pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

१० वर्षे जनयुद्ध बारे छरिएको भ्रम र यथार्थ:- नवराज नेपाली

1735355248370-1735355256.jpg

      नेपाली समाजमा जात ,धर्म , वर्ण, लिङ्ग  र क्षेत्रको आधारमा शोषण र दमनको निरन्तरता  सयौं वर्ष देखि जक्डिएको थियो ।राजनीतिक पार्टीहरू नेपाली समाजमा  परिवर्तनको सपना देखाउने र सत्ता प्राप्ति पछि पुन पुरानै संरचना यथावत्  राख्ने र भएको बिकाशका गतिविधि तथा सरकारी कलकारखाना आफ्नो कार्यकर्ता भर्ती केन्द्र बनाउने तथा निजीकरणको नाममा धनाढ्य वर्गको हातमा सुम्पने र देस कंगाल बनाउन प्रेरित थियो । यिनै र यस्तै  पुरानो संरचनाको आडमा राज्य दोहन गर्ने हरुको बिरुद्ध  २०५२ सालमा नेकपा माओवादीको नाममा आरम्भ भएको नेपाली जनताको  जन संघर्षले देशको राजनीतिक, सामाजिक, र आर्थिक संरचनामा गहिरो प्रभाव पार्यो। यस आन्दोलनले मुख्यत: सामन्तवाद, पुँजीवाद, र राज्यको असमान संरचनाको विरुद्ध लड्दै उत्पीडित, दलित, आदिवासी, जनजाति, महिला, र मजदुर वर्गको उत्थानका लागि आवाज उठायो। यसको प्रभाव  २०६२/६३ को जनआन्दोलनलाई प्रेरित गर्दै संविधानसभा मार्फत गणतन्त्र स्थापनाको मार्ग प्रशस्त गर्‍यो। यसले नेपाललाई राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्न प्रेरित गर्‍यो।यो आन्दोलनले दलित, आदिवासी, जनजाति, महिला, र उत्पीडित समुदायको समानताको सवाललाई मुख्य राजनीतिक एजेन्डा बनायो। दलित समुदायको हक-अधिकार, आरक्षण, र समावेशी व्यवस्थाको सुरुवात यसै आन्दोलनको प्रमुख उपलब्धि हो। जनयुद्धमा महिलाको सहभागिता उल्लेखनीय थियो। ४० प्रतिशतभन्दा बढी महिलाले प्रत्यक्ष रूपमा युद्धमा सहभागिता जनाए। यसले महिलाको नेतृत्व विकास, उनीहरूको सामाजिक भूमिका, र राजनीतिक अधिकारमा सुधार ल्यायो ।आन्दोलनले सशस्त्र संघर्षमार्फत उत्पीडित समुदायलाई शोषण र विभेदविरुद्ध लड्न प्रेरित गर्‍यो। ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, र जनजागरणका कार्यक्रम सञ्चालन गरी सामाजिक जागरण ल्यायो। यी र यस्ता सकारात्मक परिवर्तनलाई स्विकार गर्न नसक्नेहरु  जनयुद्धलाई आलोचनात्मक रुपमा  जनयुद्धका क्रममा भएको हिंसाले हजारौं मानिसको ज्यान गयो भनी नकारात्मक प्रचारप्रसार गरि नयाँ पुस्तालाई माओवादी बिरुद्ध नकारात्मक सोच बनाउन उदृत छन माओवादीको क्रान्तिकारी राजनीतिक बिचारलाई आतंककारी कार्य भनी राज्यपक्षबाट माओवादीको नाममा हजारौं  परिवार टुहुरा बनायो हाल माओवादीको नाममा मात्रै थोपर्ने काम भएको छ । २०४६ पछि प्रजातन्त्रको नाममा राज्य दोहन गर्ने र देसमा परिवर्तनको कुनै एजेन्डा दिन नसकेका पार्टीले माओवादीको  ध्वंसात्मक गतिविधिका कारण  विकास निर्माणका संरचनाहरू (स्कूल, भवन, सडक) बिकास गर्न नसकेको भास्य खडा गर्न उद्दत छन,माओवादी आन्दोलनकोको सान्ति प्रक्रिया पछि जब २०६४ मा माओवादी पार्टी जब देसकै ठूलो पार्टी बन्न सफल भयो यो  देसमा गरिब सर्वहाराको निम्ति काम नभएको होइनन्  ३० हजार भन्दा कमको ऋण मिनाहा , पेसालाई आधुनिकीकरण गर्न तालिम संचालन ,स्वरोजगार कार्यक्रम ,भुमिहिन परिवारको डाटा संकलन  र यसैको आधारमा लालपुर्जा बितरण कार्यक्रम संचालित भएका छन । बिकाश निर्माणमा तिब्रता आएको छ ।माओवादी पार्टी २०६४ मा जब ठूलो पार्टी बन्यो यसको ठूलो जिम्मेवारी थियोे  माओवादी जनसेनाको पुन द्वन्द नहुने गरि दिर्घकालिन व्यवस्थापन त क्रान्तिकारी  राजनीतिक मुद्दा उठाएको कारण तथा आमूल परिवर्तनको एजेन्डालाई लिएको हुदा जसरि  पनि उत्पिडित वर्ग समुदाय र पछाडि परेका वर्ग समुदायको हितकर संबिधान बनाउन माओवादीको गहन जिम्मेवारी थियोे जसका निम्ति सरकारमा रहन अपरिहार्य थियोे यसलाई   जनयुद्धपछि माओवादी नेतृत्वले सत्ता केन्द्रित राजनीति गर्दै आन्दोलनका मूल उद्देश्य र आदर्शहरू कमजोर बनाएको आरोप लाग्यो माओवादी आन्दोलन जुन वर्ग (महिला ,जनजाति ,मधेसी ,दलित र पछाडि परेको क्षेत्र )हित अनुकूल कार्य गर्दै थियो त्यहि जनताले पुराना यथास्थितिवादी पार्टीलाई  साथदिदा २०७९मा माओवादी पार्टी तेस्रो पार्टी बन्न पुग्यो र माओवादीको मुद्दा लागुहुन झन गार्‍हो हुदै गएको पाईन्छ  ।जसका कारण  विशेषतः जनताको लागि आर्थिक र सामाजिक न्याय स्थापित गर्ने प्रतिबद्धता केही हदसम्म अपूरो रह्यो।सयौं वर्ष देखि  राज्य सत्ता वाट पछाडि परेको मधेसी , जनजाति  र बिकाशको हिसाबले पछाडि परेको क्षेत्रलाई समुदायको पहिचान र बाहुल्यताको आधारमा नेतृत्व हुनुपर्छ भन्ने माओवादीको  अवधारणालाई जातीय समानताको सवालभनेर नबुझी जनजाति ,मधेसी ,दलित सासंदहरु पुरानै यथास्थितिवादीहरुको पुच्छर बन्दा यो मुद्दा कमजोर बन्यो र  जातीय ध्रुवीकरण बढेको यसले समाजमा विभाजन ल्याएको आलोचना सहन माओवादी बाध्य भयो ।समग्र मूल्यांकन१० वर्षे जनयुद्धले नेपाली समाजको सोच, संरचना, र राजनीतिक प्रणालीलाई रुपान्तरण गर्ने ऐतिहासिक योगदान दियो। उत्पीडित समुदायले पहिलो पटक राज्यका संरचनामा आफ्ना आवाजलाई बलियो रूपमा प्रस्तुत गर्न सक्ने आधार प्राप्त गर्‍यो।तर, यो आन्दोलनले ल्याएका चुनौती र आलोचना पनि बेवास्ता गर्न मिल्दैन। हिंसात्मक रूपले परिवर्तनको मार्ग खोज्नु र पछि सत्ता केन्द्रित राजनीतिमा अल्झिनुले यस आन्दोलनका उद्देश्यहरूको दीर्घकालीन प्रभावमा केही हदसम्म नकारात्मक असर पारेको छ।अबको बाटो भनेको जनयुद्धका उपलब्धिहरूलाई संस्थागत गर्दै सामाजिक न्याय, समानता, र समृद्धिका लागि थप पहल गर्नु हो। महिला ,जनजाति, दलित ,तथा पछाडि परेको समुदायले  जनयुद्धको ऐतिहासिक योगदानलाई आत्मसात गर्दै आलोचनाबाट पाठ सिकेर आगामी दिनमा सशक्त समाज निर्माण गर्नु नै साँचो सम्मान हुनेछ।अन्यथा जसरी २०७४को संविधान सभासद हरु द्वार बनेको संविधान मस्यौदा जब पछाडि परेका बर्ग समुदाय हितमुखि देखेर जवरजस्त संविधान सभा बिघटन गराइएको थियो यस्तै  हालैको समाबेशी संविधान  जब माओवादी पार्टी कमजोर बन्दै जान्छ त्यति धेरै उत्पिडिनमा परेका नेपाली नागरिक रहेर पनि आफ्नो देसको महशुल गर्न नसकेका  तथा समाज र राज्य द्वारा पछाडि पारिएको समुदायको आवाज कमजोर बन्दै जानेछ यथास्थितिवादी र पुजीवादी सामन्तवादी हरु बलियो बन्नेछन् र संबिधानले दिएको अधिकार कसरी कटौती गर्ने भन्ने तर्फ  पुराना पार्टी हरु लाग्नेछन अत माओवादी पार्टी जनतामा निरन्तरता  दिने र श्रमजीवी वर्ग आमूल परिवर्तनको आसा राख्ने तथा पछाडि परेको  समुदायले माओवादी पार्टीलाई कसरी बलियो बनाउने भनेर सोच्नुपर्ने समय आएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...