jkmv-english-1784299234.jpg
Sunday, 16 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

जीवनशैली

सोह्रश्राद्धमा पुरोहितको अभाव

Untitled-1-(1)-1696560221.jpg

 सोह्रश्राद्धको समयमा पूर्वी मोरङमा गुरुपुरोहितको अभाव हुन थालेको छ । संस्कृत माध्यमिक विद्यालयलाई साधारण माविमा परिवर्तन गर्ने र गुरुकुलहरू आर्थिक सङ्कटले सञ्चालन हुन नसकेपछि गुरुपुरोहितको अभाव हुन थालेको हो । गुरुपुरोहित उत्पादन गर्ने अध्ययन केन्द्र नै मासिएपछि काम परेका बेला मात्र गुरुपुरोहित खोजेर नहुने पण्डितहरू बताउनुहुन्छ । 

अरू समयमा खासै कामको चाप नभए पनि सोह्रश्राद्धको समयमा गुरुपुरोहितको अभाव हुने गरेको कानेपोखरी–६ का पण्डित दयाराम सुवेदीले बताउनुभयो । यो बेला कुनै गुरुलाई जुठो प¥यो वा बुवाआमाको मृत्यु भएर किरियामा बस्नु प-यो भने दुई जना गुरु त्यतै बाँधिनुहुन्छ । त्यस्तो अवस्थामा भएका अरू गुरुमा अझ दायित्व थपिन्छ । उहाँले भन्नुभयो, “तीन तहका सरकार छन् । अनेक खालका तालिममा लाखौँ रुपियाँ खर्च गर्छन् तर, कर्मकाण्ड प्रशिक्षणका लागि राज्यको सहयोग छैन ।” 

तिजको पञ्चमी पूजा, स्वस्थानीको पूजाका बेला पनि गुरुपुरोहितको अभाव हुने पूर्वी मोरङका उर्लाबारी, पथरीशनिश्चरे, कानेपोखरीलगायतका पालिकामा सोह्रश्राद्धको समयमा गुरु पुरोहितको अभाव हुने गरेको यजमानहरूको भनाइ छ । पितृ पक्षमा हुने सोह्रश्राद्ध सिपालु गुरुहरूले गराउँदा पनि कम्तीमा चार घण्टा लाग्ने गर्छ । सोह्रश्राद्ध मध्याह्न कालमा सुरु गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । पूर्वीय धार्मिक मान्यता अनुसार पितृपक्षमा एक जना गुरुले एक दिनमा एउटाभन्दा बढी श्राद्ध गर्नु वर्जित मानिन्छ तर गाउँमा मात्र होइन छिमेकी गाउँमा पनि गुरुपुरोहितको अभाव भएपछि शास्त्रीय मान्यताविपरीत गुरुहरू एक दिनमा तीन वटासम्म श्राद्ध गर्न बाध्य भएका छन् । 

पूर्वीय शास्त्रहरूमा एक जना गुरुले एकै दिन एकभन्दा बढी श्राद्ध गराउन नमिल्ने कुरा थाहा भए पनि कानेपोखरी–७ का गुरु कुवेरप्रसाद दाहाल यजमानले बोलाएपछि श्राद्ध गराउनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कोही गुरु पाइनँ, मेरो बाबुको श्राद्ध तपाइँले गराइदिनै प¥यो भन्दै यजमानहरू आउँछन् । गर्न भ्याउँदिन, दुई ठाउँमा गर्नु हँुदैन भन्दा पनि यजमानहरू मान्दैनन् ।” एकाघरमा बसेका दाजुभाइहरू छुट्टिएर बसेपछि दाजुभाइ सबैलाई बेग्लाबेग्लै पुरोहित चाहिन्छ । दाजुभाइ छुट्टिने व्रmम रोकिएको छैन । नयाँ पुस्तामा गुरुपुरोहित उत्पादन भएका छैनन् । जसले गर्दा एउटै बाबुको श्राद्धका लागि धेरै जना गुरुको आवश्यकता पर्न थालेको दाहालको भोगाइ र बुझाइ छ । उहाँले दैनिक तीन वटासम्म श्राद्ध गरिरहेको बताउनुभयो । पूर्णिमादेखि औँसीसम्मका सबै तिथिमा बुकिङ भएको उहाँको भनाइ छ ।  

पथरीशनिश्चरे–३ का चिरञ्जीवी गौतमले भन्नुभयो, “दैनिक तीन चार जना निमन्त्रणा गर्न आउनुहुन्छ । पूर्वीय सनातनी परम्परा अनुसार दसैँ आउनुअघि आफ्ना पितृलाई नसम्झिए बिघ्नबाधा आउने मान्यता छ ।” समय जति आधुनिक भए पनि आफ्ना पितृको सम्झनामा श्राद्ध गर्नेको सङ्ख्या विगतको तुलनामा घटेको छैन, बरु बढेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले श्राद्ध पनि धुमधामका साथ गर्ने चलन आएको उहाँको बुझाइ छ । मानिस अरूबेला नास्तिक जस्तो देखिए पनि सोह्रश्राद्धमा आस्तिक भएका छन् । गौतमले श्राद्ध गराई माग्न आउने सबै यजमानको घरमा पुगेर श्राद्ध गराइदिने गरेको बताउनुभयो । 

नयाँ गुरु थपिएका छैनन् । पुरानाहरू कतिपयको मृत्यु भइसकेको छ । कतिपय गराउन सक्दैनन् । त्यसैले पनि सक्नेहरूलाई कामको बोझ थपिएको उर्लाबारीका गुरु राजु काफ्लेले बताउनुभयो । पथरीशनिश्चरे–९ का विदुर भट्टराई तीन वर्षअघि खोटाङबाट तराई झर्नुभएको हो । पहिलो वर्ष मात्र उहाँले यजमान पाउनुभएन । त्यसपछि भट्टराई पनि छिमेकी पालिकासम्म पुगेर गुरुको अभाव टारिरहनुभएको छ । 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...