Friday, 03 May, 2024
जीवनशैली

सोह्रश्राद्धमा पुरोहितको अभाव

Untitled-1-(1)-1696560221.jpg

 सोह्रश्राद्धको समयमा पूर्वी मोरङमा गुरुपुरोहितको अभाव हुन थालेको छ । संस्कृत माध्यमिक विद्यालयलाई साधारण माविमा परिवर्तन गर्ने र गुरुकुलहरू आर्थिक सङ्कटले सञ्चालन हुन नसकेपछि गुरुपुरोहितको अभाव हुन थालेको हो । गुरुपुरोहित उत्पादन गर्ने अध्ययन केन्द्र नै मासिएपछि काम परेका बेला मात्र गुरुपुरोहित खोजेर नहुने पण्डितहरू बताउनुहुन्छ । 

अरू समयमा खासै कामको चाप नभए पनि सोह्रश्राद्धको समयमा गुरुपुरोहितको अभाव हुने गरेको कानेपोखरी–६ का पण्डित दयाराम सुवेदीले बताउनुभयो । यो बेला कुनै गुरुलाई जुठो प¥यो वा बुवाआमाको मृत्यु भएर किरियामा बस्नु प-यो भने दुई जना गुरु त्यतै बाँधिनुहुन्छ । त्यस्तो अवस्थामा भएका अरू गुरुमा अझ दायित्व थपिन्छ । उहाँले भन्नुभयो, “तीन तहका सरकार छन् । अनेक खालका तालिममा लाखौँ रुपियाँ खर्च गर्छन् तर, कर्मकाण्ड प्रशिक्षणका लागि राज्यको सहयोग छैन ।” 

तिजको पञ्चमी पूजा, स्वस्थानीको पूजाका बेला पनि गुरुपुरोहितको अभाव हुने पूर्वी मोरङका उर्लाबारी, पथरीशनिश्चरे, कानेपोखरीलगायतका पालिकामा सोह्रश्राद्धको समयमा गुरु पुरोहितको अभाव हुने गरेको यजमानहरूको भनाइ छ । पितृ पक्षमा हुने सोह्रश्राद्ध सिपालु गुरुहरूले गराउँदा पनि कम्तीमा चार घण्टा लाग्ने गर्छ । सोह्रश्राद्ध मध्याह्न कालमा सुरु गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । पूर्वीय धार्मिक मान्यता अनुसार पितृपक्षमा एक जना गुरुले एक दिनमा एउटाभन्दा बढी श्राद्ध गर्नु वर्जित मानिन्छ तर गाउँमा मात्र होइन छिमेकी गाउँमा पनि गुरुपुरोहितको अभाव भएपछि शास्त्रीय मान्यताविपरीत गुरुहरू एक दिनमा तीन वटासम्म श्राद्ध गर्न बाध्य भएका छन् । 

पूर्वीय शास्त्रहरूमा एक जना गुरुले एकै दिन एकभन्दा बढी श्राद्ध गराउन नमिल्ने कुरा थाहा भए पनि कानेपोखरी–७ का गुरु कुवेरप्रसाद दाहाल यजमानले बोलाएपछि श्राद्ध गराउनुपर्ने बाध्यता रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कोही गुरु पाइनँ, मेरो बाबुको श्राद्ध तपाइँले गराइदिनै प¥यो भन्दै यजमानहरू आउँछन् । गर्न भ्याउँदिन, दुई ठाउँमा गर्नु हँुदैन भन्दा पनि यजमानहरू मान्दैनन् ।” एकाघरमा बसेका दाजुभाइहरू छुट्टिएर बसेपछि दाजुभाइ सबैलाई बेग्लाबेग्लै पुरोहित चाहिन्छ । दाजुभाइ छुट्टिने व्रmम रोकिएको छैन । नयाँ पुस्तामा गुरुपुरोहित उत्पादन भएका छैनन् । जसले गर्दा एउटै बाबुको श्राद्धका लागि धेरै जना गुरुको आवश्यकता पर्न थालेको दाहालको भोगाइ र बुझाइ छ । उहाँले दैनिक तीन वटासम्म श्राद्ध गरिरहेको बताउनुभयो । पूर्णिमादेखि औँसीसम्मका सबै तिथिमा बुकिङ भएको उहाँको भनाइ छ ।  

पथरीशनिश्चरे–३ का चिरञ्जीवी गौतमले भन्नुभयो, “दैनिक तीन चार जना निमन्त्रणा गर्न आउनुहुन्छ । पूर्वीय सनातनी परम्परा अनुसार दसैँ आउनुअघि आफ्ना पितृलाई नसम्झिए बिघ्नबाधा आउने मान्यता छ ।” समय जति आधुनिक भए पनि आफ्ना पितृको सम्झनामा श्राद्ध गर्नेको सङ्ख्या विगतको तुलनामा घटेको छैन, बरु बढेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगले श्राद्ध पनि धुमधामका साथ गर्ने चलन आएको उहाँको बुझाइ छ । मानिस अरूबेला नास्तिक जस्तो देखिए पनि सोह्रश्राद्धमा आस्तिक भएका छन् । गौतमले श्राद्ध गराई माग्न आउने सबै यजमानको घरमा पुगेर श्राद्ध गराइदिने गरेको बताउनुभयो । 

नयाँ गुरु थपिएका छैनन् । पुरानाहरू कतिपयको मृत्यु भइसकेको छ । कतिपय गराउन सक्दैनन् । त्यसैले पनि सक्नेहरूलाई कामको बोझ थपिएको उर्लाबारीका गुरु राजु काफ्लेले बताउनुभयो । पथरीशनिश्चरे–९ का विदुर भट्टराई तीन वर्षअघि खोटाङबाट तराई झर्नुभएको हो । पहिलो वर्ष मात्र उहाँले यजमान पाउनुभएन । त्यसपछि भट्टराई पनि छिमेकी पालिकासम्म पुगेर गुरुको अभाव टारिरहनुभएको छ । 


world-link-1690434568.jpg
गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...