himalen-2083-1778725505.jpg
Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

स्थानीय निर्वाचन प्रचार योजना र महत्व
महेश्वर दाहाल

Maheswar-article-1650347794.jpg

स्थानीय तहको निर्वाचन सन्निकट छ । यसबारे पार्टीले सफल र सशक्त प्रचार योजना निर्माण गर्न ढिला भइसकेको छ । एकातिर समाजवादको आधार निर्माण गर्ने भूमिकामा रहेको माओवादी केन्द्र, सँगै बाम–लोकतान्त्रिक गठबन्धन, अर्कोतिर भएका उपलब्धि पनि नामेट पार्न लागेका केपी ओलीको वरिपरि केन्द्रीकृत भएका प्रतिगामी शक्तिहरू ! त्यसैले स्थानीय निर्वाचन मुख्यतः अग्रगामी र प्रतिगामीबीचको लडाइँ हो । निर्वाचनमा माओवादी केन्द्रसहितका अग्रगामीहरू हावी हुन के हुन सक्छ त प्रभावकारी प्रचार योजना ? छलफल, सुझाव र परिस्करणको अपेक्षासहित केही प्राथमिकता र त्यसको राजनीतिक महत्वबारे उल्लेख गर्दछु ।

१) सैद्धान्तिक तथा राजनीतिक काम  :

पहिलो, निर्वाचनको तयारीलाई केन्द्रका राखेर सबै कामलाई व्यवस्थित गर्ने हो । त्यसका लागि प्राथमिक काम पार्टी पंक्तिमा सैद्धान्तिक अध्ययन तथा छलफलमै जोड दिनु हो । पार्टीको हालै सम्पन्न महाधिवेशनले पारित गरेका विचारहरुलाई स्थापित र कार्यान्वयन गर्नका लागि स्थानीय तहमा राजनीतिक प्रशिक्षण तीब्र बनाउनु पर्छ । त्यस प्रशिक्षणमा माओवादी केन्द्रनिकट पत्रकारहरुलाई विशेष प्राथमिकतासहित समावेश गराउनु पर्छ । पार्टीको विचार र नेतृत्वलाई स्थापित गर्न तथा गलत विचारको विरोध गर्न एकीकृत ढंगले मिडिया परिचालन गर्नुपर्छ । यसका लागि आफ्नै मिडियाको व्यवस्थित परिचालन र सामाजिक सञ्जालको उपयोग गर्नुपर्छ ।

क) आफ्नै मिडियाको व्यवस्थित परिचालन :

हामीले हाम्रो विचार र हाम्रो नेतृत्वलाई विश्वास गर्नुपर्छ । मुलतः आफ्नै शक्ति र क्षमतामा भर गर्नुपर्छ । देशभरिका हाम्रा साथीहरुले लगानी गरेका र हामीलाई माया गर्नेहरुले चलाएका मिडियाहरू संख्यात्मक हिसाबले निकै प्रभावकारी भइसकेका छन् । मिडियामात्र सशक्त भएको होइन हाम्रा पत्रकारहरुको संख्या पनि उल्लेख्य निर्माण भइसकेको छ । हामीले हाम्रा मिडियालाई प्राथमिकता दिएर परिचालन गर्ने, हाम्रा निकटकासँग सहयोग लिने र ठूला लगानीका कर्पाेरट मिडियाका सञ्चालकहरुसँग अध्यक्षसहित नेतृत्वबाट नै निरन्तर सम्वाद बढाउने गर्नुपर्छ । सबै मिडियामा कार्यरत पत्रकारहरुसँग अन्तरक्रिया तीव्र बनाउन आवश्यक छ । विपक्षीहरुले चलाएका वा चलाउने भ्रम चिर्न यस्ता अन्तरक्रियाको विशेष महत्व छ ।

हामीले आफ्ना मिडिया परिचालनका लागि स्थायी संयन्त्र बनाउनुपर्छ । सामग्री उत्पादन र सम्प्रेषणका लागि देशभरका साथीहरूबीच नियमित सल्लाह र सरसहयोग आवश्यक छ । मोफसलबाट उठाइएका महत्वपूर्ण सामग्रीलाई देशभित्र वा वाहिर स्थापित गर्न जोड गर्नुपर्छ । हामीले भित्ते लेखन, पर्चा, पम्प्लेटमार्फत् समेत प्रचार अभियान चलाउनु आवश्यक छ ।

उच्च प्रविधि अपनाउँदा हामीले परम्परागत प्रचार अभियानलाई बिर्सने गल्ती गर्नु हुँदैन । खासगरी जनतासँग भौतिक रूपमा नै एकाकार भएर गरिने प्रचारको तरिकामा हामीले विशेष जोड दिनुपर्छ । हामीले ‘कनेक्सन’भन्दा ‘रिलेशन’लाई प्राथमिकता दिनुपर्छ । उच्च प्रविधिको आफ्नै विशिष्ट महत्व छ तर प्रविधिमा मात्रै रुमल्लिएर हामीले जित्न सक्तैनौं । निर्वाचनको यो विशेष अभियानमा हामी उच्च प्रविधिको प्रयोगबाट भाग्न सक्तैनौं र भाग्न मिल्दैन पनि ।

ख) सामाजिक सञ्जालको उपयोग :

चुनावी प्रचारका परम्परागत माध्यमबाहेक अहिले सामाजिक सञ्जालले पनि निर्वाचनमा महत्वपूर्ण भूमिका खेल्न थालेको छ । सामाजिक मिडिया अब दोहोरो संवादको साधनको रूपमा उदाएको छ । यसले राजनीतिक अभियानमा अनिवार्य उपस्थिति दर्ज गराएको छ । पछिल्लो एक दशकमा सामाजिक सञ्जालले राजनीतिक दलहरूको सक्रियतामा ठूलो हलचल ल्याएको छ । निर्वाचनको अभियानमा मात्र होइन कलरफूल (रङ्गविरङ्गी) आन्दोलनमा समेत इन्टरनेट वा प्रविधिको प्रयोगले बढी सहयोग पु¥याएको पाइन्छ । आइटीको प्रयोगले केही देशका रङ्गविरङ्गी आन्दोलनमा सफलता समेत प्राप्त भएको देखिन्छ ।

साम्राज्यवादी, विस्तारवादी वा सर्वसत्तावादी केन्द्रमा सामाजिक मिडियाले सकारात्मक प्रभाव पार्नु आम श्रमजीवी जनताको खुशीको कुरा पक्कै होइन तर श्रमजीवी पक्षधरहरूले पनि सामाजिक मिडियालाई आफ्नो हित अनुकूल प्रभावकारी उपयोग गर्न पहल गर्नुपर्छ । सूचना प्रविधिमा हुँदै गएको अकल्पनीय विकासले सार्वजनिक हितमा निकै ठूलो चुनौती बढाइदिएको छ । साना देशहरूमा यस चुनौतीहरूको सामना गर्ने क्षमता देखिदैन । यसका पूर्वाधार खडा गर्न नै समस्या उत्पन्न भएको छ । प्रविधिबाट सफलता पाएकाहरूका लागि पनि सोही प्रविधिले हानी पु¥याउन सक्ने जोखिम बढेको छ । फेसबुकसहित विदेशी स्वामित्वमा रहेका सामाजिक सञ्जालले नेपाल जस्ता देशमा लोकतन्त्रसहित संस्कृतिमाथि समेत गम्भीर समस्या उत्पन्न गरिरहेको छ ।

फेसबुकसहितका सामाजिक सञ्जालले पार्ने नकारात्मक प्रभाव त छदैछ तर तत्काल पार्ने नकारात्मक प्रभाव र परिणामबाट जोगिन यसको सचेत रुपमा प्रयोग भने गर्नैपर्छ । हाम्रो जस्तो देशमा यो गलत हो तर यसबाट तत्काल भाग्न सक्ने अवस्था छैन । यसैले तल बुथसम्म नै आम जनतासम्म जोडिने गरी संयन्त्र बनाउन सक्नुपर्छ । जसले पार्टी र गठबन्धनको पक्षमा प्रचार र विपक्षीको भ्रमलाई तत्काल चिर्न सकियोस् ।

२) सांगठानिक काम :

माओवादी आन्दोलनमा जोडिएका, माओवादीनिकट पत्रकारहरुलाई संगठनमा जोड्न विशेष पहल बढाउनै पर्छ । निर्वाचनको अभियानसँगै संगठन विस्तारमा जोड गर्ने र प्रचार कार्यमा सबैलाई सक्रिय बनाउने गरी संयन्त्र निर्माण गर्ने काम नै आजको मूल संगठनात्मक काम हो । त्यससँगै प्रतिगामीहरू विरुद्ध र चुनावी गठबन्धनमा रहेका दल निकट पत्रकारहरुलाई समेटेर केन्द्रदेखि स्थानीय तहसम्म संयुक्त मोर्चा बनाउने, त्यस मोर्चाको आचारसंहिता नै निर्माण गरेर त्यस अनुरुप प्रचारका लागि अभियान नै निर्माण गर्ने काममा हामी जुट्नुपर्छ ।

चुनावी प्रचारलाई एउटा अभियानका रुपमा अगाडि बढाउनका लागि माओवादी केन्द्रसहितका गठबन्धनका सकारात्मक कामलाई स्थापित गर्नैपर्छ । ओली र उनलाई केन्द्र मान्नेहरूको प्रतिगामी कामको भण्डाफोर अभियानलाई व्यवस्थित गर्ने र संसद विघटन, प्रेसमाथि नियन्त्रण गर्न गरिएका प्रयासहरूलाई प्रभावकारी ढङ्गले उठाउने काममा लगातार लाग्नुपर्छ । कोभिडको महामारीमा समेत ओम्नी लगायतलाई ठेक्कामा अगाडि सारेर कात्रोमा समेत कमिशन खाने हर्कतको विरोध गर्नैपर्छ । ओलीले नेतृत्व गरेको दुई तिहाइको सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका पक्षमा काम गर्न चुकेको मात्र होइन, समाजलाई उल्टो दिशामा लगेको विषयलाई जनतामा स्थापित गर्नुपर्छ ।

वाम पार्टी फोरेर प्रतिगामी र विदेशी शक्ति केन्द्रसँग आत्मसमर्पण गरेको, भारतीय संस्थापन पक्षसँग मिलेर नेपाललाई हिन्दु राष्ट्र बनाउन सक्रिय भएको, आफूलाई कम्युनिस्ट बताउनेले पौराणिक कथा, जसको वैज्ञानिक तथ्य र प्रमाण छैन, राम चितवनमा जन्मेको जस्ता कुरा उठाएर धार्मिक भावनालाई भड्काउन खोजेको, समावेशी, समानुपातिक, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता उपलब्धि अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएकाले प्रचण्डलाई कमजोर बनाउन, प्रतिक्रान्तिको झण्डा प्रचण्डको निर्वाचन क्षेत्रमा नै उठाउन राम र अयोध्याको प्रसंग ल्याएर देशीविदेशी प्रतिक्रियावादीहरूले अभियान नै चलाएको सहजै बुझ्न सकिन्छ । आफूलाई कम्युनिष्ट भन्ने र कम्युनिष्टको एक घटकका अध्यक्ष केपी ओलीको काँधमा बन्दुक राखेर अर्काे कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डका विरुद्ध साम्राज्यवादी शक्तिले जनताको धार्मिक, साँस्कृतिक मनोविज्ञानमा खेलेर घृणा पैदा गराउने, धार्मिक हिंसा गराउने, प्रतिक्रान्ति गर्ने गुरुयोजना रचेकोे यथार्थलाई हामी माक्र्सवादीहरुले सहजै विश्लेषण गर्न सक्छौं ।

चुच्चे नक्सा ल्याउन आनाकानी गरेको, यसलाई पाठ्यपुस्तकमा समावेश गर्न इन्कार गरेको, पछि भारतीय गुप्तचर ‘रअ’का प्रमुखलाई प्रम निवासमा बोलाएर गोप्य मन्त्रणा गरेको, यती, गोकर्ण, बतासकाण्डमा सेटिङ गरेको जस्ता ओली सरकारका गलत कामको फेहरिस्त लामा छन् । एमसीसीका सम्बन्धमा एमालेले कांग्रेसले भन्दा बढी आत्मसमर्पण गरेको र त्यो पास गराउन उसले खेलेको भूमिकालाई जनतालाई स्पष्ट पार्न सक्नुपर्छ । आधारभूत वर्ग र समुदायलाई स्पष्ट पार्न, खासगरी यो वर्गको पक्षमा माओवादी केन्द्रले लडेको कुरा स्पष्ट पार्न स्थानीय भाषामा सामग्री उत्पादन गरेर प्रचार प्रसार गर्न आवश्यक छ ।

निश्कर्ष :

निर्वाचन प्रचारको सन्दर्भमा मुलतः हामीले सैद्धान्तिक, राजनीतिक, सांगठनिक र संघर्षसम्बन्धी कामलाई एकीकृत रुपमा अगाडि बढाउनुपर्छ । क्रान्तिकारी आदर्श र कार्यशैलीको पुनरुत्थानमा विशेष जोड गर्नुपर्छ ।

जुनसुकै राजनीतिक अभियान सफल बनाउन मिडिया अपरिहार्य हो । राजनीतिक दलले बनाएका विचार, एजेण्डा प्रवाह र स्थापित गर्ने काम मिडियाले नै राम्ररी गर्न सक्छ । समयसँगै विकसित भएको मिडियाको प्रयोग र परिचालनमा सिपालु शक्ति र व्यक्तिले नै आफ्नो पक्षमा परिणाम ल्याउने सम्भावना बढी हुन्छ ।
पार्टी र गठबन्धनको पक्षमा निर्वाचन प्रचार गरेर जनतासम्म पुग्नका लागि सबै मिडियालाई एकीकृत, केन्द्रीकृत रुपमा अधिकतम उपयोग गर्न सक्नुपर्छ । इन्टरनेटको माध्यमबाट सोशल मिडियाका विभिन्न प्लेटफर्मको उपयोग आवश्यक छ । प्रचार अभियान चलाउनका लागि फेसबुक, ह्वाट्सएप, भाइबर, ट्विटर, टिकटक आदिलाई पूर्ण उपयोग गर्नुपर्छ ।

जुनसुकै तरिका र प्रविधिको प्रयोग भए पनि त्यसको पहिलो काम भनेको पार्टी र गठबन्धनको सकारात्मक एजेण्डा स्थापित गर्ने हो । दोस्रो, विरोधीको गलत प्रचारको खण्डन गर्ने र तेस्रो उनीहरुको गलत क्रियाकलापको विरोध गर्ने हो । चुनावी प्रचारप्रसार चुनावको परिणामका लागि निर्णायक हुँदैन तर सहायक भने हुनेछ । चुनावी जुलुस मतसंख्यामा बदलिदैन तर यसले सकारात्मक माहौल भने अवश्य बनाउँछ भन्ने बोध सबै नेता कार्यकर्ताहरुलाई गराउन सक्नुपर्छ । समय छोटो छ तर सामूहिक पहल र सक्रियता हुने हो भने प्रचारमात्र होइन चुनावी परिणामलाई पनि माओवादी केन्द्र र गठबन्धनको पक्षमा ल्याउन सकिन्छ ।

गाउँ गाउँमा सिंहदरबार पु¥याएर स्थानीय तहलाई बलियो बनाउने, समानुपातिक र समावेशीको मुद्दालाई राज्य तह र दलहरुमा कार्यान्वयनका लागि माओवादीको बलिदानीपूर्ण संघर्ष र पहल नै मुख्य भएकाले जसको नीति, उसैको नेतृत्वका लागि जनतालाई विनम्रतापूर्वक विशेष अनुरोध गर्नुपर्छ ।

राजनीतिक मुद्दालाई छायाँमा पारेर गरिने विकास लगायतका अन्य कुराले धेरै महत्व राख्दैन । बदलिएको राजनीतिक परिवेशलाई मध्यनजर गरेर नेपालको विशेषतासहितको समाजवादको स्थापनाका लागि नयाँ ढंगको अभियान सिर्जना गर्न सक्नुपर्छ । देशको राजनीतिक शक्ति सन्तुलनको अहिलेको विशिष्टतामा घोर प्रतिगामी र घोर राष्ट्रिय आत्मसमर्पणवादीका विरुद्धको मोर्चा बनाउनु एउटा बाध्यता हो तर माओवादी केन्द्र परम्परागत संसदवादी शक्तिको पुच्छर वा सहयात्री होइन र हुनु हुँदैन भन्ने कुरालाई जनतामा स्थापित गरिरहनु पर्छ ।

(लेखक माओवादी केन्द्रका प्रचार तथा प्रकाशन विभागका उप प्रमुख हुन्।) 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg