pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

बागमती प्रदेश

व्यक्तिलाई अनुदान दिने काम रोक्छौँः मुख्यमन्त्री जमकट्टेल,

jam-katel-1677589447.jpg

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री शालिकराम जमकट्टेल ।
 बागमती प्रदेश सरकारको मुख्यमन्त्री शालिकराम जमकट्टेलले प्रदेश सरकारले व्यक्तिलाई अनुदान दिने काम रोक्ने बताउनुभएको छ । मंगलबार हेटौंडामा आयोजित खाद्य अधिकारसम्बन्धी विद्यमान कानुन र कार्यान्वयनको अवस्थाबारे नीति निर्माताहरुसँगको संवादमा बोल्नुहुँदै उहाँले प्रदेश सरकारले समुदाय लक्षित अनुदान मात्र दिने बताउनुभयो ।

व्यक्तिलाई अनुदान दिँदा वास्तविक किसान भने सधैं मारमा पर्ने भएकोले प्रदेश सरकारले नयाँ ढंगले काम गर्ने बताउनुभयो । व्यक्तिलाई अनुदान दिने नीतिलाई नबदलेमा जति बजेट छुट्याए पनि अनुदान दिए पनि केही उपलब्धि नहुने उहाँले बताउनुभयो । समुदाय लक्षित अनुदान दिएमा उत्पादन बढ्ने र खाद्यमा आत्मनिर्भर हुने उहाँको भनाइ छ । उहाँले प्रदेश सरकारले किसानको उत्पादनलाई बजार व्यवस्थापन गरिने बताउनुभयो । उहाँले प्रदेश सरकारले किसानलाई तालिम, मल, बीउ, पानी र प्राविधिक दिने बताउनुभयो ।

यस्तै, बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्री केशवराज पोखरेलले बागमती प्रदेश सरकारले नयाँ ढङ्गले काम गर्न सुरु गरिसकेको बताउनुभयो । किसानहरुलाई व्यावसायिकताको आधारमा वर्गीकरण गरी किसान परिचयपत्र वितरण गर्ने उहाँले बताउनुभयो । अहिले प्रदेश सरकार किसानहरूको गुनासो सुन्न किसान हेल्प डेस्क निर्माण गरिएको र किसानहरुको राम्रो प्रतिक्रिया पाएको बताउनुभयो ।

यस्तै, फियान नेपाल बागमती र मधेस प्रदेशकी संयोजक लक्ष्मी गुरुङले सरोकार निकायले भोकमरीको अन्त्य गर्नुपर्ने बताउनुभयो । अहिले कृषि पेशाको संरक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । किसानको पहिचान र सम्मान गर्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको पनि उपस्थिति रहेको थियो । थाहापाटी,

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg