pani-1786865868.jpg
Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

समृद्ध थाहा, संगठित नेपाली कांग्रेसको परिकल्पना नै मेरो मुख्य लक्ष्य हो

cover-1633761868.jpg

भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट थाहा नगरको सभापतिमा निर्वाचित हुनु भएका प्रमोद कृष्ण जोशी  २०४६ सालको आन्दोलनमा नेपाली कांग्रेसको सक्रिय राजनिति र गणेशमान सिंहको राजनितिक भुमिकाबाट प्रभावित भई नेपाल विद्यार्थी संघको राजनितिमा होमिनु भएको हो । २०५२ मा नेपाली कांग्रेसको  क्रियाशिल सदस्य लिदै २०५४ सालमा तत्कालिन बज्रबाराहीको ईकाई  सभापति भई राजनितिमा सक्रिय हुनुभई विभिन्न संघ सस्था र सामाजिक अभियानमा पनि लागिरहनु भएका जोशी सँग थाहापाटीले गरेको कुराकानी ।

तपाईको यो कार्यकाल कस्तो बनाउने परिकल्पान गर्नु भएको छ ? 
समृद्ध थाहा संगठित नेपाली कांग्रेसको परिकल्पना नै मेरो मुख्य लक्ष्य हो । चुनावी परिणममा जे होस तर सांगठनिक रुपमा थाहा नगरपालिकामा नेपाली कांग्रेस कमजोर छैन । झण्डै आठ सयको हाराहारीमा हाम्रो सकृय सदस्य छन् ।  साधारण सदस्य पनि उत्तिकै छन् । ब्यबस्थापनमा केहि कमि भएको छ त्यसलाई मिलाएर लाने मेरो लक्ष छ ।

अहिले नेपाली कांग्रेसको एक जना उप मेयर चार जना वडा सदस्य मात्रै निर्वाचित  छौ । बाँकि माओवादीको मेयर सहित छ वडा र एमालेका छ वटा वडा छन । यो चित्र हेर्दा हामी निकै नै पछाडी देखिन्छौं  तर राजनीति सधैं एउटैको पोल्टामा हुदैन । जनताले परिवर्तन चाहने हुनाले हामी तेस्रो भने पनि पहिलो हुने यथेष्ट संभावनाहरु छन् भन्ने मेरो नेत्तृत्वको समितिले संकल्प गरेको छ ।

 

थाहामा अहिले कांग्रेसको अवस्था के पाउनु हुन्छ ? र यसलाई कस्तो बनाउने योजना छ ? 
थाहामा कांग्रेस कमजोर नभएको कुरा भैले भनि सके । अहिले नेपाली कांग्रेसको एक जना उप मेयर चार जना वडा सदस्य मात्रै निर्वाचित  छौ । बाँकि माओवादीको मेयर सहित छ वडा र एमालेका छ वटा वडा छन । यो चित्र हेर्दा हामी निकै नै पछाडी देखिन्छौं  तर राजनीति सधैं एउटैको पोल्टामा हुदैन । जनताले परिवर्तन चाहने हुनाले हामी तेस्रो भने पनि पहिलो हुने यथेष्ट संभावनाहरु छन् भन्ने मेरो नेत्तृत्वको समितिले संकल्प गरेको छ ।  बिगतमा कतिपय वडा समितिनै अपुर्ण थियो । यो पटकको संगठनको संरचना वडातह देखि नै शक्तिशाली छ । वडामा नेत्तृत्व लिएर आउनु भएका अधिकांश साथीहरु युवा हुनुहुन्छ । उहाँहरुको शक्तिलाई संगठनको बिस्तार गर्नमा लगाउने छु । नगरको संरचना पनि उत्तिकै मजबुत छ । त्यस कारण काँग्रेस थाहामा कमजोर छैन ब्यवस्थित नभएको मात्र हो  र अब व्यवस्थित बनाउँदै जनतामाझ जाने जिम्मा मेरो नेतृत्वको समितिले पाएको छ । हामीले परिकल्पना गरेको समृद्ध थाहा बनाउने अभियानमा सहभागी हुन जनताको साथ माग्नेछौ । मलाई विश्वास छ हामी लक्ष्य चुम्ने छौं । 

युवा सहभागिातको कुरा गर्नु भयो युवालाई राजनितिमा समाहित कसरी गर्ने र ? 
युवा शक्तिलाई परिचालन नगरीकन बिकासको परिकल्पना गर्न सकिदैन । सबै नीतिको मूल नीति राजनीति हो । युवालाई राजनीतिमा समावेस गर्नु पर्छ यो आजको आवश्यक्ता र अपरिहार्यता पनि हो । परिवर्तन चाहनेले नेतृत्व गर्नु पर्छ यो हिम्मत र साहस युवा सँग मात्र हुन्छ त्यसैले हामीले युवालाई समेटेको हौं । । अरुलाई केहि गरेन भन्नु भन्दा आफु समाबेस भएर समाज रुपान्तरणमा युवा लाग्नु पर्दछ भन्ने युवाहरुको समुहले नेपाली कांग्रेस रोजेका छन् । । संगठन बिस्तार गर्ने क्षमता र उत्साह युवा सँग छ । जसको वलमा संगठन बलियो बनाउदै बिकास निर्माणको काममा जनता संग सहकार्य गरी अगाडि बढ्ने अभियानमा युवाको सक्रियता हाम्रो लक्ष हो ।

भर्खरै अधिवेसन सकिएको छ, प्रतिसपर्धाबाट चुनाव त जित्नु भयो अब सबैलाई मिलाउने चुनौती कसरि सामना गर्नु हुन्छ ? 
तपाईको प्रश्नको उदेश्य हामी भित्रको प्रजातान्त्रिक अभ्यास तर्फ लक्षित हो भने बहुदलीय व्यवस्थामा प्रजातान्त्रीक पार्टी भित्र बिचारका कुरा हुन्छन । बिचारलाई गुट भन्न  कत्तिको मिल्छ ? विचारलाई गुट भन्नु हुन्छ भने त्यो पार्टीमा छ र हुनुपर्छ पनि । वडातह देखि शुरू भएर केन्द्रीय महाधिवेशन हुने हो । केन्द्रीय नेतृत्व चयनमा वडा तहदेखि नै लबिङ गरिरहेका छन । यसको असर अधिबेशनसम्म मात्र हो । त्यसपछि त सबै काँग्रेस हौ । 

निर्वाचित त भए नै २० प्रतिशत त मनोनित पनि गर्न सक्नु हुन्छ नि ? 
हो, २० प्रतिशत भनेको सभापतिलाई बलियो बनाउन राखिएको सदस्य हुन् । पार्र्टीकोलागि नभई नहुने साथीहरु र सभापति कमजोर भयो भने निर्णय कार्यान्वयनमा असर पार्ने भएकोलेनै यो बुँदा  बिधानमा राखिएको हुनुपर्छ । त्यही भावना अनुसार बलियो टिम बनाउन मनोनित गर्ने योजान छ । 

अन्त्यमा ?
मैले शुरुमा पनि भनि सकेँ थाहा मा हामी कमजोर हैन ब्यवस्थित नभएका हौ । यो स्थानिय सरकारले थाहामा गरेका राम्रा र नराम्रा कामको बारेमा जनतासँग बहस चलाउनेछौ र एक पटकको लागि नेपाली कांग्रेसको सरकार हेर्न आग्रह गछौ ।

default.png
दिलिप कुमार श्रेष्ठ
dilipshrestha592@gmail.com

दिलिप कुमार श्रेष्ठ थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9843277126

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...