pani-1786865868.jpg
Thursday, 17 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

बागमती प्रदेश

जलवायु सचेतना : समस्या र समाधानमा छलफल

1748963100263-1748963109.jpg

मकवानपुर । विश्व वातावरण दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार जलवायु परिवर्तन सम्बन्धी समस्या र त्यसका समाधानमा समुदायको भूमिकाबारे सशक्त छलफल गर्ने उद्देश्यले “जलवायु सचेतना : समस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास” विषयक प्यानल डिस्कसन कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिनाकुमारी लामाले जलवायु संकटको प्रभाव न्यूनीकरणका लागि नीति निर्माण मात्र नभई समुदायस्तरबाट हुने सचेत प्रयासको महत्त्वपूर्ण भूमिका रहेको  उनले वातावरणमैत्री नीतिहरू पालिकाले बनाउँदै आएको र यसको दीगो परिणामको लागि स्थानीयस्तरको सहभागिता महत्त्वपूर्ण रहेको बताईन् ।
हेटौंडा उपमहानगरपालिकाका टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले हेटौंडामा टोलस्तरमा जनचेतना अभिवृद्धि, प्लाष्टिक न्यूनिकरण, हरियाली प्रवर्द्धन तथा फोहोर व्यवस्थापनमा भइरहेका प्रयासहरूबारे जानकारी दिए ।

अधिकारीले हेटौंडाका बासिन्दाले प्लाष्टिक प्रयोग घटाउने प्रतिबद्धता जनाउँदै ‘प्लाष्टिक मुक्त हेटौंडा २०८२’ अभियान सफल बनाउन आग्रह गरे ।

कार्यक्रममा वातावरणविद् डा. बलराम भट्टले वैज्ञानिक दृष्टिकोणबाट जलवायु परिवर्तनको प्रभाव र समाधानका उपायबारे प्रस्तुति दिँदै शिक्षा, प्रविधि र समुदायको समन्वय आवश्यक रहेको उल्लेख गरे।

त्यस्तै, ग्रिन एन्ड क्लिन सिटी सर्भिसेजका प्रमुख नवराज खतिवडाले निजी क्षेत्रको भूमिका र अनुभव साझा गर्दै हेटौंडामा फोहोरमैला व्यवस्थापनका क्रममा आइपर्ने व्यवहारिक चुनौती र समाधानमाथि प्रकाश पारे।

कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनका स्थानीय प्रभाव, नीतिगत कमजोरी, फोहोर व्यवस्थापनमा निजी र सार्वजनिक क्षेत्रको समन्वय, र युवाहरूको भूमिका सम्बन्धमा प्रश्नहरू राखी सरोकारवालासँग प्रत्यक्ष संवाद गरेका थिए।

कार्यक्रमको सहजीकरण अनन्त कुमार बाँनियाले गरेका थिए। समुदाय, स्थानीय सरकार, विज्ञ र निजी क्षेत्रबीचको समन्वयमार्फत हेटौंडालाई वातावरणमैत्री र जलवायु-संवेदनशील शहरका रूपमा स्थापित गर्न सकिने निष्कर्ष कार्यक्रमबाट निकालिएको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका निर्देशक डा. भिम प्रसाद तिमल्सिना, वातावरण ईन्जिनियर चन्दा खड्का लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता आयोजना हुँदै
FB_IMG_1789565281078-1789565407.jpg

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा ‘बृहत् चन्द्रागिरि नगरव्यापी बाँसुरी प्रतियोगिता तथा...

खानीगाउँको कालिकादेवी प्राविको वातावरणमैत्री विद्यालय भवन हस्तान्तरण
FB_IMG_1789556186421-1789556201.jpg

थाहा नगरपालिका–१, खानीगाउँमा अवस्थित कालिकादेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको...

थाहा लगायत ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण
FB_IMG_1789479298065-1789479310.jpg

मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।...

थाहामा हरितालिका तीज भब्य रुपमा मनाइयो
1789458972113-1789459561.jpg

नेपालीहरुको महान पर्व हरितालिका तीज थाहा नगरपालिकामा पनि भव्य रुपमा मनाईएको छ।हिजो भाद्र २९ गते थाहा...

कालभैरवको मुखबाट छ्याङदेखि लाखेको नाचसम्म, पालुङमा भव्य इन्द्रजात्रा
FB_IMG_1789221347711-1789225535.jpg

थाहा नगरपालिका–२ पालुङमा आगामी असोज ९ र १० गते भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने भएको छ। पालुङ...

पालुङमा भव्य इन्द्रजात्रा हुँदै, नेवा फुड फेस्टिवलसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने
FB_IMG_1789221301746-1789221702.jpg

पालुङ नेवाः संस्कृति सम्पदा संरक्षण गुठीको आयोजनामा पालुङमा भव्य इन्द्रजात्रा (इन्हा पुन्हि) २०८३ आयोजना हुने...

त्रिभुवन राजपथमा लापसे गरी ट्रक चलाउने हुसेन पक्राउ
FB_IMG_1789211443614-1789211717.jpg

मकवानपुर प्रहरीले लागूऔषध सेवन गरी ट्रक चलाएको आरोपमा रुपन्देहीको रोहिणी गाउँपालिका–६ का २६ वर्षीय साह...

नेपाली पहिचान झल्काउने हस्तकलाको उत्पादनमा आर.के. मेटल ह्याण्डिक्राफ्ट्सको बढ्दो योगदान
FB_IMG_1789189801205-1789189813.jpg

मकवानपुर । पछिल्लो समय नेपाली मौलिकता, संस्कृति र पहिचान झल्काउने हस्तकलाका सामग्रीप्रति नेपाली बजारमा आकर्षण...

नौखण्डेमा १२ चक्के ट्रक सडकबाट खस्यो, चालक घाइते
FB_IMG_1789180900682-1789187094.jpg

थाहा । त्रिभुवन राजपथअन्तर्गत थाहा नगरपालिका–११ नौखण्डेमा आज बिहान १२ चक्के ट्रक सडकबाट तल खस्दा चालक घाइते...