया पछि जब २०६४ मा माओवादी पार्टी जब देसकै ठूलो पार्टी बन्न सफल भयो यो  देसमा गरिब सर्वहाराको निम्ति काम नभएको होइनन्  ३० हजार भन्दा कमको ऋण मिनाहा , पेसालाई आधुनिकीकरण गर्न तालिम संचालन ,स्वरोजगार कार्यक्रम ,भुमिहिन परिवारको डाटा संकलन  र यसैको आधारमा लालपुर्जा बितरण कार्यक्रम संचालित भएका छन । बिकाश निर्माणमा तिब्रता आएको छ ।माओवादी पार्टी २०६४ मा जब ठूलो पार्टी बन्यो यसको ठूलो जिम्मेवारी थियोे  माओवादी जनसेनाको पुन द्वन्द नहुने गरि दिर्घकालिन व्यवस्थापन त क्रान्तिकारी  राजनीतिक मुद्दा उठाएको कारण तथा आमूल परिवर्तनको एजेन्डालाई लिएको हुदा जसरि  पनि उत्पिडित वर्ग समुदाय र पछाडि परेका वर्ग समुदायको हितकर संबिधान बनाउन माओवादीको गहन जिम्मेवारी थियोे जसका निम्ति सरकारमा रहन अपरिहार्य थियोे यसलाई   जनयुद्धपछि माओवादी नेतृत्वले सत्ता केन्द्रित राजनीति गर्दै आन्दोलनका मूल उद्देश्य र आदर्शहरू कमजोर बनाएको आरोप लाग्यो माओवादी आन्दोलन जुन वर्ग (महिला ,जनजाति ,मधेसी ,दलित र पछाडि परेको क्षेत्र )हित अनुकूल कार्य गर्दै थियो त्यहि जनताले पुराना यथास्थितिवादी पार्टीलाई  साथदिदा २०७९मा माओवादी पार्टी तेस्रो पार्टी बन्न पुग्यो र माओवादीको मुद्दा लागुहुन झन गार्‍हो हुदै गएको पाईन्छ  ।जसका कारण  विशेषतः जनताको लागि आर्थिक र सामाजिक न्याय स्थापित गर्ने प्रतिबद्धता केही हदसम्म अपूरो रह्यो।सयौं वर्ष देखि  राज्य सत्ता वाट पछाडि परेको मधेसी , जनजाति  र बिकाशको हिसाबले पछाडि परेको क्षेत्रलाई समुदायको पहिचान र बाहुल्यताको आधारमा नेतृत्व हुनुपर्छ भन्ने माओवादीको  अवधारणालाई जातीय समानताको सवालभनेर नबुझी जनजाति ,मधेसी ,दलित सासंदहरु पुरानै यथास्थितिवादीहरुको पुच्छर बन्दा यो मुद्दा कमजोर बन्यो र  जातीय ध्रुवीकरण बढेको यसले समाजमा विभाजन ल्याएको आलोचना सहन माओवादी बाध्य भयो ।समग्र मूल्यांकन१० वर्षे जनयुद्धले नेपाली समाजको सोच, संरचना, र राजनीतिक प्रणालीलाई रुपान्तरण गर्ने ऐतिहासिक योगदान दियो। उत्पीडित समुदायले पहिलो पटक राज्यका संरचनामा आफ्ना आवाजलाई बलियो रूपमा प्रस्तुत गर्न सक्ने आधार प्राप्त गर्‍यो।तर, यो आन्दोलनले ल्याएका चुनौती र आलोचना पनि बेवास्ता गर्न मिल्दैन। हिंसात्मक रूपले परिवर्तनको मार्ग खोज्नु र पछि सत्ता केन्द्रित राजनीतिमा अल्झिनुले यस आन्दोलनका उद्देश्यहरूको दीर्घकालीन प्रभावमा केही हदसम्म नकारात्मक असर पारेको छ।अबको बाटो भनेको जनयुद्धका उपलब्धिहरूलाई संस्थागत गर्दै सामाजिक न्याय, समानता, र समृद्धिका लागि थप पहल गर्नु हो। महिला ,जनजाति, दलित ,तथा पछाडि परेको समुदायले  जनयुद्धको ऐतिहासिक योगदानलाई आत्मसात गर्दै आलोचनाबाट पाठ सिकेर आगामी दिनमा सशक्त समाज निर्माण गर्नु नै साँचो सम्मान हुनेछ।अन्यथा जसरी २०७४को संविधान सभासद हरु द्वार बनेको संविधान मस्यौदा जब पछाडि परेका बर्ग समुदाय हितमुखि देखेर जवरजस्त संविधान सभा बिघटन गराइएको थियो यस्तै  हालैको समाबेशी संविधान  जब माओवादी पार्टी कमजोर बन्दै जान्छ त्यति धेरै उत्पिडिनमा परेका नेपाली नागरिक रहेर पनि आफ्नो देसको महशुल गर्न नसकेका  तथा समाज र राज्य द्वारा पछाडि पारिएको समुदायको आवाज कमजोर बन्दै जानेछ यथास्थितिवादी र पुजीवादी सामन्तवादी हरु बलियो बन्नेछन् र संबिधानले दिएको अधिकार कसरी कटौती गर्ने भन्ने तर्फ  पुराना पार्टी हरु लाग्नेछन अत माओवादी पार्टी जनतामा निरन्तरता  दिने र श्रमजीवी वर्ग आमूल परिवर्तनको आसा राख्ने तथा पछाडि परेको  समुदायले माओवादी पार्टीलाई कसरी बलियो बनाउने भनेर सोच्नुपर्ने समय आएको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg