Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

स्वच्छन्द भैरव डोजोको दमदार प्रदर्शन, राष्ट्रिय करातेमा तेस्रो स्थान

FB_IMG_1769433573540-1769433668.jpg

नेपाल सितोरियो कराते संघ अन्तर्गत इलाइट कराते ट्रेनिङ सेन्टरद्वारा आयोजित इलाइट कराते खुल्ला राष्ट्रिय प्रतियोगिता २०८२ मा थाहा नगरपालिकाको स्वच्छन्द भैरव डोजो उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ।
दशरथ रंगशालामा माघ ११ र १२ गते सम्पन्न प्रतियोगितामा देशभरबाट करिब १८ सय खेलाडी सहभागी थिए। सो प्रतियोगितामा स्वच्छन्द भैरव डोजोले ३ स्वर्ण, १ रजत र ४ कास्य पदक जित्दै समग्रमा तेस्रो स्थान सुरक्षित गरेको प्रशिक्षक रोशन बलामीले जानकारी दिए।
पदक विजेताहरूमध्ये भुमिका बलामीले काता विधातर्फ स्वर्ण पदक जितिन् भने ४० केजि तौल समूहमा रजत पदक हात पारिन्। त्यसैगरी ५० केजि तौल समूहमा करन गमालले स्वर्ण, ६० केजि तौल समूहमा निशान बलामीले पनि स्वर्ण पदक जित्न सफल भए।
पुरुषतर्फ अर्जुन गमालले १३ वर्ष उमेर समूहमा कास्य पदक जित्दा महिलातर्फ सुजता विश्वकर्माले कास्य पदक हात पारिन्। यस्तै, ६० केजि महिला तौल समूहमा संगिता मोक्तान र ५५ केजी तर्फ प्रेरणा गोलेले पनि कास्य पदक जितिन्।
स्वच्छन्द भैरव डोजोको यस सफलताले थाहा नगरपालिकाको खेलकुद क्षेत्रमा उत्साह थपिएको बताउदै  आगामी प्रतियोगिताका लागि खेलाडीहरूलाई थप प्रेरणा मिलेको थाहा नगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तानले बताए।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...