pani-1786865868.jpg
Sunday, 01 Nov, 2026
worldlink1-1789963258.gif

बागमती प्रदेश

बागमतीका मुख्यमन्त्रीलाई काँग्रेसकै अविश्वास प्रस्ताव,चार जना मन्त्रीले राजिनामा दिए

FB_IMG_1753447134188-1753447239.jpg

बागमती प्रदेशका मुख्यमनत्री बहादुरसिंह लामा उपर अविश्वासको प्रस्ताव दर्ता भएको छ । संसदीय दलका नेता समेत रहेका नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका लामालाई उनकै पार्टी नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरुले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । बागमती प्रदेशमा नेपाली काँग्रेसका ३७ जना प्रदेश सभा सदस्यहरु रहेका छन् ।
यी मध्ये २१ जनाले संसदीय दलको नेताको रुपमा प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँलाई बनाउने गरी २१ जनाले अविश्वास पत्रमा हस्ताक्षर गरेका छन् । बहुमत सदस्यहरुले हस्ताक्षरित पत्रमा संसदीय दलको नेतासमेत इन्द्रबहादुर बानियाँ हुने उल्लेख भएकाले अबको मुख्यमन्त्रीका रुपमा इन्द्रबहादुर बानियाँ हुने सम्भावना देखिएको छ । 

करीब १ बर्षअघि बागमती प्रदेश सभा संसदीय दलको नेताको निर्वाचनमा बहादुरसिंह लामाले २१ र इन्द्रबहादुर बानियाँले १६ मत प्राप्त गरेका थिए । तर १ बर्षपछि सो परिणाम उल्टिएको छ । बर्तमान सरकारमा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेका ४ जना मन्त्रीहरुले केहीबेर अघि राजिनामा समेत बुझाएका थिए ।
राजिनामा बुझाएका मन्त्रीहरुले केन्द्रीय सभापति शेरबहादुर देउवासँगको भेटपछि राजिनामा बुझाएका हुन् । नेपाली काँग्रेस बागमती प्रदेशका बहुमत सदस्यहरुले पार्टीले नेतृत्व गरेको प्रदेश सरकारले सन्तोषजनक काम गर्न नसकेकाले अविश्वास प्रस्ताव ल्याउनु परेको दाबी गरेका छन् । 
बागमती प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले राजीनामा दिएका छन्।
पार्टी भित्रको आन्तरिक विवादका कारण उनीहरूले शुक्रवार राजीनामा दिएका हुन्।

शुक्रबार युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठले राजीनामा दिएका हुन्। अर्थ मन्त्री कुन्दन काफ्लेले भने राजीनामा दिएका छैनन्।

FB_IMG_1753447116319-1753447239.jpg
FB_IMG_1753447118394-1753447273.jpg
FB_IMG_1753447120531-1753447274.jpg
FB_IMG_1753447122557-1753447287.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
भीमफेदीको सोलाभन्ज्याङमा ‘उज्यालो संवाद’: सिंगो गाउँ उज्यालोमय
FB_IMG_1793419429045-1793419445.jpg

भीमफेदी, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित सोलाभन्ज्याङमा उज्यालो नेपाल पार्टीले...

चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg