pani-1786865868.jpg
Sunday, 01 Nov, 2026
worldlink1-1789963258.gif

बागमती प्रदेश

हेटौंडामा मनाईयो विश्व दुध दिवस

1748781417965-1748781433.jpg

मकवानपुर । हेटौंडामा ‘दुधको खपत बढाऔं, अर्थतन्त्रलाई सवल बनाऔं’ भन्ने मूल नाराका साथ २५ औंं विश्व दुध दिवस मनाईएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको अयोजनामा विश्व दुध दिवस मनाईएको हो ।

आईतबार बिहान बागमती प्रदेशको राजधानी हेटौंडा स्थित कृषि तथा पशुपंक्षी विकास मत्रालय बागमती प्रदेशको प्राङ्गण चौकीटोलदेखि सुरुभएको प्रभातफेरी ¥याली रोयल प्यालेस हेटौंडामा पुगेर सभामा परिणत भएको थियो ।


राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादबको अध्यक्षतामा भएको कार्यक्रम नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री अधिकारीले किसानको समस्या समाधान गर्नको लागि सरकार प्रतिवद्ध भएको र सबै पक्षबाट ईमान्दार प्रयास गरेर किसानका समस्या समाधान गर्नुपर्ने बताए ।

कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मत्रालय बागमती प्रदेशका सचिव बैकुण्ठ अधिकारी, बागमती प्रदेश पशु सेवा बिभागका महानिर्देशक डा. रामानन्द तिवारी, बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेशका उपाध्यक्ष हरिप्रसाद पौंडेल, केन्द्रीय दुग्ध सकारी संघका अध्यक्ष अम्बरबहादुर कुंवर, बरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा, महासचिव राम आचार्य, डेरी एसोसियसनका अध्यक्ष प्रल्हाद दाहाल, डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कडेंल लगायतको आतिथ्यता रहेको थियो ।


कार्यक्रममा बिभिन्न बिधामा उत्कृष्टता हाँसिल गरेका ब्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुका रुपन्देहीका यज्ञमूर्ति खनाल उत्कृष्ठ कृषकको रुपमा सम्मनित भएका छन् । उनले एक सय पचास भन्दा बढी गाई पालेर दैनिक ८०० लिटर भन्दा बढी दुध उत्पादन गरी बिक्री गर्दछन् ।
यसैगरी मा भवानी दुग्ध उत्पादक सहकारी संस्था र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ सम्मनित भएका छन् ।
त्यस्तै दुग्ध उद्योगी तर्फ नेपाल कृषि तथा दुग्ध विकास केन्द्र झापाका हेमचन्द्र खनाल, मोर्डन डेरी भक्तपुरका रामप्रसाद त्यात, अनमोल डेरी ईलामका गोविन्द खड्का सम्मानित भएका छन् ।
साथै टक्सार म्याग्जिनका पत्रकार रबि थापालाई सञ्चारकर्मी सम्मान र डेरी बिज्ञ मदन मोहन दाशलाई बिशेष सम्मान र मकवानपुर जिल्ला सहकारी संघलाई प्रशंशा पत्रसहित सम्मान गरिएको थियो ।


विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवम् जिविकोपार्जनमा पु¥याएको योगदानको मनन गर्दै दुधको उपयोगमा बृद्धि गर्न संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनले सन् २००१ जुन १ देखि विश्व दुध दिवस मनाउन थालेको हो । यसै सन्दर्भमा नेपालले पनि सन् २०११ देखि विश्व दुध दिवस मनाउन थालेको हो ।

दुध दिवस २०२५ राष्ट्रिय दुग्ध विकास बोर्डको साथै पशु सेवा बिभाग, प्रदेश दुग्ध विकास बोर्ड बागमती प्रदेश, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसियसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपंक्षी तथा मत्स्य सहकारी संघ, नेपाल डेरी साईन्स एसोसियसनको सहकार्यमा मनाईएको हो ।

1748781420611-1748781433.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
भीमफेदीको सोलाभन्ज्याङमा ‘उज्यालो संवाद’: सिंगो गाउँ उज्यालोमय
FB_IMG_1793419429045-1793419445.jpg

भीमफेदी, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित सोलाभन्ज्याङमा उज्यालो नेपाल पार्टीले...

चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg