Wednesday, 24 Apr, 2024
जीवनशैली

हेटौडामा 'सोनाम ल्होछार साँस्कृतिक महोत्सब' हुने

321524779_149467103768840-1672897978.jpg

पुष, हेटौडा - तामाङ समुदायको राष्ट्रिय पर्व २८५९ ह्योई/तावार ल्हो (बिरालो बर्ष) सोनाम ल्होछारको अवसरमा हेटौडामा 'सोनाम ल्होछार साँस्कृतिक महोत्सब' हुने भएको छ । बुधबार हेटौडामा पत्रकार सम्मेलन मार्फत नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर तामाङ कलाकार संघको संयुक्त आयोजनामा आगामी माघ ७ र ८ गते दुई दिन हेटौडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा ‘सोनाम ल्होछार साँस्कृतिक महोत्सब’ हुने भएको हो । कलाकार संघले ल्होछार साँस्कृतिक कार्यक्रमको मिति तय गरिसकेको थियो, कार्यक्रमलाई अझ बृहत बनाउन जिल्लाको तामाङ घेदुङको टिम सहित विभिन्न जातिय संघसंस्था संग मिलेर महोत्सबको रुपमा संयुक्त गर्ने अघि सारेको कलाकार संघका महासचिब रबिन्द्र थिङले बताउनु भयो । अब हामी बृहत रुपमा गएका छौ, तामाङ गीत संगीतमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरुको प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो । महोत्सब सफल बनाउन विभिन्न ९ उपसमितिहरु गठन गरिएको छ । आर्थिक समितिको संयोजकमा शुरेस लामा, प्रचार-प्रसार उपसमितिमा आत्माराम मोक्तान, मन्च ब्यबस्थापनमा सानु लामा दोङ, अतिथि सत्कारमा माया घलान, कलाकार ब्यबस्थापन उपसमितिमा बिक्रम लुङ्गबा, स्वयंम सेवक संयोजकमा सबिन मोक्तान, मायाको चिनो ब्यबस्थापनमा रबिन्द्र थिङ, झाँकी ब्यबस्थापनमा पाल्साङ लामा, र स्टल ब्यबस्थापनमा सुभाष लामा रहेको छ । दुई दिन सम्म चल्ने महोत्सबमा तामाङको मौलिक भेषभुषा सहित लामा, बोन्पो (झाक्री), ताम्बा, डम्फुरेको झाँक्री प्रदर्शन, भेषभूषा र मौलिक खानाका स्टलहरु रहने आयोजकले जनाएको छ । तामाङको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रबर्द्धन गर्दै तामाङ घेदुङ संघिय समितिको (ग्रेन दिम) भवन खरिद सहयोगार्थ महोत्सबको तयारी गरिएको घेदुङ मकवानपुरको जिल्ला कार्यबहाक अध्यक्ष कालु घलानले बताउनु भयो । त्यस्तै, कलाकार संघबाट भाग्यशाली उपहार कार्यक्रम राखेको छ । उपहार कार्यक्रम मार्फत उठेको रकम संघको भवन निर्माणमा शुरुवात गर्न खर्च गरिने अध्यक्ष धिरेन लामाले बताउनुभयो । पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङ मकवानपुरको कार्यबाहक अध्यक्ष कालु घलान, सचिब आत्माराम मोक्तान, सल्लाहकार जिबनमान मोक्तान, मकवानपुर तामाङ कलाकार संघको अध्यक्ष धिरेन लामा, महासचिब रबिन्द्र थिङ, सल्लाहकार सानु लामा दोङ, तामाङ युवा घेदुङ सघिय प्रशिक्षण बिभाग प्रमुख सबिन मोक्तान, तामाङ घेदुङ हेटौडा उपमहानगर समितिको अध्यक्ष भिमलाल सिन्तान, नेपाल तामाङ युवा घेदुङ्ग मकवानपुर अध्यक्ष सुनिल लोप्चन लगायतको सहभागी रहेको थियो ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
उद्योगहरुको बार्षिक प्रतिवेदन संकलन गर्न उद्योग मन्त्री श्रेष्ठको निर्देशन
1713889559948-1713889568.jpg

हेटौंडा / बागमती प्रदेशका उद्योग वाणिज्य, भूमी तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले हेटौंडा औद्योगिक क्षेत्रका...

थाहामा दलित मुक्तिमोर्चाको प्रशिक्षण सम्पन्न
1713884346617-1713884377.jpg

थाहा ११ बैशाख/नेकपा माओबादी केन्द्र निकट नेपाल दलित मुक्तिमोर्चाको थाहानगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न...

नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूले भेटे त्रिविमा नवनियुक्त रेक्टर तथा रजिस्ट्रार
FB_IMG_1713838457126-1713838578.jpg

देशभरका सामुदायिक क्याम्पसहरूको छाता संगठन नेपाल पब्लिक क्याम्पस संघका प्रतिनिधिहरूको टोलीले त्रिविका...

मकवानपुरमा माओवादी केन्द्रप्रति आकर्षण उत्साहजनक
1713836082365-1713836112.jpg

मकवानपुरको वागमती गाउँपालिकामा माओवादी केन्द्रप्रति आकर्षण बढेको छ । सोमबार विभिन्न पार्टी परित्याग गरि ४०...

मङ्गलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
1713781848549-1713781865.jpg

सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर शेख तमिम...

तिन दिने तरकारी खेती सम्बन्धि तालिमको समापन
1713714067866-1713714117.jpg

थाहा नगरपालिकाको मा व्यवसायिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ४...

पालुङ क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सम्पन्न
FB_IMG_1713624329874-1713624368.jpg

पालुङ बहुमुखी क्याम्पसको २१ औं वार्षिकोत्सव तथा परिषद भेला सप्पन्न भएको छ। क्याम्पस अध्यक्ष बिष्णु बिष्ट...

अगुवा कृषकहरुलाई व्यावसायिक तरकारी खेती तालिम बज्रवाराहीमा पनि
1713541537780-1713541565.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ६ गते देखि थाहा नगरपालिकाको वडा नम्बर...

थाहाका सामुदायिक बनका पदाधिकारी हरुलाई लेखा व्यवस्थापन तालिम
FB_IMG_1713524470172-1713524481.jpg

सामुदायिक बन उपभोक्ता महासंघ थाहा नगरपालिकाको आयोजना तथा थाहा नगरपालिकाको सहयोगमा थाहा नगर भित्र रहेका ...