pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

विचार / अन्तरवार्ता

समृद्ध थाहा, संगठित नेपाली कांग्रेसको परिकल्पना नै मेरो मुख्य लक्ष्य हो

cover-1633761868.jpg

भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट थाहा नगरको सभापतिमा निर्वाचित हुनु भएका प्रमोद कृष्ण जोशी  २०४६ सालको आन्दोलनमा नेपाली कांग्रेसको सक्रिय राजनिति र गणेशमान सिंहको राजनितिक भुमिकाबाट प्रभावित भई नेपाल विद्यार्थी संघको राजनितिमा होमिनु भएको हो । २०५२ मा नेपाली कांग्रेसको  क्रियाशिल सदस्य लिदै २०५४ सालमा तत्कालिन बज्रबाराहीको ईकाई  सभापति भई राजनितिमा सक्रिय हुनुभई विभिन्न संघ सस्था र सामाजिक अभियानमा पनि लागिरहनु भएका जोशी सँग थाहापाटीले गरेको कुराकानी ।

तपाईको यो कार्यकाल कस्तो बनाउने परिकल्पान गर्नु भएको छ ? 
समृद्ध थाहा संगठित नेपाली कांग्रेसको परिकल्पना नै मेरो मुख्य लक्ष्य हो । चुनावी परिणममा जे होस तर सांगठनिक रुपमा थाहा नगरपालिकामा नेपाली कांग्रेस कमजोर छैन । झण्डै आठ सयको हाराहारीमा हाम्रो सकृय सदस्य छन् ।  साधारण सदस्य पनि उत्तिकै छन् । ब्यबस्थापनमा केहि कमि भएको छ त्यसलाई मिलाएर लाने मेरो लक्ष छ ।

अहिले नेपाली कांग्रेसको एक जना उप मेयर चार जना वडा सदस्य मात्रै निर्वाचित  छौ । बाँकि माओवादीको मेयर सहित छ वडा र एमालेका छ वटा वडा छन । यो चित्र हेर्दा हामी निकै नै पछाडी देखिन्छौं  तर राजनीति सधैं एउटैको पोल्टामा हुदैन । जनताले परिवर्तन चाहने हुनाले हामी तेस्रो भने पनि पहिलो हुने यथेष्ट संभावनाहरु छन् भन्ने मेरो नेत्तृत्वको समितिले संकल्प गरेको छ ।

 

थाहामा अहिले कांग्रेसको अवस्था के पाउनु हुन्छ ? र यसलाई कस्तो बनाउने योजना छ ? 
थाहामा कांग्रेस कमजोर नभएको कुरा भैले भनि सके । अहिले नेपाली कांग्रेसको एक जना उप मेयर चार जना वडा सदस्य मात्रै निर्वाचित  छौ । बाँकि माओवादीको मेयर सहित छ वडा र एमालेका छ वटा वडा छन । यो चित्र हेर्दा हामी निकै नै पछाडी देखिन्छौं  तर राजनीति सधैं एउटैको पोल्टामा हुदैन । जनताले परिवर्तन चाहने हुनाले हामी तेस्रो भने पनि पहिलो हुने यथेष्ट संभावनाहरु छन् भन्ने मेरो नेत्तृत्वको समितिले संकल्प गरेको छ ।  बिगतमा कतिपय वडा समितिनै अपुर्ण थियो । यो पटकको संगठनको संरचना वडातह देखि नै शक्तिशाली छ । वडामा नेत्तृत्व लिएर आउनु भएका अधिकांश साथीहरु युवा हुनुहुन्छ । उहाँहरुको शक्तिलाई संगठनको बिस्तार गर्नमा लगाउने छु । नगरको संरचना पनि उत्तिकै मजबुत छ । त्यस कारण काँग्रेस थाहामा कमजोर छैन ब्यवस्थित नभएको मात्र हो  र अब व्यवस्थित बनाउँदै जनतामाझ जाने जिम्मा मेरो नेतृत्वको समितिले पाएको छ । हामीले परिकल्पना गरेको समृद्ध थाहा बनाउने अभियानमा सहभागी हुन जनताको साथ माग्नेछौ । मलाई विश्वास छ हामी लक्ष्य चुम्ने छौं । 

युवा सहभागिातको कुरा गर्नु भयो युवालाई राजनितिमा समाहित कसरी गर्ने र ? 
युवा शक्तिलाई परिचालन नगरीकन बिकासको परिकल्पना गर्न सकिदैन । सबै नीतिको मूल नीति राजनीति हो । युवालाई राजनीतिमा समावेस गर्नु पर्छ यो आजको आवश्यक्ता र अपरिहार्यता पनि हो । परिवर्तन चाहनेले नेतृत्व गर्नु पर्छ यो हिम्मत र साहस युवा सँग मात्र हुन्छ त्यसैले हामीले युवालाई समेटेको हौं । । अरुलाई केहि गरेन भन्नु भन्दा आफु समाबेस भएर समाज रुपान्तरणमा युवा लाग्नु पर्दछ भन्ने युवाहरुको समुहले नेपाली कांग्रेस रोजेका छन् । । संगठन बिस्तार गर्ने क्षमता र उत्साह युवा सँग छ । जसको वलमा संगठन बलियो बनाउदै बिकास निर्माणको काममा जनता संग सहकार्य गरी अगाडि बढ्ने अभियानमा युवाको सक्रियता हाम्रो लक्ष हो ।

भर्खरै अधिवेसन सकिएको छ, प्रतिसपर्धाबाट चुनाव त जित्नु भयो अब सबैलाई मिलाउने चुनौती कसरि सामना गर्नु हुन्छ ? 
तपाईको प्रश्नको उदेश्य हामी भित्रको प्रजातान्त्रिक अभ्यास तर्फ लक्षित हो भने बहुदलीय व्यवस्थामा प्रजातान्त्रीक पार्टी भित्र बिचारका कुरा हुन्छन । बिचारलाई गुट भन्न  कत्तिको मिल्छ ? विचारलाई गुट भन्नु हुन्छ भने त्यो पार्टीमा छ र हुनुपर्छ पनि । वडातह देखि शुरू भएर केन्द्रीय महाधिवेशन हुने हो । केन्द्रीय नेतृत्व चयनमा वडा तहदेखि नै लबिङ गरिरहेका छन । यसको असर अधिबेशनसम्म मात्र हो । त्यसपछि त सबै काँग्रेस हौ । 

निर्वाचित त भए नै २० प्रतिशत त मनोनित पनि गर्न सक्नु हुन्छ नि ? 
हो, २० प्रतिशत भनेको सभापतिलाई बलियो बनाउन राखिएको सदस्य हुन् । पार्र्टीकोलागि नभई नहुने साथीहरु र सभापति कमजोर भयो भने निर्णय कार्यान्वयनमा असर पार्ने भएकोलेनै यो बुँदा  बिधानमा राखिएको हुनुपर्छ । त्यही भावना अनुसार बलियो टिम बनाउन मनोनित गर्ने योजान छ । 

अन्त्यमा ?
मैले शुरुमा पनि भनि सकेँ थाहा मा हामी कमजोर हैन ब्यवस्थित नभएका हौ । यो स्थानिय सरकारले थाहामा गरेका राम्रा र नराम्रा कामको बारेमा जनतासँग बहस चलाउनेछौ र एक पटकको लागि नेपाली कांग्रेसको सरकार हेर्न आग्रह गछौ ।

default.png
सराेज रायमाझी
rmjsaroj2018@gmail.com

सराेज थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9849475993

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg