Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

विचार / अन्तरवार्ता

व्यवस्था र अवस्थाको कैरन
–भवानी बराल

Bhawani-article-photo-1650724907.jpg

आउने स्थानीय चुनावलाई लक्षित गरेर नेकपा (माओवादी केन्द्र) ले ‘व्यवस्था बदल्यौं, अवस्था बदल्नु छ’ नारा तय गरेको छ । व्यवस्था र अवस्था यी दुई शब्दको सप्रसङ्ग व्याख्या त आइसकेको छैन । तर, बदलिएको व्यवस्थाले अवस्था किन ल्याएन भन्ने प्रश्नको हल नभएको बुझाउँछ । कतै व्यवस्था नै पूर्ण आकार प्रकारको नभएर अवस्था सुध्रेन कि भन्ने प्रश्न पनि काँचैकचिलै छ ।

यद्यपि परम्परागत व्यवस्था बदल्न सफल माओवादीले पहिलो पटक अवस्था बदल्ने अबको कार्यभार भएको प्रण गरेको छ । आजभन्दा ६ दशक अघिदेखि नेपाली समाजले नयाँ व्यवस्था खोज्दै आएको हो । अवस्था नसुध्रिएकोले नै नयाँ व्यवस्था खोजेको थियो । यसबीच विभिन्नखाले व्यवस्था पनि आए, गए । निरंकुश पञ्चायती व्यवस्था, राजतन्त्रात्मक बहुदलीय संसदीय व्यवस्था र पछिल्लो पटक बदलिएको गणतन्त्रात्मक संघीय संरचनात्मक लोकतान्त्रिक व्यवस्था । पछिल्लो व्यवस्था माओवादी विद्रोहको जगमा भएको हो । माओवादी विद्रोहले व्यवस्था परिवर्तन गर्न प्रमुख नेतृत्वदायी भूमिका खेलेको ठीक साँचो हो । माओवादी विद्रोहको अभावमा परिवर्तन सम्भव थिएन । तर, व्यवस्था त बदलियो अवस्था चैं के छ ? यो प्रश्न पनि अनुत्तरित हुनुहुन्न । अवस्था राम्रो वा वदलिएपछि मात्र बदलिएको व्यवस्थाको औचित्य पूरा हुन्छ ।

व्यवस्थाको प्रबन्ध

संसारलाई परिभाषित गर्ने दुई वटा विश्व दृष्टिकोण छन् । ती दुई विश्व दृष्टिकोण पुँजीवादी र साम्यवादी विचार दृष्टिकोणमा आधारित छन् । यिनै दुई विश्व दृष्टिकोणको भीषण संघर्षको बीचबाट व्यवस्थाहरु परिलक्षित हुन्छन् । नेपालको नयाँ व्यवस्था भनेको हिजोको भन्दा विल्कुल नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हो । व्यवस्था जस्तो छ, अवस्था पनि त्यस्तै प्रकारको हुनु पर्छ । राम्रो हालतमा पु¥याउने, सरल सहज बाटो इन्तजाम गर्ने व्यवस्थाको परिभाषा हो । सिद्धान्त वा ऐन कानूनद्वारा स्थिर गरिएको नियम वा विधानले व्यवस्थालाई व्यवस्थित गर्नु पर्छ । संविधानले समाजवाद उन्मुख अर्थ राजनीतिक व्यवस्थाको परिकल्पना गरेको छ । व्यवस्था समाजवाद उन्मुख हुँदै जाँदा स्वतः अवस्थामा प्रभाव पर्न जान्छ । कुनै कामको निम्ति चल्दोमिल्दो उपाय या बाटो व्यवस्थाले देखाउँछ । त्यही बाटो हिँडेपछि मात्र अवस्था बदलिने हो ।

अवस्थाको अन्तरंग :

व्यवस्थाको कसी अवस्था हो । व्यवस्था ठीकठाक छ छैन अवस्थाले थाहा पाउने हो । कुनै घटनासँग सम्बन्धित भएर अवस्थाको जाँच परख हुन्छ । अवस्था भनेकै कुनै कामको स्थिति हो । अवस्था भनेको साधारण भाषामा हालत, दशा पनि हो । नयाँ व्यवस्थाको स्थापनापछि आमसमुदायको हालत, दशा कस्तो छ ? बेला, समय, काल, मौका र अवसर जस्ता शब्दावलीको सप्रसंग व्याख्या नै अवस्था हो । मानवमात्र हैन प्राणीको दैनन्दिन अवस्था जागृत छ वा स्वप्न छ ? यी कुराहरुले अवस्थाको आँखो देखा हाल बताउँछ ।

आधुनिक युगमा प्रवेश ः

आधुनिक नेपालको इतिहास सुरु भएको ६ दशक नाघिसकेको छ । सन् १९५९ मा पहिलो पटक व्यवस्थाको चयन गर्न अधिकार पाए यता नेपालमा पटक पटक व्यवस्था परिवर्तन हुँदै आयो । तर, अर्थ–राजनीतिक हिसाबले समीक्षा गर्ने हो भने व्यवस्था धेरै चोटी बदलियो तर अवस्थामा तात्विक फरक आएन । 

पञ्चायतकालमा पनि वालिक मताधिकारको आधारमा भोट दिने व्यवस्था थियो । तर, त्यसबखतको मताधिकार, व्यवस्था बदल्ने हदको थिएन । यसर्थ विभिन्न जनक्रान्ति, जनविद्रोहले व्यवस्था नै बदल्यो । अहिलेको परिवर्तित व्यवस्था त्यसैको देन हो । तर, अवस्था त बदलिएन । अवस्था झनै विकराल बन्दैछ । मानव समुदायको नैसर्गिक अधिकार आधारभूत आवश्यकतामा पहुँच छैन । पहुँच खुस्किदै गएको छ । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षाको न्युनतम सुनिश्चितता छैन ।  आमनागरिक आधारभूत अधिकारको पहुँचबाट बाहिर हुँदै गएका छन् । यही हो अहिलेको अवस्थाको वास्तविक चित्र । 

जनजीविका स्वदेशमा सम्भव भैरहेको छैन । लाखौं युवा दक्ष जनशक्ति विदेशिन बाध्य छन् । हजारौं असामयिक मृत्युको मुखमा पुग्छन् । फर्किएकाहरु पनि निष्क्रिय जीवन लिएर आउँछन् । स्वदेशमा राज्यले प्रदान गर्नु पर्ने आधारभूत विषयसँग राज्यको सम्बन्ध विच्छेद हुँदै गएको छ । शिक्षा, स्वास्थ्य निजी प्रतिष्ठानका व्यावसायिक विषय हुँदै गएका छन् । यस्तो बेलामा व्यवस्थाले हस्तक्षेप नगरे अवस्था ठीक हुने कुरै भएन । सम्पूर्ण अर्थतन्त्र विदेशी दलाल पुँजीपतिको कब्जामा गइरहेको छ । जनतालाई सूचित गर्ने आमसञ्चार माध्यम तीनै दलाल पुँजीपतिको कर्पोरेट हाउसको मातहतमा छ । उत्पादन, उत्पादन सम्बन्ध र उत्पादकत्व ह्रास आएको छ । यस्तो अर्थतन्त्रका अगाडि हाम्रो अवस्था सुध्रने त टाढाकै विषय हो ।

नाराको सार्थकता :

फेरि पनि व्यवस्था त बदल्यौं अवस्था बदल्नु छ नाराको अभीष्ट महत्वपूर्ण छ । व्यवस्थाको मार्गचित्र अनुसार अवस्थामा सुधार ल्याउन वा बदल्न नसके यो व्यवस्थाको औचित्य समाप्त हुन्छ । व्यवस्था र अवस्था सिक्काका दुई पाटा हुन् । एउटाको अभावमा अर्को एक्लै पूर्ण हुँदैन । यसपछि हुने भनेको पश्चगमन हो । जतिखेर जनव्यवस्था पनि खत्तम हुन्छ । अवस्था झनै कहालीलाग्दो हुनेछ । यतिखेर प्रतिगामीहरु यही अवस्थामा खेलेर प्रतिगामी व्यवस्थाको पुनर्उत्थानमा लागेका छन् ।

यसर्थ आधुनिक युगसँगै प्रवेश गरेको व्यवस्थालाई संस्थागत गर्न अवस्था बदल्न जरुरी छ । समाजवादउन्मुख अर्थ राजनीतिले मात्र अवस्थालाई सुधार गर्छ । संविधानले स्थानीय सरकारलाई अवस्था सुधार गर्ने प्राथमिक अधिकार दिएको छ । यिनै प्राथमिक अधिकारको उपयोग गर्दामात्र पनि नयाँ अवस्था ल्याउने वा बदल्ने मार्गचित्र आउँछ ।

राजनीतिक आधुनिकीकरण :

अवस्था बदल्न सर्वप्रथम राजनीतिक विज्ञानको सिद्धान्तअनुसार राजनीतिलाई आधुनिकीकरण गर्न जरुरी छ । आधुनिक समाजको स्थापना गर्न लक्ष लिनु र स्रोतको विवेकपूर्ण प्रयोग गर्ने प्रक्रिया नै राजनीतिक आधुनिकीकरणको परिभाषा हो । विवेकपूर्ण र वैज्ञानिक प्रतिस्थापन नै आधुनिकीकरणको गुरु मन्त्र हो । यसले राजनीतिक संस्कार र राजनीतिक सम्बन्धहरुमा परिवर्तन ल्याउँछ ।

राजनीतिक आधुनिकीकरणले पाँचवटा परिणाम ल्याउँछ । पहिलो, मनोगत स्तरका जनताको आदर्श, मूल्य, धारणा तथा पूर्वस्थितिका परिवर्तन समावेश हुन्छ । दोस्रो, बौद्धिकस्तरमा शिक्षा तथा आमसञ्चार वृद्धि भई वातावरणको ज्ञानमा बढोत्तरी हुन्छ । तेस्रो, जनताको जीवनस्तर उठाउन सामाजिक परिचालनमा प्रगति हुन्छ । चौथो, सामाजिक स्तरमा, व्यक्तिको परिवार तथा प्राथमिक समूहहरुप्रतिको केन्द्रित शक्तिको धारणामा परिवर्तन आई अन्य संगठनहरुमा स्वतः संगठित हुने प्रवृत्ति बढ्छ । पाँचौ, महत्वपूर्ण कुरा आर्थिक स्तर, कृषि, व्यापारमा वृद्धि भई औद्योगिकीकरणको विकास हुन्छ । आर्थिक गतिविधि बढ्छ । औद्योगिकीकरण र विकासमा क्रान्तिकारी परिवर्तन आउँछ । राजनीतिक व्यवस्थामा स्वभाव र वस्तुगत परिवर्तन र जनताको जीवनशैलीमा सामाजिक र मनोगत तहमा परिवर्तन आउँछ ।

राजनीतिको आधुनिकीकरणसँगै अवस्था बदल्ने बाटो प्रसस्त हुन्छ । यतिखेर माओवादी केन्द्रले अवस्था बदल्ने प्रतिबद्धता गरेको छ । व्यवस्था उसको प्रतिवद्धतामै बदलिएको हो । अब अवस्था पनि बदल्ने प्रण गरेकोले जनादेशको लागि मतादेश दिनु पर्छ । नत्र प्रश्नसम्म उठाउने नैतिक साहस र अधिकार हामीमा हुन्न ।
 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg