pani-1786865868.jpg
Sunday, 01 Nov, 2026
worldlink1-1789963258.gif

बागमती प्रदेश

जलवायु सचेतना : समस्या र समाधानमा छलफल

1748963100263-1748963109.jpg

मकवानपुर । विश्व वातावरण दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार जलवायु परिवर्तन सम्बन्धी समस्या र त्यसका समाधानमा समुदायको भूमिकाबारे सशक्त छलफल गर्ने उद्देश्यले “जलवायु सचेतना : समस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास” विषयक प्यानल डिस्कसन कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले जलवायु संकटको प्रभाव न्यूनीकरणका लागि नीति निर्माण मात्र नभई समुदायस्तरबाट हुने सचेत प्रयासको महत्त्वपूर्ण भूमिका रहेको  उनले वातावरणमैत्री नीतिहरू पालिकाले बनाउँदै आएको र यसको दीगो परिणामको लागि स्थानीयस्तरको सहभागिता महत्त्वपूर्ण रहेको बताईन् ।
हेटौंडा उपमहानगरपालिकाका टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले हेटौंडामा टोलस्तरमा जनचेतना अभिवृद्धि, प्लाष्टिक न्यूनिकरण, हरियाली प्रवर्द्धन तथा फोहोर व्यवस्थापनमा भइरहेका प्रयासहरूबारे जानकारी दिए ।

अधिकारीले हेटौंडाका बासिन्दाले प्लाष्टिक प्रयोग घटाउने प्रतिबद्धता जनाउँदै ‘प्लाष्टिक मुक्त हेटौंडा २०८२’ अभियान सफल बनाउन आग्रह गरे ।

कार्यक्रममा वातावरणविद् डा. बलराम भट्टले वैज्ञानिक दृष्टिकोणबाट जलवायु परिवर्तनको प्रभाव र समाधानका उपायबारे प्रस्तुति दिँदै शिक्षा, प्रविधि र समुदायको समन्वय आवश्यक रहेको उल्लेख गरे।

त्यस्तै, ग्रिन एन्ड क्लिन सिटी सर्भिसेजका प्रमुख नवराज खतिवडाले निजी क्षेत्रको भूमिका र अनुभव साझा गर्दै हेटौंडामा फोहोरमैला व्यवस्थापनका क्रममा आइपर्ने व्यवहारिक चुनौती र समाधानमाथि प्रकाश पारे।

कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनका स्थानीय प्रभाव, नीतिगत कमजोरी, फोहोर व्यवस्थापनमा निजी र सार्वजनिक क्षेत्रको समन्वय, र युवाहरूको भूमिका सम्बन्धमा प्रश्नहरू राखी सरोकारवालासँग प्रत्यक्ष संवाद गरेका थिए।

कार्यक्रमको सहजीकरण अनन्त कुमार बाँनियाले गरेका थिए। समुदाय, स्थानीय सरकार, विज्ञ र निजी क्षेत्रबीचको समन्वयमार्फत हेटौंडालाई वातावरणमैत्री र जलवायु-संवेदनशील शहरका रूपमा स्थापित गर्न सकिने निष्कर्ष कार्यक्रमबाट निकालिएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका निर्देशक डा. भिम प्रसाद तिमल्सिना, वातावरण ईन्जिनियर चन्दा खड्का लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
भीमफेदीको सोलाभन्ज्याङमा ‘उज्यालो संवाद’: सिंगो गाउँ उज्यालोमय
FB_IMG_1793419429045-1793419445.jpg

भीमफेदी, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित सोलाभन्ज्याङमा उज्यालो नेपाल पार्टीले...

चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg