Social-Media-Main-Post1-1759035170.jpg
Thursday, 15 Jan, 2026
nagar-shubha-1759206951.jpg

समाचार

सबैका लागि सामाजिक सुरक्षाः आधारभूत मानव अधिकार बिषयक अन्तरक्रिया आयोजना

InShot_20251128_222124010-1764347895.jpg

काठमाडौं । आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा डब्लुएसएम, सामाजिक सुरक्षा नागरिक समाज र होमनेट नेपालको सहयोगमा इन्सपायर नेपालको आयोजनामा शुक्रबार सबैका लागि सामाजिक सुरक्षाः आधारभूत मानव अधिकार बिषयक अन्तरक्रिया  आयोजना गरिएको छ । नोभेम्बर २५ देखि थालनी भएको लैंगिक हिंसा बिरुद्धको १६ दिवसीय अभियानको सन्दर्भलाई पनि जोडेर यस बर्षको नारा  सामाजिक सुरक्षाः सर्वव्यापी स्वास्थ्य सेवामा पहुँच, पेन्सनयोग्य समाज, उत्पादकत्व अभिबृद्धिसहित नागरिकको जीवन रक्षा भन्ने नाराका साथ आयोजना गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाहरुमा खासगरी अनौपचारिक क्षेत्रका तमाम श्रमिकहरुको सहभागिता र लाभमा केन्द्रित थियो । सरकारी, श्रमसंगठन, सामाजिक संस्था, निजी क्षेत्र र अनौपचारिक क्षेत्रका श्रमिकहरु स्वयम्को सक्रिय सहभागिता रहेको  अन्तरक्रियामा संविधानसभाका सभासद पेम्बा लामाले कार्यपत्र प्रस्तुत गरेका थिए भने बुढानीलकण्ठ नगरपालिका, श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभाग, सामाजिक सुरक्षा कोष लगायतका सरकारी सरोकारवाला निकायका प्रतिनिधिहरुको मन्तव्य रहेको थियो । त्यसैगरी कार्यक्रममा उपस्थित श्रम संगठनका प्रतिनिधिहरु र श्रमिकहरु स्वयम्ले सामाजिक सुरक्षा योजना अविलम्ब अनौपचारिक क्षेत्रका श्रमिकहरुका लागि पनि कार्यान्वयन हुनपर्ने कुरामा जोडदिएका थिए ।  कार्यक्रममा अक्सफाम, सेभ द चिल्ड्रेन, डब्लुएसएम लगायतका विकास साझेदार संस्थाहरुको पनि सहभागिता थियो । अनौपचारिक क्षेत्रका श्रमिकहरुको लागि सामाजिक सुरक्षा सुनिश्चित गर्नका लागि भविष्यमा तीनै तहको सरकार र सबै सरोकारवाला पक्षहरु वीच प्रभावकारी समन्वयका साथ काम गर्न सबैले उक्त कार्यक्रममा जोड दिएका  होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले जानकारी दिए ।


world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
थाहा नगरपालिकाको १९ औं नगरसभा सम्पन्न
FB_IMG_1768404470682-1768404507.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं अधिवेशनले चालु आर्थिक वर्षको हालसम्मको प्रगती समीक्षात्मक प्रतिवेदन बहुमतले...

सुखी भविष्य बचत तथा ऋण सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न
20260113_123644-1768290635.jpg

थाहा नगरपालिका–शिखरकोटस्थित विकास घरमा सुखी भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औँ वार्षिक साधारणसभा...

शिखरकोटमा पृथ्वीनारायण शाहको ३०४ औं जन्म जयन्ती र एकता दिवस मनाइयो
FB_IMG_1768144032739-1768144741.jpg

थाहा नगर, शिखरकोट, पौष २७ – राप्रपा थाहा नगर कमिटी र राप्रपा मकवानपुर प्रदेश (क)को आयोजनामा शिखरकोट स्थित कृष्ण...

लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768138703028-1768138720.jpg

थाहा नगरपालिका वडा नं. १, ओखरबजारमा २०५९ जेठ २ गते स्थापना भएको लालीगुराँस महिला बहुउद्देश्यीय सहकारी संस्थाको...

बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1768136296400-1768136314.jpg

थाहा नगरपालिकाको वडा नं. ३ मा स्थित बागेश्वरी कृषि सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
1768134003232-1768134032.jpg

थाहा नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा बृत्ति मार्गनिर्देशन सम्बन्धी प्रशिक्षक...

थाहा नगरपालिकाको हिउँदे अधिवेशन पौष ३० गते हुने
FB_IMG_1743852711198-1768056769.jpg

मकवानपुर थाहा नगरपालिकाको १९औं नगर सभा (हिउँदे अधिवेशन) ३० पुसमा हुने भएको छ । नगरपालिकाले सभा सदस्यहरुलाई सभा...

प्रलोपाका नेता सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रत्यक्ष उम्मेदवार
InShot_20260110_181123878-1768048179.jpg

मकवानपुर । प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट सन्तोष बिष्ट मकवानपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य...

थाहा दिवस २०८२: बिडारीलाई थाहा पत्रकारिता पुरस्कार, सानोभाई कार्कीलाई तिर्थदास सामाजिक सम्मान
InShot_20260110_133549017-1768031480.jpg

थाहा आन्दोलनका प्रणेता स्वर्गीय रुपचन्द्र बिष्ट (रुदाने) को ९२औँ जन्मजयन्तिको अवसरमा थाहा नगरपालिकामा विविध...