pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल

1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना गरेको "संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवाल" बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । 

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षता र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा छलफल कार्यक्रम भएको हो ।


कार्यक्रममा सभामुख घिमिरेले संसदमा विचाराधिन रहेका निजामति कर्मचारी, प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयकहरू छिटो टुंगो लगाउने काममा लागिरहेको बताए ।
उनले संविधानले प्रदान गरेका अधिकार पूर्ण रुपमा प्रयोग गर्नसक्ने वातावरण अझै बन्न नसकेको गुनासो आइरहेको बताउदै संघीय निजामति सेवा ऐनको अभावले प्रशासनिक संघीयता कमजोर बनाएको जनगुनासो आएको पनि बताए । सभामुख घिमिरेले संविधानले अधिकार विकेन्द्रिकरण गरे पनि व्यवहारमा केन्द्रीकरण भएको बताए। 

शनिबार ललितपुरको स्टाफ कलेजमा आयोजना गरिएको कार्यक्रममा उपसभामुख ईन्दिरा राना, नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका नेता तथा शिक्षा समिति सभापति अमरबहादुर थापा, जसपा नेपालका प्रमुख सचेतक रेखा यादव, जनमत पार्टीका प्रमुख सचेतक अनिता देवी, नगरपालिका संघका अध्यक्ष भिम ढुंगाना, गाउँपालिका राष्ट्रिय महासंघका महासचिव खिमबहादुर थापा लगायतले आ-आफ्नो धारणा व्यक्त गरेका थिए। 
कार्यक्रममा नगर प्रमुखहरु, गाउँपालिका प्रमुखहरु, प्रदेश सभा सदस्यहरु लगायतले पनि आ-आफ्ना धारणा राखेका थिए । छलफल कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष तथा पुर्व सांसद डा. खिमलाल देबकोटाले प्रदेश तथा स्थानीय तहका सवाल  समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए भने ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले उक्त कार्यपत्र माथि टिप्पणी गरेका थिए। 

कार्यक्रममा बागमती प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपालकृष्ण न्यौपानेले स्वागत तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रमको सहजीकरण आयोजक संस्थाका कार्यक्रम निर्देशक तथा संविधानसभा सदस्य प्रह्लाद लामिछानेले गरेका थिए ।

1742719656753-1742719725.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...