edu-1681783152.jpg
Saturday, 10 Jun, 2023
sahara-1681783426.jpg

कृषि

शितोष्ण बागवानी दामनको कृषकस्तर घुम्ती तालिम

FB_IMG_1684987759965-1684987781.jpg

.बि सं.२०२१ सालमा स्थापना भएको थाहा नगरपालिका वडा नं.४ दामनमा अवस्थित क्षेत्रफलको हिसाबले देशको दोस्रो ठुलो कृषि फार्म - शितोष्ण बागवानी फार्म तथा नर्सरी केन्द्र दामनको आयोजनामा  थाहा-४,नारायणझ्याउमा एकदिने कृषकस्तर स्थलगत घुम्ती तालिम सम्पन्न भएको छ।
१० जेष्ठमा सम्पन्न भएको कार्यक्रममा  बागवानी फार्मले  सबैभन्दा नजिकमा रहेका गाउँहरु नारायणझ्याउ,ठुलोमाखु,फापरबारी,जुरेथुम र जक्करघारीका कृषकहरुलाई  त्यहाँ   संचालन हुने कुनैपनी कार्यक्रमहरुको बारेमा  दशकौंदेखि नै जानकारी नगराइएको गुनासो एभरेष्ट युवा बिकास क्लबलाई गरेपछि क्लबको पहलमा पहिलोपटक कृषि तालिम भएको हो।

केन्द्रका निमित्त प्रमुख समीर ज्ञानि मगरको अनुसार कार्यालयमा हुने बिबिध बिषयको कार्यक्रमहरुमा विभिन्न क्षेत्रबाट कृषकहरुलाई सहभागी गराउने काम नगरपालिका कार्यालयको कृषि शाखाले गर्ने गरेको बताउदै अब आगामी दिनमा बागवानी केन्द्रले पनि कृषकको हितको लागि कार्यक्रम आयोजना गर्ने बताए। 


उपस्थित स्थानीय कृषकहरुलाई निमित्त प्रमुखले पुरानो शैलीको खेती गर्ने प्रक्रियालाई बिस्थापित गराउदै आधुनिक उपकरणहरुको प्रयोग गरि उन्नत जातको फलफुल तथा तरकारी खेती कसरी गर्ने र आम कृषकको आर्थिक स्तर आधुनिक खेती प्रणालीबाट कसरी उकास्न सकिन्छ भनेर अभिमुखिकरण  गर्नुभएको थियो। साथै कुनै कृषि सहकारी समुह वा दर्तावाल कृषि संस्था भएको खण्डमा बागवानी फार्मबाट धेरै सेवा-सुबिधाहरु पनि लिन सकिने बताउनुभयो।  
तरकारी उत्पादन मात्र नभै फलफुल उत्पादन पनि गर्न र स्थानीय युवाहरूलाई सहायक कृषि प्राबिधिक (JTA) को तालीम लिन पनि सुझाव दिनुभयो। हाल उक्त बागवानी फार्मबाट उत्पादन हुने आलुको बिउको माग स्थानीय स्तरमा अत्यधिक रहेकोले छ।

कृषक संग भएको अन्तरक्रीया कार्यक्रमको क्रममा स्थानीय युवा कृषक नारायण लामाले दामन बागवानी फार्मले सहुलियत दरमा बिउबिजन र मल पनि उपलब्ध गराइदिए धेरै सहज हुने बताए ।
 आयातीत बिउको दर महङ्गो,चाहेको जति नपाइने र कहिले त पाउदै नपाउने समेत नपाउने हुँदा स्थानीय सरकारको पहलमा बितरण हुने मल प्रतिघर जम्मा २५ केजी मात्रै पाईने तर कहिले त त्यो पनि नपाएर बाह्य स्रोतबाट बढी मुल्यमा खरिद गर्नु परेको बताए । थाहा-४ को माथिल्लो भेगको भौगोलिक विकटता,अशिक्षा,जनचेतना जस्ता समस्याहरु अनि आवस्यक सूचनाको पहुँचबाट टाढा रहेकोले पनि स्थानीय आम किसानहरूले कृषि पेसामा  चाहेजती फड्को मार्न नसकेको कृषकहरुको गुनासो छ।
 उपस्थित अन्य किसानहरूले बिगतमा फलफूल खेती गरेको तर असिना,तुसारोले गर्दा धेरै असर गरेको साथै सिचाइको अभावले पनि फलफूल तथा तरकारी बाली उत्पादनमा कठीनाइ रहेको बताए र सकेसम्म स्थानीय स्तरमा नै बीउ उत्पादन गर्नसके बेस हुने बताए ।

कृषि प्राबिधिकहरु र उपस्तिथत किसानहरु बिच भएको  अन्तर्कृया कार्यक्रम पश्चात् अन्तमा नारायणझ्याउ,ठुलोमाखु,फापरबारी,जुरेथुम र जक्करघारीबाट छनौटमा परेका जम्मा २५ जना किसानहरूलाई बागवानी फार्मले प्रति घर प्रती व्यक्तिको अनुसार एक पाकेट उन्नत जातको ह्वाइट टप काउलिको बीउ र एकवटा वाटर स्पृङ्कल बितरण गरेको थियो। सोहि कार्यक्रम ११ गते  भिमफेदी गाउँपालिकाको अघोरमा पनि हुने भएको छ।

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

nepalaya-copy-1675152884.jpg
himalayan-1681783251.jpg

nagarpalika-1661488385.jpg
viber_image_2022-09-27_22-1664340402.jpg
thaha-1681783216.jpg
sahara-1681783294.jpg
जनश्रमदान बाट जगडाँडामा सिंचाइ
FB_IMG_1686329002487-1686329014.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ मा सिंचाइ आयोजनाको निर्माण शुरु भएपछि स्थानीयहरु खुशी भएका छन् । सिंचाइ...

न्युनतम सेवा मापदण्डमा थाहाका ३ स्वास्थ्य संस्था जिल्ला उत्कृष्ट
FB_IMG_1686328336817-1686328359.jpg

स्वास्थ्य कार्यालय मकवानपुरले  स्वास्थ्य चौकीहरुको लागि न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखिकरण कार्यक्रम...

आगामी बजेटबाट आफ्नो माग पूरा गर्न थाहाका इसिडी शिक्षकहरुको ध्यानाकर्षण
FB_IMG_1686320188458-1686321670.jpg

नेपाल बाल विकास शिक्षक समिती थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा...

शिक्षक महासंघ थाहाले नगरको शैक्षिक सुधारको निम्ति बुझायो सुझाव पत्र
FB_IMG_1686319789757-1686320988.jpg

नेपाल शिक्षक महासंघ थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विभिन्न शैक्षिक...

मनहरी ५ भएको आँखा शिविरमा २६ जना मोतिबिन्दु फेला
FB_IMG_1686319918571-1686320015.jpg

जेठ, हेटौडा (मनहरी) - मनहरी गाउँपालिका वडा नम्बर ५ मा नि:शुल्क आँखा शिविर भएको छ। ३ सय २० जनाले आँखाको परिक्षण गरेका...

पालुङ जेसिज,सफल बिष्ट जिताउन थाहा दौडाहामा।
FB_IMG_1686233364297-1686233380.jpg

आगामी २८ जेठमा हुने फाइनल प्रतिष्पर्धामा मकवानपुर थाहाका सफल विष्टलाई जिताउन पालुङ जेसीजले थाहानगरमा भाेटिङ...

जनकल्याणका कृषि विद्यार्थीलाई जुनेटिक रोग सम्बन्धि जानकारी दिइयो ।
FB_IMG_1686225463445-1686225492.jpg

जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक खालका...

अपाङ्गता भएका विद्यार्थी हरुलाई शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान।
FB_IMG_1686222734046-1686222889.jpg

थाहा नगरपालिकाले  विभिन्न लक्षित समुदायको बजेट कार्यान्वयन गर्न सुरु गरेको छ । यसक्रममा थाहा नगरपालिका भित्र...

थाहामा ४९ अर्बमा बन्ने मदन भण्डारी विश्वविद्यालय निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार,
FB_IMG_1686155697061_1-1686155743.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा निर्माण गर्न लागिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विविद्यालयको...